newsone

भोट माग्न मतदाताका घरदैलोमा उम्मेदवार

newstwo भोट माग्न मतदाताका घरदैलोमा उम्मेदवार

कृष्ण दर्नाल 

१५ मंसिर, पाल्पा । पाल्पामा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मतदाताका घरदैलोमा व्यस्त छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदा दलका उम्मेदवार भोट माग्न मतदाताका घरदैलोमा व्यस्त बन्न पुगेका हुन् । 

पाल्पा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका लागि दुवै निर्वाचन क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारले खानेपानी, सडक, शिक्षा र रोजगारीका समस्या समाधानका लागि आश्वासन दिँदै भोट माग्दै आएका छन् । 

नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय र नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपाल यतिबेला भिन्नभिन्नै स्थानमा चुनावी कार्यक्रममा सक्रिय हुनुहुन्छ । पाण्डेय र नेपाल पाल्पा निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवारले तानसेनको खानेपानी समाधान र सिद्धबाबाको सडक सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा पारेको बताउनुभएको छ । 

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र १ का वाम गठबन्धनका प्रनितिधिसभा सदस्यका उम्मेदवार दलबहादुर रानाले पूर्वी पाल्पाको रामपुर नगरलाई आधुनिक शहर बनाउने एजेण्डा अघि सार्नुभएको छ । रामपुरमा शिक्षा, स्वास्थ्य, यातायात र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उहाँ बताउनुहुन्छ । पहाडी जिल्ला भएकाले ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनका लागि नमूना क्षेत्र बनाउने, युवालाई स्वदेशमा स्वरोजगार र रोजगारका वातावरण सिर्जना गर्ने योजनामा आफूे घरदैलोका क्रममा उहाँले बताउँदै आउनुभएको छ । 

नेपाली काँग्रेसको महासमिति सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयराज घिमिरेले रामपुरका आधारभूत समस्या समधानका लागि आफू सधैँ लागिरहनेमा जोड दिनुहुन्छ । कृषि तथा पशुपालन व्यवसायमा युवा युस्ताको आकर्षण बढाउने अनुदानको व्यवस्था मिलाउने कुरा उहाँले गर्दै आउनुभएको छ । 
विसं २०७० को संविधानसभाको निर्वाचनका आधारमा वाम गठबन्धनका उम्मेदवार पाल्पाका दुवै निर्वाचन क्षेत्रमा बलियो देखिएका छन् । 

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा स्थानीय तह २०७४ को निर्वाचनमा दलका अध्यक्ष पदका उम्मेदवारको कूल मत जोड्दा काँग्रेसले ४७ हजार २०३ मत ल्याउन सफल भएको थियो । नेकपा एमाले ५४ हजार ९४ मत र नेकपा माओवादी केन्द्रले १६ हजार २६६ मत ल्याएको थियो । उक्त मतका आधारमा वाम गठबन्धनको ७० हजार ३६१ मत देखिन्छ । मत परिणमको आधारमा काँग्रेसको भन्दा २३ हजार १५८ मतले वाम गठबन्धन पाल्पामा अघि रहेको देखिन्छ । 

पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा कूल एक लाख ८१ हजार २५५ मतदाता छन् । प्रतितिनधिसभा सदस्य र प्रदेशसभा सदस्यमा पाल्पा जिल्लामा लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । पाल्पा निर्वाचन क्षेत्र १ (क) मा नेकपा एमालेबाट युवराज खनाल, (ख) बाट नारायण आचार्य र काँग्रेसबाट (क) मा देवराज ढकाल, (ख) मा दानबहादुर पछाई, निर्वाचन क्षेत्र २ (क)मा वाम गठबन्धनबाट डा पुरन ब्रजचार्य, ९ख०मा वसन्त घर्ती र काँग्रेसबाट (क) माधव नेपाल र (ख) मा रामबहादुर कार्कीबीच भिडन्त हुँदैछ । रासस

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive