newsone

युएईमा रहेका गैरकानुनी कामदारलाई आममाफी ः नेपालीलाई घर फर्कने अवसर

newstwo युएईमा रहेका गैरकानुनी कामदारलाई आममाफी ः नेपालीलाई घर फर्कने अवसर


काठमाडौँ । युनाइटेड अरब इमिरेट (युएई) सरकारले अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आममाफी दिएको छ ।

आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् ।
यो अवसरका विषयमा युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई सुचित गरेका छन् । देशमा नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
नेपाली दूताबास अबुधाबीले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान आग्रह गरेको हो । दूताबासले युएईभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत भनेकोे छ ।
एकीन तथ्यांक नभएपनि विभिन्न बाटो प्रयोग गरी ठूलो संख्यामा नेपाली गैरकानुनी कामदार त्यहाँ पुगेका छन् । त्यहाँको कानुनी अड्चनका कारण स्वदेश फिर्ता हुन सकेका छैनन् ।
युएईले नेपाली दूतावासलाई औपचारिक जानकारी गराएपछि नेपाली दूतावासले पनि यो सुविधाको फाइदा लिन नेपालीहरुलाई आग्रह गरेको हो । विनाकुनै जरिवाना वा जेल सजायँ युएई छोडेर जान सकिने वा नयाँ स्पोन्सर र काम खोजेर आफ्नो कानुनी अवस्था वैधानिक बनाउन सकिने भएका कारण यो सुनौलो मौका हो ।
आममाफीकोे प्रक्रियाअनुसार अवैधानिक तवरले युएई प्रवेश गरेकाहरुको हकमा उनीहरू युएई विना कुनै जरिवाना र विना जेलसजायँ स्वदेश फर्कन सक्छन् । तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्नेछ । यद्यपि आजिवन प्रतिबन्ध कसैलाई लाग्ने छैन ।
घर फर्कन चाहने अवैधानिक कामदारहरुले नजिकको इम्मिग्रेसन कार्यालयमा आफ्नो राहदानी वा ट्राभल डकुमेन्ट, प्लेन टिकट र २२० दिरहम दस्तुर सहित युएईबाट फर्कन लागेको जानकारी गराउन सक्नेछन् ।

 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive