newsone

ट्रम्प–किमबीच चार बुँदे बृहत् सम्झौतामा हस्ताक्षर

newstwo ट्रम्प–किमबीच चार बुँदे बृहत् सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मंगलबार बिहान सिंगापुरमा सम्पन्न ट्रम्प–किम वार्तामा चार बुँदे सहमति भएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको वार्तापछि दुवैले बृहत् सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा विस्तृतमा के लेखिएको छ भन्ने सार्वजनिक नभए पनि सम्झौतामा चार बुँदा रहेको बताइएको छ ।  ट्रम्पले सम्झौतालाई बृहत् र महत्तवपूर्ण समेत भनेका छन्।

हस्ताक्षर पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूले फोटो खिच्नकालागि देखाइएको सम्झौतापत्रमा स्पष्ट रूपमा चार वटा बुँदा देखाइएको छ। 

सम्झौताका बुँदाहरु :

१. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता  । 

२. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने र पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने। 

३. गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने। पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने। 

४.  कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपुरणको समहति समेत भएको छ। 

उक्त सहमतिलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुँदैछ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive