newsone

एकता घातक कि साधक ?

newstwo एकता घातक कि साधक ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीचको एकता जैविक हो कि प्राविधिक यस विषयमा मन्थन हुन सकेको छैन । प्राविधिक मुद्धामा एकताको सवाल बढी मथिएको छ । यसले पार्टी एकीकरणको सवाललाई कहाँ पु¥याएर बिसाउँछ ? 

विचारका आधारमा पार्टीको एकीकरण सिद्धान्तनिष्ठ हुन्छ र यो दीर्घकालीन पनि हुन्छ । तर, सांगठानिक वा यस्तै प्राविधिक आधारलाई मात्र जोड दिएर गरिएको एकता क्षणिक वा लाक्षणिक मात्र हुनेछ । यस्तो एकताको आधार, धरातल कमजोर हुन्छ । यसले अर्को फुटको विजारोपण गर्दछ ।

नेपालकै सन्दर्भमा पनि कम्युनिस्ट पार्टीहरुको एकीकरण कुनै नौलो परिघटना होइन । नेकपा मशाल, सर्वहारावादी श्रमिक संगठन, विद्रोही नेकपा मसाल, चौथो महाधिवेशनको एकतापछि बनेको नेकपा एकता केन्द्र हुँदै माओवादी पार्टी विद्रोहमा जाँदासम्मको एकीकरण र विभाजन उल्लेख्य घटना हो । पहिलो संविधानसभापछि नेकपा एकता केन्द्रसँगको माओवादीको एकीकरण हुँदै एकीकृत माओवादी बन्दासम्मको एकीकरणको प्रसङ्ग जोड्नु पनि यहाँ बाञ्छनीय हुन्छ । यस्तै झापा विद्रोहसँग सम्बन्धित को–अर्डिनेशन कमिटीको एकीकरण अभियान मुक्ति मोर्चा, रातो झण्डा, दंगाली समूहको एकतापछि बनेको नेकपा माले र ०४८ सालपछि नेकपा माक्र्सवादीसहित छिटफुट बाम घटकसहित बनेको नेकपा एमाले पार्टी एकीकरणको अर्को उल्लेख्य परिघटना हो । तर, एमालेको एक दशक नवित्दै ०५४ मा विभाजन भयो । पहिलो संविधानसभाको विघटन सँगसँगै माओवादीको विभाजन भयो । अर्को विभाजन एकता केन्द्र मसाललाई पनि लिन सकिन्छ ।

बाम पाठशाला 

नेपालको बाम पाठशाला दुई वटा छन् । तेस्रो महाधिवेशन अर्थात ०१९ सालदेखि यो पाठशालाको विजारोपण भयो । एउटा पाठशालाको नेतृत्व पुष्पलाल श्रेष्ठले गरेका थिए । दोस्रो पाठशालाको नेतृत्व मोहनविक्रम सिंहको थियो । पहिलो पाठशालाबाट उत्पादित घटकहरु एमालेमा समाहित हुँदै गए । अर्थात्, पहिलो पाठशालाका घटकहरु अहिले एमालेमा समाहित भइसकेका छन् । यो पाठशालासँग सम्बन्धित कोही पनि बाहिर छैनन् । दोस्रो पाठशालाका घटकहरुमध्ये माओवादी केन्द्र मूलधारमा छ । यसैसँग सम्बन्धित अन्य घटकमध्ये नेकपा मसालसहित थुप्रै समूह अझै बाहिरै रहेको छ । 

यी दुई स्कूलिङको विभाजन सैद्धान्तिक आधारमा थियो । पहिलो स्कूल विघटित संसदको पुनस्र्थापनाको पक्षमा र दोस्रो संविधानसभा तथा देशभक्त जनतान्त्रिक शक्तिको सरकारको पक्षमा थियो । अहिले यी दुवै विषय राजनीतिको छलफल गरिरहनु पर्ने विषय रहेन । कम्युनिस्ट पार्टीहरुको विभाजन र एकता सैद्धान्तिक आधारमा हुने गर्छ । यतिखेर माओवादी केन्द्र र एमालेको एकता कुन सैद्धान्तिक आधारमा हुँदैछ ? यो प्रश्न अनुत्तरित हुनुहुन्न ।

अर्को, दुवै स्कूलको समाजवादलाई हेर्ने दृष्टिकोणमा भिन्नता थियो । तत्कालीन सोभियत संघ, चीनलगायतका देशमा भएको व्यवस्थालाई पहिलो स्कूलले मान्यता दिएको थियो । चीनको साँस्कृतिक क्रान्तिलाई तिनले आलोचना गरेका थिए । यसको ठीक विपरीत दोस्रो स्कूलले मान्यता राख्थ्यो । यी प्रश्नको उत्तर पनि एकीकरणको कार्यसूचीमा परेको देखिन्न ।

जबज र जनवाद 

एमालेले पाँचौ महाधिवेशनमा पारित गरेको जनताको बहुदलीय जनवाद र माओवादीले पछिल्लो पटक ल्याएको २१ औं शताब्दीको जनवादको प्रसङ्गमा ठ्याम्मै मिल्ने कुरा भनेको बहुदलीय प्रतिस्पर्धा हो । हुनत एमालेका उपमहासचिव घनश्याम भुसालले जबजको प्रसङ्ग अप्रासङ्गिक भइसकेको वा च्याप्टर क्लोज भएको बताउँदै आएका छन् । जबजलाई दक्ष प्रजापतिको टाउको उपमा दिने झलनाथ खनाल पनि  एमाले पार्टीका बैचारिक नेता नै हुन । उनले जबजलाई स्वीकार गरेका छन्, छैनन् अहिले थाहा छैन् । सामाजिक जनवादको प्रतिवेदन पेश गर्ने रघु पन्त पनि एमालेमै छन् । उनको विचार शृङ्खला भने टुटिसकेको छ । तर, भुसालको भनाइलाई विश्वास गर्ने हो भने च्याप्टर खुल्ला भएको २१ सदीको जनवाद मात्रै हो । यो विषयमा पनि एकताको मुद्धा खापिएको छैन । 

दुवै पार्टीले जनवादको कार्यभार पूरा भएको ठहर गरिसकेको स्थितिमा भने उल्लेखित दुवै जनवादको समीक्षासम्म होला । तर, समाजवादको परिभाषा पनि त हुनुपर्छ । समाजवाद उन्मुख व्यवस्था त संविधानमै किटिएको छ । त्यसमा नेपाली कांग्रेसको पनि विमति छैन । समाजवाद शब्दमा विमति नभए पनि कम्युनिस्टहरुले यसको सार त खिच्नु पर्छ । भारतमा बाम मोर्चा बनाउँदा पनि समाजवादी अर्थ–राजनीतिलाई सम्बोधन गर्न कार्यसूची बनाइएको थियो । विदेशी लगानी, राष्ट्रिय पुँजीको विकास, औधोगीकरणको नीति, सामाजिक सुरक्षा आदि मुद्धामा प्रगतिशील दृष्टिकोणलाई लिपिबद्ध गरिएको छ । भलै भारतीय संविधानले त्यतातर्फ जाने मार्गप्रशस्त नगरेको किन नहोस् । यहाँ त उल्लेखित विषयहरु एकीकरणको सवालमा पूरै अनुपस्थित छ ।

केबल स्थिर सरकार, विकास र समृद्धिको अमूर्त नारा मात्र एकीकरणको सवाल जवाफको रुपमा एकथरिले उठाएका छन् । अस्थिर सरकार हुनुभन्दा स्थिर सरकारले दिने उपलब्धि त स्वतः नै हुने कुरा हो । विकास भएपछि समृद्धि त त्यसै भइहाल्छ । तर, विकास कुन मोडेलमा गर्ने पो प्राथमिक कुरा हो । यसर्थ एकथरिले यो एकीकरण एकदमै चालू हालतमा सांगठानिक प्रक्रिया पूरा गर्ने मेलोमेसो जस्तो मात्रै देखिएको छ ।  

विश्वको अभ्यास 

दक्षिण अफ्रिका, भेनेजुएला, भारतलगायतको अभ्यास हेर्दा पार्टी एकीकरणको अभ्यास नभएको होइन । चारु मजुमदारले नेतृत्व गरेको भाकपा (माले) जसले नक्सलवादी किसान आन्दोलन गरेको थियो । चारु मजुमदारको मृत्युपछि भाकपा (माले) २० टुक्रा भन्दा बढी संख्यामा विभाजित भयो । अझैसम्म भाकपा मालेको एकीकरण हुन सकेन । एकीकरणको अनेक प्रयास भए पनि सफल भएन । उनीहरुले विचार नजिक भएकाहरुका बीचमा मोर्चाबन्दीको सफल प्रयोग गर्दै आएका छन् । भारतीय कम्युनिस्ट पार्टीको विभाजन भएर भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) बने यता माक्र्सवादी पार्टीबाट पनि असंख्य घटकहरु फुटेका छन् । माक्र्सवादीबाट विद्रोह गरी नक्सलवादी आन्दोलन गर्दै चारु मजुमदारले नेतृत्व गरेको भाकपा (माले) २५ टुक्रा भन्दा बढी छ । ती घटकहरु पनि मोर्चाबन्दीमा छन् ।

यसरी विश्व कम्युनिस्ट आन्दोलनमा पनि एकीकरणमा भन्दा मोर्चाको प्रयोग बढी गरेको र सफलता हासिल गरेको पाइन्छ । नेपालकै सन्दर्भमा पनि पार्टी एकीकरणको सवालको सफलतम प्रयोग भएको कमै पाइन्छ । नेपालको दक्षिणपन्थी पार्टी राप्रपाको एकीकरण र विभाजन बारम्बार भएको छ । कुनै परिवर्तनकारी मुद्धा नभएका पार्टीहरुको एकीकरण सम्भव भएको देखिन्न । गुटैगुटको संस्कृतिले ग्रस्त पार्टीहरुको एकीकरण कति सार्थक होला यो भने आउँदा दिनमा देखिनेछ ।

नेतृत्व प्राविधिक बनाइनु हुँदैन

विचार, राजनीतिक मुद्धा जत्तिकै आमूल परिवर्तनको पक्षमा लाग्नेहरुले नेतृत्वको विषयलाई पनि महत्वपूर्ण बनाउनु पर्छ । अग्रगामी विचार बोकेको नेतृत्वले पार्टीको नेतृत्व गरेमा सो पार्टी अगाडि बढ्छ । मान्छे आफैं विचार, राजनीतिको वाहक हो, विचार, राजनीतिलाई मूर्त बनाउने हो । यथास्थितिवादी नेताले अग्रगामी धारको नेतृत्व गर्नै सक्तैन । 

फेरि पनि प्राविधिक जोडघटाउमा मात्र एकताको कुरा गर्दा, संख्यालाई एकताका लागि प्राथमिकता दिंदा, अग्रगामी सोंच भएको नेतृत्वलाई पछाडि राख्दा त्यो एकता एकता नभएर आत्मसमर्पण हुन्छ, घातक हुन्छ । त्यो साधक हुँदैन । त्यस्तो एकता गर्नुभन्दा केही समय मोर्चा बनाएर साझा प्रतिबद्धताका आधारमा सरकार, संघर्षमा जाँदा हुन्छ । तत्कालको संसद्मा संख्यात्मक वा प्राविधिक रुपमा ठूलो शक्तिले इतिहास र वर्तमानमा पनि समाज रुपान्तरणमा नेतृत्वकारी भूमिका खेलेको÷खेलिरहेको तर पछिल्लो संसद्मा संख्यात्मक रुपमा सानो शक्ति, त्यसको प्रमुख नेतृत्वलाई उपयोग गर्ने चालवाजीमात्र गरिन्छ, आत्मसम्मान हुने वातावरण हुँदैन भने समयको परीक्षणसँगै सबै प्रक्रियाबाट अलग हुनुपर्छ । तत्काल नै कि एकता नभए नयाँ विकल्प भन्दा जनता क्रान्तिकारी पार्टी र क्रान्तिकारी नेतत्वसँगै बढी भ्रमित हुन सक्छन । 

वर्षाैदेखिको यथास्थितिको संरचनामा नेतृत्व भएर दैन्दिनको काम गरेर प्राविधिक नेता बन्ने कि देशलाई स्वाधीन र समृद्धिमा लैजानका लागि निरन्तर संघर्ष चलाइरहन सक्ने वैचारिक, गतिशील नेतृत्व दिने भन्ने अव्यक्त तर मुख्य बहस हो माओवादी केन्द्र र एमालेको अहिले । माओवादी केन्द्र समयलाई बुझ्ने र समाजलाई निरन्तर अगाडि बढाइरहन सक्ने संघर्षशील, आँटिलो, गतिशील नेतृत्वको पक्षमा छ भने एमाले वर्षाैदेखिको बनिबनाउ यथास्थितिवादी पार्टी संरचनामा कर्मचारीतन्त्रमा जस्तै नेतृत्वलाई सीमामा राखेर दैन्दिनको प्राविधिक कर्मकाण्डमा अल्झाउने ढंगको नेतृत्व बनाउन चाहन्छ । यसैले एमाले नेतृत्वलाई केवल प्राविधिक विषय देख्छ र त्यसै अनुसार जान खोज्छ र त्यसै अनुसार बहस सिर्जना गरिरहेको छ भने माओवादी केन्द्र नेतृत्वलाई प्राविधिक विषयमात्र हो भन्ने मान्दैन । यसलाई सिद्धान्त, राजनीतिसँग अविभाज्य रुपमा जोड्छ । एमाले माओवादी केन्द्रका प्रमुख नेतालाई सरकार वा पार्टीको कार्यकारी प्रमुख नदिने र दिइहाले पनि पार्टीको कमजोर भूमिका बनाएर दिने दाउ गरिरहेको छ । 

पछिल्लो दुई दशकभन्दा बढी समयसम्म देशको रुपान्तरणमा मुख्य नेतृत्व गर्ने माओवादी केन्द्रका प्रमुख नेतृत्व प्रचण्डलाई सरकार वा पार्टीको कार्यकारी भूमिकाबाट ओझेलमा पारेर एकता सम्भव हुँदैन । गर्नु पनि हुँदैन । 

प्रचण्डको नेतृत्वमा पार्टी वा सरकार अगाडि बढ्दा राष्ट्रिय पुँजीको विकास, औधोगीकरणको नीति, सामाजिक सुरक्षा आदि मुद्धामा प्रगतिशील दृष्टिकोणका साथ अगाडि बढ्छ भने एमालेको नेतृत्वमा जाँदा यथास्थितिवाद संरचनामा नै पार्टी र देश रुमल्लिरहन्छ । सतहमा देखिएको प्राविधिक लाग्ने कार्यकारी प्रमुखको बहसमा विचारको विषय अन्तरनिहित छ । राजनीतिक मुद्धा अन्योन्याश्रित रुपमा जोडिएको छ । एमालेका एकथरिले प्राविधिक विषयलाई मात्र उछालिरहेका छन् भने माओवादी केन्द्रले नेतृत्वसँगै जोडेर विचार, राजनीतिलाई उठाइरहेको छ । यसैले प्राविधिक रुपमा मात्र गरिने एकता घातक, आत्मसमर्पण हो भने अगाडि जाने ग्यारेण्टीका साथ गरिने एकता साधक हो । समयबद्धबाट
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive