newsone

किम जोङ उन र डोनाल्ड ट्रम्पबीच ऐतिहासिक भेटवार्ता

newstwo किम जोङ उन र  डोनाल्ड ट्रम्पबीच ऐतिहासिक भेटवार्ता

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय न्युज ऐजेन्सीका अनुसार सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब एक घण्टा भेटवार्ता भएको थियो ।

भेटबारे पत्रकारलाई प्रतिक्रिया दिँदै किमले भन्नुभयो, ‘यहाँसम्म आउन सहज थिएन । हाम्रा पुराना मान्यताहरुले रोकेका थिए तर हामीले त्यसलाई तोड्यौं र आज हामी यहाँ छौं ।’

ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी दुईबीच राम्रो सम्वन्ध छ । म र किम मिलेर ठूला समस्याको समाधान निकाल्ने छौं । हामी मिलेर काम गर्ने छौं । हामीले हरतरहले उत्तर कोरियाको ध्यान राख्नेछौं । म यो वार्ताबाट निकै आश्वस्त छु । हामीलाई सफलता मिल्ने छ र हाम्रो सम्बन्ध पनि शानदार रहने छ ।’

किम र ट्रम्पबीच बन्द कोठाभित्र भएको वार्तामा दुवै पक्षबाट दोभाषेको व्यवस्था गरिएको थियो । वार्ता सुरु हुनुअघि दुवैले हात मिलाएर एकअर्कालाई स्वागत गर्नुभएको थियो । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive