newsone

ट्रकोमा निवारणमा दक्षिण पूर्वी एसियाकै पहिलो नेपाल

newstwo ट्रकोमा निवारणमा दक्षिण पूर्वी एसियाकै पहिलो नेपाल


काठमाडौँ । नेपाल ट्रकोमा अर्थात् आँखामा व्याक्टोरियाबाट हुने संक्रमणको निवारण गर्ने दक्षिण पूर्वी एसियाको पहिलो देश भएको छ । यो उपलब्धिलाई विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा एउटा कोशोढुंगा भनेको छ । यस क्षेत्रमा विश्वको ठूलो जनसंख्या व्याक्टोरियाको संक्रमणबाट अन्धो हुने गरेका थिए ।

नेपालले समुदायलाई सहभागी गराएर राजनीतिक प्रतिवद्धतासहित प्रशंसनीय कार्य गर्न सफल भएको विश्व स्वाथ्य संगठनल उल्लेख गरिएको छ । ट्रकोमा सन् १९८० पछि नेपालमा  अन्धोपनाको प्रमुख कारक बन्दै आएको थियो ।

स्वास्थ्य क्षेत्रमा नेपालले उल्लेख सुधार गरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालले सन् २००२ देखि ट्रकोमा नियन्त्रणका लागि कदम चालेको थियो । सन् २००२ देखि २००५ सम्म नेपालले ट्रकोमा नियन्त्रणका क्रियाकलाप लागू गरेको थियो, जातिबेलामा नेपालमा ४० प्रतिशतले ट्राकोमाको शिकार भइरहेका थिए ।

सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयले स्थानीय समुदाय तथा जिल्लामा चर्पी निर्माणसहित अन्य सरसफाईका कार्यक्रम अगाडि बढाएर ट्राकोमाको भाइरस बोक्ने झिंगा नियन्त्रण गरिएको थियो । त्यसैगरी नेपाल सरकारले शिक्षा मन्त्रालयसँग सहकार्य गरेर विद्यालयको शैक्षिक पाठ्यक्रममा ट्रकोमा रोगका विषयमा जानकारी दिँदै आएको छ ।

उक्त रोग निवारणका लागि करिब ३० हजार वटा शल्यक्रिया गरिएको थियो भने एजिथ्रोमेसि भन्ने औषधिको मात्रा एक करोड ५० लाख वितरण गरिएको थियो । सन् २००५ देखि २०१५ गरिएको सर्वेक्षणले ट्रकोमा नियन्त्रण भएको थियो ।

विश्व स्वास्थ्य संगठनले सन् १९९६ मा सन् २०२० सम्म ट्राकोमा निवारण गर्ने लक्ष्यसहित ‘गेट २०२०’ अभियान सञ्चालन गरेको थियो । त्यसका लागि विभिन्न कार्यक्रम सञ्चालन महामारी नियन्त्रणको पहल गरेको थियो ।

सन् १९९८ मा विश्व स्वाथ्य सभाले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ट्रकोमा निवारण गर्ने प्रस्ताव पारित गरेको थियो । विश्वका ४१ देशका एक करोड ९० लाख मानिस ट्रकोमाको शिकार हुँदै आएका छन् । यो रोक सबै उमेर समुहमा देखिने भएपनि खासगरी एक देखि ९ वर्ष तथा १५ सम्मको उमेर समुहमा देखिँदै आएको छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive