newsone

वार्मअप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी

newstwo वार्मअप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी

रसिया विश्वकप सुरुअघिको वार्म अप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल, उरुग्वे विजयी भएका छन्।

इंग्ल्याण्डले कोस्टारिकालाई २(० ले पराजित गरेको हो। थ्री लायन्सका लागि मार्कोस रासफोर्ड र  ड्यानी वेलब्याकले एक–एक गोल गरे।

यस्तै पोर्चुगलले अल्जेरियालाई ३–० ले हरायो। गोन्सालो गुएडेसले २ तथा ब्रनो फर्नान्डेजले १ गोल गरे।

यस्तै उरुग्वेले उज्वेकिस्तानलाई ३–० ले पराजित गर्‍यो। उरुग्वेका लागि लुइस सुवारेज, डे अरासकेएटा र जोस गिमिनेजेले एक–एक गोल गरे।

यस्तै पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डले वार्मअफ म्याचमा घानासँग २–२ गोलको बराबरी खेलेको छ। करी अर्मासन र अल्फ्रेड फिगोसानको गोलबाट आइसल्याण्डले २ गोलको अग्रता बनाएपनि घानाका लागि कसिम नुहु र थोमसले बराबरी गोल गोल फर्काए।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive