newsone

खेलकुदमा चलखेल : किन बर्खास्त भए उपाध्यक्ष टेण्डी शेर्पा ?

newstwo खेलकुदमा चलखेल : किन बर्खास्त भए उपाध्यक्ष टेण्डी शेर्पा ?

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेण्डी शेर्पा निलम्बनमा परेका छन् । उपाध्यक्ष शेर्पालाई युवा तथा खेलकुद मन्त्रालयले करिव एक महिनाअघि निलम्बन गरेको हो ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शेर्पालाई निलम्बन र बर्खास्त भन्दा पनि राखेपको उपाध्यक्षको हैसियतमा उनले वहन गर्दै आएको जिम्मेवारीबाट अलग गरिएको बताएको छन् । मन्त्रीले त्यस्तो बताए पनि मन्त्री केसीले राजनीतिक आस्थाका आधारमा पदबाट बर्खास्त गरेको नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका एक पदाधिकारीले बताए ।

‘राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पालाई निलम्बन भन्दा पनि अदालतमा विचाराधीन मुद्दाको फैसला नहुन्जेलसम्म काममा नलगाउने निर्णय गरिएको हो,’ मन्त्री केसीको भनाइ छ । भन्सार विभागले शेर्पालाई राखेप उपाध्यक्षको हैसियतमा काम गर्न नदिन पत्राचार गरेकाले उनलाई जिम्मेवारीबाट हटाएको खेलकुदमन्त्रीले बताए ।
टेण्डीलाई विदा गर्न मन्त्रालयले लेखेको पत्रको दर्ता नम्बर ७११ रहेको छ ।

उपाध्यक्ष टेण्डी खेलसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर हङकङबाट स्वदेश फर्कंदा अवैध रुपमा भित्र्याइन लागेको सुनसहित विमानस्थलमा पक्राउ परेका थिए । तस्करीमा उनको संलग्नताबारे अदालतमा मुद्दा चलिरहेको छ ।
नेपाली खेलकुद क्षेत्रमा यस्तो चलखेल हुनु कुनै नौलो विषय होइन ।

नेपाली खेलाडी कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन विदेश जाँदा उतै लुकेर बसी देशको बदनाम गर्ने र केही खेल संघका पदाधिकारीहरुसमेत खेलाडीलाई विदेशमा लुकाउने, गैरखेलाडीलाई विदेशी प्रतियोगिता खेल्नका लागि सिफरिस गर्ने र भन्सार छलेर सामान भित्र्याउन निकै सक्रिय बन्दै गएका छन् । खेलाडीहरु खेल खेलेर र प्रतियोगिता जितेर देशको शान उच्चो पार्ने भन्दा पनि यस्ता गैरकानुनी कार्यमा लाग्ने गर्दा नेपाली खेल क्षेत्र बदनाम बन्दै गएको छ । 

मन्त्रालयको निर्देशनको पालना गर्दै राखेपका सदस्य सचिव केशवकुमार विष्टले खेलकुद विभागमा पत्राचार गरेका छन् । विष्टको पत्राचारसँगै अब लामाले परिषद्मा उपाध्यक्षको हैसियतले कुनै कार्य गर्न पाउने छैनन् । मन्त्रीस्तरको निर्णयले लामालाई सक्रिय रूपमा खेलकुदमा कार्य गर्नबाट बन्चित गरे पनि उनको उपाध्यक्ष पद भने यथावत् रहनेछ । यदि अदालतको फैसला लामाको पक्षमा आए उनी पुनः राखेपको उपाध्यक्ष बन्न पाउनेछन् । चार वर्षका लागि ०७० मा राखेपको सदस्य हुँदै उपाध्यक्ष बनेका लामाको कार्यकाल अब केही महिनामात्रै बाँकी रहेको छ ।

लामा टेण्डीको विगत 

लामा टेण्डी शेर्पालाई तत्कालीन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राखेपको उपाध्यक्षमा नियुक्ति गरेका थिए । विद्यार्थी राजनीति पृष्ठभूमिबाट खेलकुदमा प्रवेश गरेका लामा बास्केट बल सङ्घको अध्यक्ष समेत हुन् । लामा बास्केट बल सङ्घको अध्यक्ष बनेपछि अहिलेसम्म उक्त सङ्घमाथि कसैले अध्यक्ष बन्ने हिम्मत गरेका छैनन् । 

सर्वोच्चद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीको महासचिव होस् या राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष रहेका बेलामा उनले गरेका हर्कत अहिले पनि खेलकुदमा ताजै छन् । नेपालमा आयोजना भएको दक्षिण एसियाली बास्केट बलमा लामाले गरेको आर्थिक अनियमितता अहिलेसम्म सेलाएको छैन् ।

भारतीय कम्पनीसँग सम्झौता गरी चाइनिज कम्पनीसँग सस्तोमा सामानखरिद गरी लामाले लाखौँ रुपैयाँको आर्थिक चलखेल गरेपछि अख्तियारमा उनीविरुद्ध उजुरी परेको थियो । अख्तियारले यो कुराको छानबिनका लागि खेलकुद मन्त्रालयलाई निर्देशन दिए पनि तत्कालीन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले कुनै कारबाही नगर्दा यो मुद्दा ओझेलमा परेको थियो ।

प्रायः विभिन्न कारणले चर्चामा आउँदै गरेका लामा पछिल्लो पटक सुन तस्करीको आरोप लागेर चर्चामा आएका थिए । अहिले त्यही आरोपका कारण अदालतमा मुद्दा चलिरहेको देखाई लामालाई खेलकुद मन्त्रालयले उपाध्यक्षबाट निलम्बन गरेपछि पुनः उनको चर्चा चुलिएको हो ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive