newsone

देङ र सीको अवधारणामा के फरक ?

newstwo देङ र सीको अवधारणामा के फरक ?

अञ्जली राई

चिनियाँ कम्युनिष्ट पार्टीको १९ महाधिवेशन (कार्तिक १–७) ले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद विचारलाई स्वीकृत गरेको छ । यो विचारका प्रवर्धक राष्ट्रपति सी जिङपिङ्ग हुन् । अब चीन यही अवधारणालाई आधार मानी अगाडि बढ्छ । अर्थात् राष्ट्रपति सीद्वारा प्रस्तुत कार्यदिशाको आधारमा चीन विश्वमै समृद्ध र शक्तिशाली राष्ट्र हुन्छ । 
अधिवेशनको अन्तिम दिन पार्टीको विधान संशोधन गरी नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद विधानमा संलग्न भएको घोषणा गरियो । त्यसबेला नै चीनको विश्वमा प्रभाव विश्वास गर्ने ‘बेल्ट रोड’ अवधारणालाई कार्यदिशाको रुपमा पार्टी विधानमा संलग्न गराई योभन्दा अगाडि प्रमुख रुपमा चीनमा दुई विचारहरु थिए । पहिलो माओ विचार, जसले चिनियाँहरुलाई दासत्वबाट मुक्त गरे । दोश्रो देङ्ग विचार, जसले चीनलाई खुला बजारमार्फत् आर्थिक रुपमा सम्पन्न बनाए । यो सीको विचारबाट अब चीन विश्वकै शक्तिशाली तथा समृद्ध बन्नेछ भनी विश्वास गरिएको छ । यही कारण चीनमा राष्ट्रपति सी माओपछिका सबैभन्दा शक्तिशाली ब्यक्ति भएको प्रचार पश्चिमाहरुले गरेका छन् ।

योभन्दा अगाडि चीनलाई आर्थिक रुपले खुला बनाउनका लागि देङ सीआओपेङ्गले पनि चिनियाँ विशेषतासहितको समाजवादको अवधारणा ल्याएका थिए । अहिले सीको अवधारणामा नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद भनिएको छ । सीको अवधारणामा नयाँ शब्द थपिएको छ । अर्थात् देङ र सीको अवधारणामा ‘नयाँ’ शब्द फरक छ । अब प्रश्न उठ्छ, देङ र सीको अवधारणाबीच के फरक छ ? सीले थपेको शब्दावली नयाँको अर्थ के हो ? यो प्रश्नको प्रतिक्षामा पाठकहरु अवश्य छन् जस्तो लाग्छ । 

महाधिवेशनको अन्तिम दिन विधानमै नयाँ युगको चिनियाँ विशेषतासहितको समाजवाद संलग्न हुनासाथ चीन अब नयाँ युगमा प्रवेश गरेको घोषणा भएको छ । नयाँ युगमा चीन कसरी प्रवेश ग¥यो भन्नका लागि चीनको नयाँ आर्थिक नीति, सुशासन नीति, सैनिक आधुनिकीकरण नीति, विकास नीति, जलवायुपरिवर्तन नीति र अन्र्तर्राष्ट्रिय नीति बुझ्न जरुरी छ । यही आधारमा देङ र सी विचार बीचको भिन्नता केलाउन सकिन्छ । 

पहिलो आर्थिक नीति ः देङले चीनलाई सम्पन्न बनाउनका लािग खुला बजार आर्थिक नीति अवलम्बन गरे । यही अनुसार चीनको समुद्रतटीय शहरलाई ब्यापारिक अर्थात् औद्योगिक केन्द्रको रुपमा स्थापित गरे । सस्तो लागतमा दैनिक आवश्यकीय समान उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजारमा पठाउनका लागि समुद्रतटीय शहरहरुमा यी केन्द्रहरु स्थापना गरिएको थियो । यसबाट चीनले अधिक सफलता प्राप्त ग¥यो । परिणामतः अहिले चीनमा उत्पादित वस्तु संसारकै बजारमा पुगेको छ । 

सीले नयाँ रुपमा चीनभरि नै औद्योगिक केन्द्रहरु स्थापना गर्ने लक्ष्य राखेका छन् । सस्तो र गुणस्तरहीन उत्पादनका कारण चीनको छवी विग्रेको छ । त्यसलाई सुधार गर्न अब गुणस्तरीय समानहरु उत्पादन गर्नेछ । उत्पादन क्षेत्रबाट अब विस्तारै सेवा क्षेत्रतर्फ आफूलाई रुपान्तरण गर्नेछ । अर्थात् बौद्धिक बजारतर्फ चीनलाई बढाइनेछ । उदाहरणका लागि आइफोनको डिजाइन अमेरिकामा भई चीनमा उत्पादन गरिएजस्तै चीनमै अब नयाँ प्रविधिहरु विकास गरी विश्व बजारमा पठाइनेछ । सम्भवतः चीनका छिमेकी राष्ट्रहरुमा बेल्ट रोड परियोजनामार्फत् पुराना उद्योगहरुलाई हस्तान्तरण गरिनेछ । 

शासन नीति ः चीन नयाँ युगमा प्रवेश गर्नु भनेको त्यहाँ सुशासन स्थापना गर्नु हो । देङको समयमा चीन सुशासनको क्षेत्रमा कमजोर थियो । कम्युनिस्ट पार्टीका नेताहरु कानुनभन्दा माथि थिए । त्यस बेला भ्रष्टाचार चुलिएको थियो । 

अब चीनमा कानुनभन्दा कोही पनि माथि हुने छैनन् । सबैमाथि कानुनको तरबार राखिने छ । प्रशासनलाई प्रविधियुक्त बनाइनेछ र पैसामा लिप्तहरुलाई दुरुत्साहित गरिनेछ । यसका लागि नवनियुक्त स्थायी समिति सदस्य झाओ लेजीलाई जिम्मेवारी तोकिएको छ । तथापि राष्ट्रपति सीले पाँच वर्ष अगाडि आफू राष्ट्रपति हुनासाथ सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान चलाएका थिए । त्यसमा सफलता प्राप्त गरेको निष्कर्ष यो महाधिवेशनमा गरिएको थियो ।

सैनिक आधुनिकीकरण नीति ः देङले चीनको सेनालाई आधुनिकीकरण गर्नेतर्फ सोचेनन् । आर्थिक रुपले मात्र चीनलाई सबल बनाउन उत्पादन र निर्यातमा ध्यान दिए । तर सीले सैनिक आधुनिकीकरण अभियान शुरु गरेका छन् । मिति नै तोकेर सन् २०३५ सम्ममा चीनको सैनिक आधुनिकीकरण अभियान पूरा हुने र सन् २०५० सम्ममा चीनको सैनिक विश्वकै पहिलो स्तरको बनाउने घोषणा गरिएको छ । 

विकास नीति ः देङको समयमा आर्थिक रुपले चीन सम्पन्न भयो । द्रूत गतिको रेल निर्माणमा सहयोग पुग्यो ।  ठूलाठूला शहर र गगनचुम्वी भवनहरु निर्माण भए । तर, धनी र गरिव बीचको खाडल झन् फराकिलो भयो । 

सीले चाहिं सन् २०२० सम्ममा चीनमा गरिबी निमिट्यान्न पार्ने घोषणा गरेका छन् । त्यति मात्र होइन, सन् २०२० देखि २०३५ सम्ममा चीनमा गरिब र धनी बीचको खाडल निकै साँघुरो बनाइने छ । सन् २०५० सम्म चीनलाई सम्पन्न राष्ट्र बनाइनेछ । 

जनवायु परिवर्तन नीति ः देङको नीतिले गर्दा औद्योगिकीकरणमा कोइलाको प्रयोगबाट चीन बढी कार्वनडाई अक्साइड उत्सर्जन गर्ने राष्ट्रको सूचीमा परेको थियो । चीनका प्रमुख शहरहरु वेइजिङ्ग, सङघाई, हान्जोमा प्रदूषण भयावह भयो । जसका कारण, चीनमा क्यान्सर रोगीको संख्या पनि बढ्यो ।

सीले चीनलाई सुन्दर बनाउने र यसमा विश्वका राष्ट्रसँग हातेमालो गर्ने घोषणा गरेका छन् । सन् २०२० सम्ममा कार्वन उत्र्सजन ६० प्रतिशतले घटाउने र सन् २०३० सम्ममा कार्वन उत्सर्जन वृद्धि शून्यमा झार्ने लक्ष्य छ । यसका लागि कोइलाको प्रयोग व्यापक रुपमा घटाउन थालिसकिएको छ । 

हस्तक्षेप र विस्तार अस्वीकार्य परराष्ट्र नीति ः चीनले अवलम्बन गर्ने परराष्ट्र नीति देङको पनि हो । देङको परराष्ट्र नीति अनुसार चीनले अरुको विषयमा नबोल्ने नीति लियो । 
सीले पनि त्यही नीति अवलम्बन गरेका छन् । तर, चिनियाँ चासोलाई संरक्षण गरिनेछ । छिमेकीको विकासको नाममा आफ्नो स्वार्थ घुसाउन अब चीन पनि पछि पर्ने छैन । 
चीन नेपालको भरपर्दाे मित्र हो । नयाँ युगको चीनबाट नेपालले फाइदा लिने ठाउँ धेरै छन् । तर, चिनियाँ जस्तै सिर्जनशील र दूरदृष्टिको खाँचो छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive