newsone

के हुँदैछ बाम एकता ?

newstwo के हुँदैछ बाम एकता ?

एनके दाहाल

माओवादी–एमाले एकताको विषय अहिले नेपालको राजनीतिमा ‘हट केक’ जस्तै बनेको छ । कतिपय एकता भइसक्यो, घोषणा मात्र हुन बाँकी छ भन्ने निष्कर्ष सुनाउदै छन् भने कतिपय एकता असम्भव बताइरहेका छन् । माओवादी र एमालेवृत्तमा एकताको यो बहस भुसको आगोझैं सल्किरहेको छ । एकताको पक्षपोषण गर्ने र विरोध गर्नेहरु यो एकताको वैचारिक भन्दा प्राविधिक पक्षको बहसमा केन्द्रित देखिन्छन् । बहसमा उत्रिएकाहरुको स्वार्थका गन्ध स्पष्टै अनुभूत गर्न सकिन्छ । सबैले आ–आफ्नो स्वार्थ अनुरुप पक्ष बिपक्षमा तर्क गरिरहेका छन् । कतिपयले चाकडी गर्नकै लागि अनाबश्यक तर्क समेत गर्ने गरेका छन् । फलानोलाई फलानो पद दिनुपर्छ भनेर लबिङ गर्नेहरुले आफ्नो स्वार्थ पूरा गर्न भद्दा चाकडी गरिरहेकोमा कुनै द्विबिधा नराखे हुन्छ । आखिर बिगार्ने पनि यस्तैले हो । 

केही समय पहिला एमालेका महासचिव ईश्वर पोखरेलले, ‘एमालेमा हेड नभएर हेडको खोजीमा पार्टीका एकता गर्न लागिएको होइन । पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी ओली नै हुनेछन्’ भन्ने आसयको विचार सार्वजनिक गरे । भर्खरै संयुक्त घोषणापत्र बोकेर चुनावमा गएको र जनताले एक ढंगले त्यो घोषणापत्रलाई निर्वाचनमार्फत् अनुमोदन गरेको अवस्थामा एमाले महासचिव पोखरेलले के प्रयोजनार्थ यस्तो विचार सार्वजनिक गरे त्यो विषय गम्भीर थियो र छ । पोखरेल एउटा व्यक्ति मात्र होइनन्, उनी एमालेका महासचिव हुन् । अझ अहिले केपी ओलीका विश्वासपात्र मानिएका पोखरेलको भनाइको आसयलाई आधार मान्ने हो भने एमाले–माओवादी केन्द्रबीच हुने भनिएको एकताका लागि न कुनै वैचारिक छलफल न त सांगठनिक प्रारुप नै तयार भएको देखिन्छ ।

यसरी हेर्दा चुनावअघि भएको एमाले–माके गठबन्धन फगत एउटा व्यवसायिक एकता थियो । अर्थात् दुवै पक्षले नाफा–घाटाको हिसाव गरेर फाइदाका लागि गठबन्धन गरेका थिए । स्थिरता र समृद्धिको नारामा गरिएको यो व्यावसायिक गठबन्धनको आयु आफू अनुकूलको चुनावी परिणामका लागि मात्र थियो त रु प्रश्न स्वाभाविक रुपमा उठेको छ । पोखरेलले दिएका यस्ता अभिव्यक्तिले वाम गठबन्धन कुनै दीर्घकालीन लक्ष्यका लागि होइन, तत्कालीन फाइदाका लागि मात्र गरिएको थियो कि भन्ने शंका हुन्छ ।

माके–एमाले एकताको कुरा शुरु भएपछि माकेका नेता गोपाल किरातीले एमाले–माके गठबन्धनप्रति चरम असन्तुष्टि पोख्दै माओवादी पुनर्गठन गर्ने अभिव्यक्ति दिए । माकेकै अर्का नेता आहुतिले, ‘समृद्धि कस्तो, बहस हुनुपर्दैन रु कुन वर्गको पक्षमा समृद्धि रु के वर्गको अन्त्य भएको हो ? होइन भने सम्मृद्धिको वर्ग पक्षधरता हुँदैन र रु पुँजीपतिको सेवा गर्ने समृद्धि कि श्रमिक वर्गको सेवा गर्ने रु पुँजीवादी समृद्धिपछि स्वतः समाजवाद आउने भए अमेरिका–युरोपमा समाजवाद हुन्थ्यो हैन र रु त्यसैले आज चलेको समृद्धिको हावा हल्ला श्रमिक जनतालाई १८ घण्टा जोतेर पुँजीपतिवर्गले सोख गर्ने समृद्धि नै हो । यस्तो समृद्धि माक्र्सवादले चाहेको विपरीत समृद्धि हो जसले पर्यावरण ध्वस्त पारेर मानव जातिकै अस्तित्व नस्ट गर्नेतिर लैजान्छ’ भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

पटक–पटक राजीनामा दिंदै खेतीपाती गर्ने र त्यसको प्रचार प्रसार गर्दै पछि पुनः पार्टीमा फर्किने गरेका तथा पछिल्लो समय पार्टी राजनीति छाडेर आफूलाई स्वतन्त्र घोषणा गरेर व्यवसाय गर्दै आएका पूर्व माओवादी नेता लोकेन्द्र विष्ट मगरलाई पनि एमाले–माकेबीचको तालमेल र एकता चित्त बुझेको रहेनछ । पछिल्लो समय गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुति’ र लोकेन्द्र विष्ट मगर एमाले–माके एकताको विपक्षमा खुलेरै लागेका छन् । उनीहरुका अनुयायीका अनुसार उनीहरु बृहत छलफल गरिरहेका छन् र बैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा छन । प्रबृत्ति, सोच र दृष्टिकोणको आधारमा तीनजना तिनैतिर फर्केका छन् । उनीहरुको मिलन असम्भब देख्नेहरु प्रशस्तै छन् । तर उनीहरुले एकताबिरोधी बजारलाई भने तताएका छन, भलै त्यसको प्रभाव न्यून नै किन नहोस । 

आफ्ना असन्तुष्टिलाई विचारको लेप लगाएर राजनीतिक बजारमा बेच्नेहरु नेपाली समाजमा प्रशस्तै भेटिन्छन् । माओवादी आन्दोलनभित्र गोपाल किरातीलाई अवसरवादीको आरोप लाग्दै आएको छ । जातिवादको धरातलबाट लाभको खेती गरेको आरोप पनि उनीमाथि छ । माओवादीभित्रको अन्तरसंघर्षमा पनि फाइदाका लागि ‘गुट चहार्ने’ भन्ने आरोप समेत उनीमाथि लाग्दै आएको छ । यस्तो परिवेशमा किरातीले दिएको अभिव्यक्ति साँच्चै विचार रक्षाका लागि हो अथवा अरु कुनै उद्देश्यका लागि हो प्रश्न उठ्नु स्वाभाविक छ ।

पहिलो संविधान सभाको चुनावपछि तत्कालीन माओवादीमा मोहन वैद्य ‘किरण’को फेर समाएर मन्त्री पद पाएपछि किरणलाई लात हानेको लगायतका थुप्रै अवसरवादी चरित्र देखाएको आरोप किरातीलाई लाग्दै आएको छ । यसपटक पनि त्यस्तै पदीय लाभका लागि किरातीले घुर्की र धम्कीको सहारा लिएका हुन् भन्ने माओवादीवृत्तमा चर्चा छ । गठबन्धन बनेपछि सुरक्षित क्षेत्र माग्नु, त्यो नभए उपराष्ट्रपति चाहिन्छ भने किरातीले भनेर समेत हल्ला गरियो । बास्तविकता के हो रु उनले सार्वजनिक गर्लान । तर अन्य पार्टीहरुमा जस्तै माओवादी केन्द्रभित्र पनि लाभका लागि पहिला शीर्ष नेतृत्वको चाकडी गर्ने , त्यसले काम नगरे घुर्की लगाउने र त्यसले पनि नपुगे धम्की दिएरै भए पनि आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति मौलाउँदो छ । 

किराती, बिष्ट र आहुतीको मक्सद के हो रु भन्ने कुरा समयक्रममा स्पष्ट हुने नै छ । तर माओवादीभित्र एकता नरुचाउने ठूलो समूह छ । कार्यशैलीको हिसाबले माओवादी र एमालेमा खासै फरक नभए पनि सैद्दान्तिक जलपको आधारमा ठूलो फरक छ । त्यसको समायोजन कसरी हुनेछ रु अहिल्यै केही भन्न सकिदैन । बहस त त्यस तर्फ छैन । त्यस्तो अबस्थामा माओवादीका युवाहरुले बहस सुरु गर्नुलाई सैद्दान्तिक हिसाबले कसरी गलत भन्ने रु अहिले धेरै माओवादी कार्यकर्ताहरुको ध्यान भने पार्टी एकता हुँदा कसलाई के दिने रु भन्ने प्रश्न वरिपरिमात्र घुमेको छ । यस्तो अबस्थामा माओवादीभित्र कुनै प्रयास हुुनु र त्यसले सकारात्मक प्रभाव पार्नु स्वाभाविक हो । मन्त्री, सांसद र प्रदेश सांसदको खेतीको अहिलेको मौसममा त्यो नपाएपछि असन्तुष्टि थप आउने नै छ । एकता नै भइहालेमा पनि पार्टीमा पद नपाएमा क्रान्तिकारी देखिने अभियान पनि चल्ने नै छ । 

एमालेभित्र भने ठुलो बहस देखिदैन । एमालेमा माओवादीले धेरै कुरा छोडेर आएको अबस्थामा मूल नेतृत्व बाहेकको जे दिएर भए पनि ल्याउनुपर्छ भन्नेहरु अत्याधिक बहुमतमा छन । महासचिव पोखरेलले दिएको अभिब्यक्तिभन्दा फरक कोणबाट पनि अभिब्यक्तिहरु सार्वजनिक हुन थालेका छन् । सामूहिक नेतृत्वको अबधारणा लागू गरेर अघि बढ्नुपर्छ भन्नेहरुमा ओलीका विश्वासपात्रहरु नै छन् । ओलीले आफूले ठाउँ पाउने अबस्थामा पेलेर एकता गर्ने तर त्यो नभएमा जे सुकै शर्त मानेर एकता गर्छन भन्नेहरु पनि छन् । ओलीले प्रधानमन्त्रीको कुर्सीमा आँखा लगाएका छन् । त्यसमा कसैको पनि बिमति छैन । तर ओली प्रधानमन्त्रीसँगै पार्टीको बागडोर पनि आफ्नै मुठिमा राख्न चाहन्छन । त्यसमा भने एमालेभित्रै असहमति देखिन्छ । ओली अहिले एमालेभित्र प्राविधिक हिसाबले बहुमतमा त छन तर माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता सिनियर नेताहरुको समर्थन पाएर अघि बढ्न सकिरहेका छैनन् । एमालेभित्र एकताभन्दा पनि मनोमालिन्य बढ्दो छ । यस्तो अबस्थामा पार्टी एकताको बिषयमा एमालेले ठोस निर्णय नगरुन्जेल यसै भन्न सक्ने अबस्था छैन । 

माओवादी अध्यक्ष प्रचण्डले केही दिन अघि मात्र रुपन्देही पुगेर भने, ‘एक–दुई जनाले विरोध गरेर यो एकता रोकिंदैन । को नेताले के भने, त्यसको पछि लाग्न जरुरी छैन । एमाले र माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् । नेतृत्व तह एकताप्रति इमान्दार भएको र सबै विषयमा गम्भीर छलफल गरेरै एकता–प्रक्रिया टुङ्गो लगाउनेछ । पुलहरु भत्काएर एकता प्रक्रियामा अघि बढेका छौं । अब फर्कने ठाउँ छैन । अर्थात प्रचण्डले एकताप्रति जुन प्रकारले प्रतिबद्दता गरेका छन, एमालेबाट त्यो स्पिडमा एकताको भाव आएको छैन । त्यसैले पनि शंका गर्ने ठाउँ छ ।

अर्को तर्फ एमाले कांग्रेसलाई सबैतिर निषेध गर्ने मुडमा देखिन्छ भने माओवादीले सबैलाई सहमत गराउदै अघि बढने योजना सार्वजनिक गरिरहेको छ । यस्तो अबस्थामा कसरी र कस्तो एकता रु भन्ने प्रश्नचिन्ह खडा भएको छ । समयक्रममा यसको पटापेक्ष हुने नै छ । स्पष्ट खाका आउने नै छ । तर नेतृत्व तहले समयमै ध्यान नदिने हो भने एकता बिरोधीहरु भने बलियो हुने र एकता प्रक्रियामा समस्या आउनेछ । एमाले र बिशेष गरी ओलीले त्यसतर्फ नसोच्ने हो भने रात रहे अग्राख पलाए भनेजस्तै हुनेछ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive