newsone

टेलिकमका फोन ह्याक गर्ने धम्की

newstwo टेलिकमका फोन ह्याक गर्ने धम्की

काठमाडौं । कहिलेकाहिं ढाँटेको कुरा दुःख दिन्छ । प्रविधिको विकासले दुनियाँलाई जति साँघुरो बनाएको छ त्यसको दुरुपयोग गरियो भने दुनियाँलाई ध्वस्त पार्न सक्छ भन्ने कुरा पुष्टि र प्रमाणित भइसकेको कुरा हो । नेपालमा पनि भर्खरै त्यस्तै एउटा घटना घट्यो । एक जना युवकले ’नेपाल दूरसञ्चारको सबै डाटा मसँग सुरक्षित छ । म जतिबेला पनि नेपाल टेलिकममको फोन ह्याक गर्न सक्छु’ भन्दै नेपाल टेलिकममा धम्कीपूर्ण फोन गरे ।

नेपाल टेलिकमको प्रधान कार्यालय भद्रकालीमा आइतबार कार्यालय खुल्ने बित्तिकै फोनमा घण्टी बज्यो । घटनाको स्मरण गर्दै टेलिकमका कर्मचारीले भने ’सबै टेलिकम नै ह्याक गर्नसक्छु’ भनेर फोन आएपछि टेलिकम कार्यालयमा हल्लाखल्ला नहुने कुरै भएन । यस्तो धम्की दिने को होला ? र यस्तो धम्की दिनेलाई के गर्ने भन्ने बारेमा टेलिकमका कर्मचारी र व्यवस्थापनका व्यक्तिहरु अलमलमा परे । यसैबीचमा टेलिकका प्राविधिकहरु टेलिकमलाई धम्की दिने ब्यक्तिको नम्बर पत्ता लगाउने कोसिस गर्न थाले । उनीहरुले केही क्षणमा नै नम्बर पत्ता लागाए ।

नम्बर त पत्ता लाग्यो । अब धम्की दिने व्यक्तिलाई के गर्ने ? तुरुन्तै टेलिकमका पदाधिकारीहरुको बैठक बस्यो र  बैठकले यसबारे प्रहरीलाई खबर गर्ने निर्णय ग¥यो । टेलिकमका कर्मचारी महानगरीय अपराध महाशाखामा पुगे र निवेदन दिए ।

टेलिकमबाट यस्तो निवेदन प्राप्त गर्ने बित्तिकै प्रहरीले फोन गर्नेको खोजी सुरु ग¥यो । घटना भएको चौबीस घण्टा नबित्दै प्रहरीले टेलिकममा फोन गर्ने को थियो भन्ने पत्ता लगायो । टेलिकममा यसरी धम्कीपूर्ण फोन गर्ने सुनकोसी गाउँपालिका १० ओखलढुङ्गाका १८ वर्षीय पुरुषोत्तम अधिकारी रहेको खुल्यो । उनी १२ कक्षाको पढाइ सकेर भर्खर काठमाडौं आएको पत्ता लाग्यो । मोवाइल नं. ९८६३७४५१७० बाट फोन आएको छ टेलिकमका प्राविधिकहरुले पहिल्यै पत्ता लगाइसकेका थिए ।

महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको ग्रयाण्डी हाइट धापासीबाट पक्राउ ग¥यो । प्रहरीले पक्रिएपछि भने उनलाई थाहा भयो गलत काम ग¥यो भने जहाँसुकै क¥यापझ्याप परिनेरहेछ । प्रहरीलाई दिएको बयानमा अधिकारीले आफूले ’पपुलर’ हुन र दूरसंचारको सेवा राम्रो नभएको र नागरिक ठगिएको भन्दै सचेत गराउन’ मात्र यस्तो फोन गरेको दावी गरेका छन् । घटनाबारे अनुसन्धान गरिरहेका एसपी प्रकाशजंग कार्कीले ‘अनुसन्धानमा त्यस्तो ह्याक गर्ने क्षमता उनमा नभएको’ बताए । अधिकारी विरुद्ध प्रहरीले सार्वजानिक ऐनअन्तर्गत मुद्दा दायर गरेको छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive