newsone

फेसबुक म्यासेन्जरबाट  भाइरस फैलिँदै !

newstwo फेसबुक म्यासेन्जरबाट  भाइरस फैलिँदै !

सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको छ । म्यासेन्जरमा भाइरस भेटिएपछि फेसबुक च्याटमा रमाउनहरुलाई भने सचेत हुनुपर्ने भएको छ । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिइरहेको छ ।  

फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाएको भेटिएको हो ।
 
फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो ।  ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाइरहेका छन् । 

फेसबुक म्यासेन्जर मार्फत द्रुत गतिमा फैलिरहेको यो भाइरसले मोबाइल तथा कम्प्युटरमाथि आक्रमण गर्नुका साथै डिभाइसको सिस्टम निष्क्रिय बनाउने गर्दछन् । त्यति मात्र होइन यो भाइरसले डिभाइसमा रहेको डाटासमेत डिलिट गर्ने गरेको भेटिएको जनाइएको छ । 

च्याट गर्दागर्दै पपअप विन्डोमा साथीको नाममा भिडियो वा लिङ्क आउने र सोमा क्लिक गर्ने बित्तिकै भाइरसले मोबाइल तथा कम्प्युटर डिभाइसमा रहेको एन्टी भाइरसलाई निष्क्रिय बनाउनेगर्दछ । यसबाट केटाकेटीका लागि च्याटमा आउने लिङ्कमा रहेको सामग्री शङ्कास्पद लागेमा वा कहिल्यै नसुनेको नाम देखिएमा क्लिक नगर्नेगरेमा यस्ता हानिकारक भाइरसबाट बच्न सकिने प्रविधिविज्ञ बताउँछन् ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive