newsone

केपी र पीकेलाई केही सुझाव

newstwo केपी र पीकेलाई केही सुझाव

लोककृष्ण भट्टराई

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६८ वर्ष पूरा भयो । ०१९ सालबाट फुट्न शुरु भएको कम्युनिस्ट पार्टी ०४६ सालको वृहद संयुक्त जनआन्दोलन निर्माणको शिलशिलामा जुट्न शुरु भयो । फेरि पनि फुटदै जुट्दै यो आन्दोलन यहाँसम्म आइपुगेको छ । ०४८ सालको चुनाव अघि हाम्रै प्रयासमा माले÷माक्र्सवादी एकता भएपछि अरु साना ग्रुपहरु मिलेर एकता केन्द्र समेत बन्यो । त्यसबेला यो लेखकले तत्कालिन चर्चित नेताहरु मदन भण्डारी, मनमोहन अधिकारी, सहाना प्रधान, निर्मल लामा, पुष्पकमल दाहाल, विष्णुबहादुर मानन्धर, नारायणमान विजुक्छे, मोहन विक्रम सिंहलाई समेत भेटेर वाम गठबन्धन बनाएर चुनावमा जान अनुरोध गरेको हो ।

त्यसबेला नेपाली कांग्रेसका नेता द्वय कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंहले पनि वाम एक भएर लडे राम्रो हुन्छ भन्ने मत राखेका थिए । कंग्रेसको वहुमत आयो । वाम प्रतिपक्षमा हुन्छ र वामको आए कंग्रेस प्रतिपक्षमा हुन्छ, जसले गर्दा आर्थिक विकास र समाजवजाद निर्माणमा सहयोग पुग्दछ– पञ्चहरु प्रतिपक्षमा नआउन भन्ने ती द्वय कंग्रेस नेताको भनाई थियो । नभन्दै माले÷माक्र्सवादी एकीकरण पछि पनि एक वाम एक ठाम बनाएर चुनावमा जान म लगायत धेरै साथीहरुले कोशिस गरेऊ तर भएन । नेपाली कंग्रेसले वहुमत सिट जित्यो । जबकि त्यसबेला वामले वाम मत कटाएर ४० सिटमा हारजित भयो । वाम एक ठाम मिलेर चुनावमा गएको भए त्यसबेला नै वामको  वहुमत आउने रहेछ । त्यसबेला मोहनविक्रमले चुनाव बहिस्कार गर्नुभयो भने अन्य वामले छुट्टछुट्टै लडे र चुनावमा पराजय भयो ।

०५१ सालमा पनि वाम एकता भएन र एमाले ठूलो दल मात्र भयो । ठूलो दलका हैसियतले सरकार बनाएपछि समृद्धिको आधारशिला राखेकै हो । नेपालमा महत्वाकाक्षाले गर्दा वामतालमेल हुनै नसकेर देशको अर्थतन्त्र र आधारशिला ध्वस्त हुँदै गयो । नेपाली कंग्रेसको साम्राज्यवाद परस्त आर्थिक नीतिले झन देश भ्रष्टाचार र घुसखोरीमा भासियो ।

अपुतालिका राजाले शासन सत्ता समेत हातमा लिए । भ्रष्टाचार कुशासनले ग्रस्त समाज परिवर्तन गर्न सशस्त्र विद्रोह भयो । त्यसलाई सुरक्षित अवतरण गराउनै १२ बुँदे समझदारी र त्यस पछिको ०६२÷६३ को जनआन्दोलनले अपुतालीको राजतन्त्र समेत ढलेर संघीय गणतन्त्र नेपालको संविधान सभाबाट संविधान बन्यो । त्यसलाई कार्यान्वयन गर्न वामशक्ति वाहेक अरुले सक्दैनन् । त्यसका लागि वाम एकता जरुरी थियो र भयो । आज वाम पार्टीहरुको उपेन्द्रजीलाई पनि वाम घेराभित्रै राखेर हेर्दा दुई तिहाई सिट संसदमा वामहरुको छ । अब यसलाई विगार्न र फुट पार्न देशी विदेशी प्रतिकृयावादी शक्तिहरु लागिरहेका छन् । त्यसैले केपी र पिकेको काँधमा यो ऐतिहासिक कार्यभारको सुरक्षित अवतरण गर्ने अभिभारा छ । 

कुनै पनि चिजलाई सकारात्मक दिशाबाट लिंदा त्यसलाई सजिलै अवतरण गर्न सकिन्छ । नेता व्यवस्थापन गर्न पनि सकिन्छ । र त्यसले एउटा वेभ निर्माण गरेर ५ वर्षभित्र देशलाई आधुनिक राष्ट्र निर्माण गर्न सकिन्छ । त्यसमा हामीमा र नेता सबैमा नरम हुने, पदप्रति आशक्ति नदेखाउने र पदमा बस्नेले भ्रष्टाचार र कुशासन विरुद्ध निर्मम हुने हो भने सजिलै राष्ट्र निर्माण हुन्छ । अहिले एमाले र माओवादी केन्द्रको पार्टी एकतामा पृथ्वीको भारजस्तो गरीदैछ । त्यो गरिनु हुँदैन । एकता प्रकृयालाई सरलीकरण गर्दै अघि बढ्न जरुरी छ । त्यसलाई सरलीकरण निम्न तरिकाले गर्न सकिन्छ । 

१. हाल एकता संयोजन समिति ७ जनाको छ त्यसमा एमालेबाट ईश्वर पोखरेल र माओवादी केन्द्रबाट कृष्णबहादुर महरालाई थपी ९ सदस्यीय स्थायी समिति बनाउने । यसमा ५ सदस्यीय अध्यक्ष मण्डल बनाउने । जसमा क। पुष्पकमल दाहाल, क। केपी ओली, क। जे।एन खनाल, क। माधव नेपाल, क। रामबहादुर थापा बादल रहेको पाँच सदस्यीय सदस्यीय अध्यक्ष मण्डल बनाउने । जसमा पाँच वर्षको महाधिवेशन म्यान्डेटलाई मानेर ५ ले भाग गर्ने र प्रत्येक पाँच जनाले नेतृत्व गर्ने ।

२. एमालेको पोलिटव्यूरोका ३९ र माओवादी केन्द्रका हेडक्वाटर सदस्य ३३ गरी ७२ सदस्यीय केन्द्रीय समिति बनाउने ।

३. यस प्रक्रियामा अन्य साना समूह एकीकरणमा आए तीबाट दुई दुई जना थप्ने ।

४. वाम एकीकरणको अभियानमा निरन्तर कलम चलाउने पाँच जनालाई केन्द्रीय समितिमा राख्ने । यसरी ९१ सदस्य भन्दा बढीको केन्द्रीय समिति नबनाउने । 

५. कम्युनिस्ट आन्दोलन र पार्टीप्रति एकाकार हुँदै नेतृत्व केन्द्रीय समितिमा बस्नेले आफ्नो अंशको सम्पत्ति पार्टीकरण गर्ने ।

६. रणनीति, कार्यनीति उत्पादनमुलक समाजवादउन्मुख बनाउने ।

७. मार्गदर्शक सिद्धान्त माक्र्सवाद मात्र राख्ने । माक्र्सवादी भनेपछि लेनिन, माओ र होचिमिन वा किमइलसुङ, फिडल क्यास्ट्रोका सिद्धान्त समेत पर्दछन् । त्यसैले दश वर्षभित्र नेपाललाई युरोपियन मापदण्डमा पु¥याउन प्रत्येक पार्टी सदस्यले आत्मसात गर्ने र केन्द्रीय पार्टी अध्यक्षदेखि सेल सदस्यसम्म अनिवार्य रुपमा उत्पादन अभियानमा लाग्ने । व्यापारीसँग चन्दा लिएर पार्टी चलाउने वर्तमान परम्परालाई सदाका लागि त्याग्ने । समयबद्धबाट
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive