newsone

विश्वकप फुटबलमा ब्राजिल मेक्सिकोसँग भिड्दै, बेल्जियमलाई जापानको चुनौती

newstwo विश्वकप फुटबलमा ब्राजिल मेक्सिकोसँग भिड्दै, बेल्जियमलाई जापानको चुनौती

१८ असार, काठमाडौं । विश्वकपमा समूह ‘ई’ को विजेता ब्राजिल र समूह ‘एफ’ को उपविजेता मेक्सिकोबीच सोमबार राति पौने ८ बजे खेल हुँदैछ । रसियामा भइरहेको विश्वकप फुटबलको २१औं संकरण निकै रोमाञ्चक र अपत्यारिलो बन्दै गएको छ । ठूला र उपादी दावेदार कहलिएका टिमहरु हार व्यहोर्दै धमाधम घर फर्किरहेका छन् । विश्वकपमा आइरहेको नतिजाले धेरैलाई आश्चर्यमै पारेको छ । सोमबार पनि निकै रोमाञ्चक खेलहरु हुन गइरहेका छन् ।

विश्वकपमा मेक्सिकोले ब्राजिलविरुद्ध अहिलेसम्म गोल गर्न सकेको छैन । उनीहरुबीच भएको चार भेटमा मेक्सिकोले ११ गोल खाएको छ । यसपटक पनि लयमा देखिएका ब्राजिलियन फरवार्डलाई रोक्न मेक्सिकोलाई सहज छैन ।समूह चरणमा मेक्सिकोले उत्कृष्ट प्रदर्शन गरेको थियो । मेक्सिको समूहको खेलमा दोस्रो हुँदै अन्तिम १६ मा पुगेको हो । यता, ब्राजिल भने अपेक्षाकृत प्रदर्शन नगरे पनि समूह विजेता बन्न सफल भएको थियो । ब्राजिल स्टार खेलाडीहरुले भरिएको टिम हो । तर यो संकरणका खेलहरुको नतिजाले स्टार खेलाडी भएर मात्र नपुग्ने देखाएको छ । दुवै टिम बलियो भएका कारण आजको यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

सोमबार नै हुने अर्को खेल बेल्जियम र जापानले खेल्नेछन् । यो खेल राती ११ः४५ बजे हुनेछ । एसियाबाट अन्तिम १६ मा छनोट भएको एक मात्र टिम हो जापान । समूह चरणमा सेनेगलसँग बराबर अंक रहेपनि फेयर प्लेको आधारमा जापान नकआउटमा छनोट भएको हो । यता, बेल्जियमले भने आफ्नो समूहको सबै खेल जितेको थियो । बेल्जियममा विश्वस्तरका खेलाडी भएपनि जापानले कडा चुनौती दिने अपेक्षा गरिएको छ । बेल्जियमका किपर थियाबो कोर्तुवाले पनि जापानलाई कम सोच्ने भुल नगर्ने बताएका छन् ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive