newsone

किन चाहियो अब कांग्रेसलाई बहुमत ? 

newstwo किन चाहियो अब कांग्रेसलाई बहुमत ? 

दुर्गा भण्डारी

नेपाली राजनीतिमा यतिबेला निकै गर्मागर्मी चलिरहेको छ । मौसम दिनप्रतिदिन चिसिंदै गए पनि राजनीति भने गर्मागर्मीले तातेको छ । निर्वाचनको मिति जति नजिकिएको छ, त्यतिकै चर्काचर्की र बहस पनि जारी छ । नेपाली राजनीतिका अनेक खेलाडीहरु यो निर्वाचनमा नचाहिंदा तर्कहरु पेश गर्दै एकअर्कालाई छिचोलिरहेका छन् । तर यसै बीचमा एकथाने समूह भने निर्वाचन नौटंकी भन्दै जनतालाई दिग्भ्रमित पार्नबाहेक अरु केही गर्न सकिरहेको छैन । निर्वाचनको मिति यति नजिकिंदै आएको छ कि पहिलो चरणको निर्वाचन आउन दुई दिन र दोस्रो चरणको निर्वाचन आउन केवल दुईसाता मात्र बाँकी छ । नेपाली लोकतन्त्रका संवाहक ठान्ने राजधानीस्थित केही बुद्धिजीवीका मसीहाहरु पनि नेताहरुको प्रचारक बनेर मुलुकमा आगामी निर्वाचनपछिको भविष्यवाणी गर्न थालेका छन् । उनीहरु अब लेखक होइनन्, कुनै अमुक पार्टीका मुखपत्र नै हुन् । उनीहरु सही विश्लेण गर्ने राजनीतिज्ञ होइनन्, कुनै चाकरीमा उत्रिएका केवल चाकरवाज मात्र हुन् । यसले गर्दा अब जनताले उनीहरुमाथि विश्वास गर्ने कि नगर्ने यो प्रश्न खडा भएको छ ।

यतिबेला मुलुक दुई कित्तामा विभाजन भएको छ । एउटा वाम गठबन्धन र अर्को लोकतान्त्रिक गठबन्धन । वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सल्लाह र सहमतिमा भएको छ– जसमा राष्ट्रिय जनमोर्चा र अन्य केही स्वतन्त्र व्यक्तिहरु पनि समावेश भएका छन् । मधेसको राजनीतिक मुद्दा उठाएर नेपाली राजनीतिमा बुद्धिजीवीका रुपमा चिनिने धेरै पुराना वामपन्थी पृष्ठभूमिका तराई मूलका नेता हृदयश त्रिपाठी हुन् । जो पहिले गजेन्द्र नारायण सिंहको नेतृत्वमा रहेको पार्टी सद्भावनाका महासचिव हुनुहुन्थ्यो । त्यस्तै नेपाली राजनीतिमा स्वच्छ छवि र स्पष्ट विचार दिने भनेर चिनिएका नेता चित्रबहादुर केसी । मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छे पछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष रहेका केसी इमान्दार नेतृत्वमा दोस्रो नम्बरमा पर्नुहुन्छ । यस्तै नयाँ नेपालको जग बसाल्न दश वर्ष जनयुद्धको माध्यमद्वारा नेपाली राजनीतमा आमूल परिवर्तन ल्याउन अथक भूमिका निर्वाह गरी अब नेपालको समृद्धिका लागि राजनीति प्रारम्भ भएको घोषणा गर्दै शान्तिपूर्ण राजनीतिक मार्ग अवलम्बन गर्ने कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । नेपाली जनमानसमा कम्युनिष्ट पनि जनभावना अनुसार सयमक्रमसँगै लोकतान्त्रिक परिपाटीबाट चल्न सक्छ भनि जननेता मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको मार्गदर्शनमा चल्दै आएका पार्टीको नेतृत्व सम्हालेका पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली हुन् । उल्लेखित नाम केही मात्र हुन् उहाँहरुसँगै अन्य नेताहरुको लहर नै छ । जसले अब नेपालमा अन्तिम लक्ष्य एउटै बोकेर अलग–थलग भएर जनताका समस्याको उठान गर्ने तर समाधानमा जोर नपुग्ने स्थितिको अब अन्त्य गर्नुपर्छ भन्दै विचार, लक्ष्य र उद्देश्य मिल्ने मार्गदर्शन सिद्धान्त एउटै भएका पार्टीहरुबीच आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्दै पछि एकीकरणको पहल थाल्ने समझदारी गर्दै निर्वाचनमा होमिएका छन् ।

यो पहिल्यै हुनुपथ्र्यो ढिलो भयो

यस्तै वाम गठबन्धनको शब्द र वाक्य सुन्नेबित्तिकै त्यसको घनघोर विरोध गर्दै लोकतान्त्रिक आन्दोलनको पाशा प्mयाँकियो । जसले खुद यस्ता गठबन्धनको विरोध गरे उनैले लोकतान्त्रिक गठबन्धनको पाशा प्mयाँकेर त्यसको अगुवाई गरे । लिन जान्ने दिन नजान्ने स्वभाव भएको नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले यसको अभियान शुरु गरे । उनले चलाएको अभियानमा मौखिक सहमति जनाए पनि लिखित हुन नसकेपछि तराईस्थित मुख्य दलहरु आफैमा गठबन्धन बनाउन अघि सरे । मधेसी नेता अर्थात् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष रहेका पूर्व कांग्रेसी पृष्ठभूमिका नेता महन्थ ठाकुरलाई देउवाले गुहारे पनि उनीहरुलाई उनीहरुकै पकड क्षेत्रमा उपयुक्त स्थान दिन नमानेपछि उनीहरुबीच तालमेल हुन सकेन । त्यसपछि २०५९ सालमा दरवारमा प्रजातन्त्र बुझाएको आरोप लाग्ने गरेका वर्तमान प्रधानधन्त्री देउवाले पुराना पञ्चायतको नेतृत्व सम्हालेका ससुराली खलकका पशुपति शम्शेर राणा, राणाका समकक्षीहरु कमल थापा, प्रकाशचन्द्र लोहनीहरुको ढाल तयार गरेर चुनावी मैदानमा उत्रिएका छन् । मधेस आन्दोलनको नेतृत्व गरेर कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएका संघीय समाजवादीका उपेन्द्र यादवको उर्लंदो वेगलाई रोक्न तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष गिरिजाप्रसाद कोइरालाको निर्देशनमा नेपाली कांग्रेसका सहमहामन्त्री मधेसी फोरममा पसेका विजय गच्छदार यतिबेला पूर्वशर्तअनुसार फर्किसकेका छन् भने उपेन्द्र यादवलाई काउन्टर दिन गिरिजाकै निर्देशनमा तराई–मधेस लोकतान्त्रिक पार्टी खोलेर आफै पराजित हुन पुगेका नेपाली कांग्रेसका तत्कालीन कोषाध्यक्ष छाडेर महन्थ ठाकुर भने असफल राजनीतक खेलाडी बन्दै राष्ट्रिय जनता पार्टीसम्म खोल्न भ्याएका छन् । 

आपूmलाई उपेन्द्र रोक्न पठाएर आफूभन्दा कनिष्ट रामवरण यादवलाई राष्ट्रपति बनाएपछि कांग्रेसदेखि उहिल्यै रिसाएका ठाकुर कांग्रेसमा फर्कन सकेनन् उनले कांग्रेसले आपूmलाई केवल मोहरा बनाएर आप्mनो राजनीतिक भविष्य समाप्त पार्न खाजेको भन्दै पछिल्ला दिनमा कांग्रेस भित्रनुको साटो उल्टै आक्रामक बन्दै आएका थिए । तर यसपटक उनलाई पार्टीमा भित्र्याउने योजना बनाएका प्रधानधन्त्री शेरबहादुर देउवाले ठाकुरको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदार फिर्ता गराएर गिरिजाको धोकाको गुण तिर्न खोजेका छन् । तर उनकै समकक्षीहरु राष्ट्रिय जनता पार्टीले अध्यक्ष मण्डलका अन्य सदस्यहरु राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, महेन्द्र रायलाई निर्वाचनमा उम्मेद्वार रहेकोले पनि महन्थलाई फिर्ता ल्याउने योजना देखिएको छ । यस्तै संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा भने कांग्रेसका उम्मेदारका साथै स्वयम् राजपाले नै बागी उम्मेदार उठाएको छ । यसलाई उपेन्द्र रोक्ने कांग्रेस र राजपाको संयुक्त रणनीति नै हो भन्न सकिन्छ । यस्तै विमलेन्द्र निधिसँग राजपाका राजेन्द्र महतो धनुषामा भिड्दैछन् । यो निर्वाचन क्षेत्रमा राजेन्द्रलाई रोक्ने महन्थको योजना छ भने पछिल्लोपटक अलिक टाढिएका देउवाले विमलेन्द्र निधिलाई पनि ‘आए आँप, नआए झटारो’का रुपमा लिएका छन् । यहाँ लोकतान्त्रिक गठबन्धनको विषयमा यति किन भनिएको छ भने यस खालको गठबन्धनभित्र खासखुस रहस्य छ ।  

२०४६ सालको जनआन्दोलनपछि प्राप्त प्रतिपक्ष २०५९ सालमा गुम्दा यिनै प्रधानमन्त्री थिए । जसले निर्वाचनको मुखैमा आएर निर्वाचन सारे तर तत्कालीन राजाले यिनलाई असक्षम घोषित गर्दै शासन सत्ता आप्mनो हातमा लिए । त्यसपछि नेपाली राजनीतिमा निकै आरोह र अवरोहहरु भए । स्वच्छ छवीका नाममा प्रधानमन्त्रीको उम्मेदवारीको टेण्डर नै खोलियो । त्यसपछि यिनै नेकपा एमालेलगायतका वाम दलको सहयोगले आन्दोलन शुरु भयो । त्यो आन्दोलन यिनै शेरबहादुरलाई पुनस्र्थापना गरायो तर यिनी पुनः पदच्यूत भए र तत्कालीन राजाले प्रत्यक्ष शासन चलाए । देउवालाई जेलमा राखियो । यिनलाई नै त्यसबेला पनि प्रजातन्त्र दरबार बुझाएको आरोप लाग्यो । यदि होइन यिनी जेलमा थिए भने यिनलाई जेलबाट रिहा गर्न वामपन्थीहरु नभएको भए विपी कोइराला जस्तै जेलमा नै यिनको अन्त्य हुन्थ्यो । होइन आप्mनो मनले यिनी जेल गएका हुन् भने यिनले दरबारमा प्रजातन्त्र बुझाएकै हुन् । त्यसको जवाफ अब देउवाले नेपाली जनतालाई दिनै पर्छ ।

देउवा जेलमा परेपछि अनेक नेतालाई जेल तथा नजरबन्दमा राखियो । त्यसपछि पनि राजाका विरुद्धमा आवाजहरु उठ्न थाले र आन्दोलनहरु हुन थाले । तर ती कुनै पनि आन्दोलनमा उल्लेख्य जनसहभागिता हुन सकेन । शहर दरबारको नियन्त्रणमा र गाउँहरु माओवादीको नियन्त्रणमा रहे । अनेक प्रयासका वाबजुद पनि आन्दोलन अघि बढ्न नसकेपछि नेपाली कांग्रेसका सभापित गिरिजाप्रसाद कोइराला स्वयम्ले जनयुद्धरत तत्कालीन नेकपा (माओवादी)सँग सम्झौता गरे । शान्तिपूर्ण आन्दोलन कांग्रेस र एमालेको नेतृत्वमा गर्ने र हतियारको आन्दोलन माओवादीले गर्ने । जसअनुसार हतियार र सडक आन्दोलनले एकैसाथ उग्ररुप लिएपछि तत्कालीन शासक डराए र प्रतिनिधि सभा पुनस्र्थापना गर्न सहमत भए ।

नेपाली जनताले २०१५ सालको दुईतिहाई, २०४८ र २०५६ मा नेपाली कांग्रेसलाई बहुमत दिए । तर कांग्रेसको प्रजातन्त्रले के ग¥यो आज जनतालाई जवाफ चाहिएको छ । यसको जवाफ कांग्रेसका ती चारवाज बुद्धिजीवीले दिनुपर्छ । कांग्रेसका नेताहरु पटक–पटक जेल पर्दा कम्युनिष्टले सडक तताएर छुटाउनु पर्ने, मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेस सडकमा ओर्लन नसक्ने, कम्युनिष्टहरुले सडकमा आर्लनु पर्ने तर त्यसको जस लिनका लागि मात्र नेतृत्व लिन खोज्ने कांग्रेसले के को लोकतन्त्र जोगाउनु ? २०१५ र २०५९ मा प्रजातन्त्रलाई दरबारमा कसले बुझायो ? को थियो शासक त्यसबेला ? २०४८ र २०५६ मा बहुमतका साथ पाँच सालका लागि बनेका सरकार कसले गिरायो ? ग्रामीण वस्तीका जनताले गाँस, बास र कपास त परै जाओस् विरामी परेका बेला सिटामोल समेत पाउन नसकेको बेला सांसद खरीद–बिक्री कसले ग¥यो ? अब किन चाहियो कांग्रेसलाई बहुमत ? के गर्न बाँकी छ ? मुलुकका सरकारी कम्पनीहरु के भए ?

पञ्चायतकालमा समेत मित्र राष्ट्रहरुको अनुदान सहयोगमा सञ्चालित ती कारखानाहरु किन बन्द भए ? जवाफ दिनुपर्छ कि पर्दैन कांग्रेसले ? मुलुकमा नाकावन्दीको बेला नून–तेल समेत बन्द गराएर नेपाललाई असफल राष्ट्र बनाउन खोजेका बेला कहाँ थियो कांग्रेस ? सरकारमै रहेर जनतालाई गाँस जुटाउन किन सकेन ? अझै नेपाल टाट पल्टाउन खोज्ने भारतसँग वीरगञ्जमा ग्यास पाइपलाइन बिछ्याउने सम्झौता अन्यायपूर्ण तरिकाले किन ग¥यो देउवा सरकारले ? १५ वर्षसम्म नेपालमा चाहिने पेट्रोलियम पदार्थ शतप्रतिशत भारतबाट ल्याने सम्झौता किन गरेको कांग्रेस नेतृत्वको सरकारले ? मित्र राष्ट्र चीनसँग ३० प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्ने केपी ओली सरकारका पालामा भएको सन्धिको हेक्का किन नराखेको देउवाजीको सरकारले ? के भारत मात्रै हाम्रो छिमेकी हो र ? नाकाबन्दीमा पूरै नेपाल सखाप पार्नका लागि भारतसँग यस्तो नेपाल र नेपालीको अहितमा सन्धि गरेको ? अहिले जनताका सवालहरु यस्ता छन् यिनको जवाफ हरेक नेपालीले पाउनु पर्छ ? खालि वामगठबन्धनको सरकार आए अधिनायकवाद आउँछ भन्ने गीत गाएर केही हुनेवाला छैन । अब १० वर्षसम्म नेपाली कांग्रेसलाई बहुमत देऊ सरकार चलाउँछु होइन कि बलियो प्रतिपक्षी बनाइदेऊ । हाम्रो सद्बुद्धि आउँछ कि भनेर जनतासँग भोट माग्ने अधिकारबाहेक अरु केही छैन ।

एकताका कम्युनिष्ट सरकार आए बुढाबुढी भन्दैनन्, ६० वर्षपछि गोली हान्छन् । दिदीबहिनी भन्न मिल्दैन, जातजाति भन्न मिल्दैन, धर्मकर्म गर्न मिल्दैनजस्ता आरोप लगाइन्थ्यो । यतिसम्म कि कम्युनिष्ट भनेका मान्छे होइनन्, कुनै मांसहारी  हिंस्रक जनावर हुन् जस्तै लाग्थ्यो कांग्रेसीहरुका भनाइले । तर २०५१ मा मनमोहन अधिकारीको सरकारले उल्टै बृद्धबृद्धालाई भत्ता दिन थालपछि, स्थानीय निकायमा २ लाख ५० हजार रकम दिएपछि वाल्ल परेका कांग्रसीजनहरुले अब एमालेले बजेट रित्याउने भो, मुलुक बर्बाद पार्ने भो भनेर अनेक प्रकारका प्रचारबाजी गर्न थाले तर त्यही बजेटमा कांग्रेसका ठेकेदारहरुले पछि रजाइँ गर्न थाले । विश्वमै जलस्रोतको दोस्रो धनी देश नेपालमा कमिसनका लागि जनतालाई लोडसेडिङको अन्धकारमा धकेले ।

जनतालाई त्यो अन्धकारबाट मुक्त गराउन माओवादीले मात्रै सक्यो । माओवादी नेतृत्वको सरकारले चलाएको उज्यालो नेपाल अधियानलाई अब कसैले कमिसनको चक्करमा सजिलै छोड्न सक्दैन । स्थानीय स्तरमा निम्न र मध्यम वर्ग मात्रै कम्युनिष्ट पार्टीमा लागेकाले विकास निर्माण र ठेक्कापट्टामा निकास भएका रकम तिनै कांग्रेसीहरुले असुल्न पाए । यो ठेक्का लिएर स्थानीय निकायमा कम्युनिष्ट बर्बाद पार्ने खेल पनि कांग्रेसकै थियो । २०५४ को स्थानीय निकायको निर्वाचनमा मनाङ जिल्ला विकास समितिमा मात्र सीमित रहेर थाङ्नामा सुतेको कांग्रेस नढाँटी भन्दा यसपटकको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको सञ्जीवनीले पुनर्जीवित भए पनि उसले एकाध स्थानबाहेक कहिं पनि माओवादी केन्द्रप्रति इमान्दारी देखाएन । तर सामान्य जनता र कार्यकर्तालाई त्यो अप्राकृतिक तालमेलले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर कहिल्यै माथि नउठ्ने संकेत देखेपछि नेतृत्वलाई दबाब दिन थाले परिणाम अहिलेको प्राकृतिक रुपको वाम गठबन्धन तयार हुन गयो । यो गठबन्धनको कारकतत्व कांग्रेस स्वयम् पनि हो ।

स्थानीय तहमा सुतेको कांग्रेसले माओवादीका भोटले पुनर्जीवन पाए पनि कांग्रेसका आधाथरी नेताहरु कांग्रेसको मनले कम्युनिष्टमा कसरी भोट हाल्नु भन्ने प्रचारबाजीमा उत्रिएपछि माओवादी उचित स्थानमा समेत विजयी हुन सकेन । तर अब वामपन्थीले वामपन्थीलाई भोट हाल्न त कुनै समस्या छैन । एउटै मार्गदर्शक सिद्धान्त मान्ने पार्टीहरु मित्रशक्ति त छँदै थिए अझ यो तालमेल र निर्वाचनपछिको एकीकरण कार्यले अब मुलुकमा केही वर्ष वामपन्थी सरकार चल्ने निश्चितप्रायः छ । जनताको चाहना पनि यसपटक वामपन्थीलाई बहुमत दिने नै छ । यसले एकातिर एमाले र माओवादी केन्द्रलाई इमान्दारीपूर्वक जनताको सेवा गर्ने अवसर दिनेछ भने नेपाली कांग्रेसलाई प्रतिपक्षमा बसाएर एकबद्ध भएर जनमुखी कार्यक्रम ल्याउन प्रेरित गर्नेछ । त्यसैले अहिलेको धु्रवीकरण ककैका लागि फाइदायुक्त छ । छिन्नभिन्न भएको कांग्रेस आफैमा जुट्नेछ भने दक्षिणपन्थी पार्टी र शक्तिहरु कांग्रेसमा विलय हुनेछन् । त्यस्तै वामपन्थी सरकारले राम्रो काम गर्न सकेमा उसलाई पुनः अर्को कार्यकालका लागि जनताले चुन्नेछन् त्यसपछि अन्य वामपन्थी पार्टीहरु पनि एकीकरणमा सामेल भई नेपाल दुईदलीय वा तीनदलीय शासनपद्दतितर्फ अग्रसर हुनेछ । 

अब नेपाली कांग्रेसले आत्तिनु जरुरी छैन भने वाम गठबन्धनले पनि मात्तिनु जरुरी छैन । कांग्रेसलाई अब एकदुई कार्यकाल बहुमत माग्ने नैतिक अधिकार छैन, बरु उसले बलियो प्रतिपक्षी बनाउन जनतालाई अपील गर्नु पर्दछ । यस्तै वाम गठबन्धनले आगामी नर्वाचनमा बहुमतका लागि जनतालाई सजग र सचेत गराउने प्रयत्न जारी राख्नु पर्दछ । निर्वाचनमा विजय हासिल गरेपछि विस्तारै वाम पार्टीभित्र मौलाउन शुरु गरेको कांग्रेसी प्रवृत्ति अन्त्य भई जनमुखी सरकार चलाउनु पर्छ, जसले गर्दा आगामी कार्यकालका लागि जनतासामु मुख देखाएर भोट माग्न सकियोस् । अहिलेको कांग्रेसले निर्लज्ज भएर जनतासामु भोट माग्नु परेको जस्तो अवस्था नआओस् ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive