newsone

मृगौला पीडितद्वारा सहयोगको याचना

newstwo मृगौला पीडितद्वारा सहयोगको याचना

शिशिर सिंखडा

७ कार्तिक, चितवन । दुवै मृगौलाले काम नगर्ने भएपछि चितवनका एकजना मृगौला रोगीले सहयोगको याचना गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाड (सिदार्थचोक) निवासी ५६ वर्षीय मन बहादुर गुरुङ्गको दुवै मृगौलाले काम नगर्ने भएको ३ वर्ष भईसक्यो तर उनले सो मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् । 

‘३ वर्षदेखि मृगौलाको डाइलोसिस गर्दै आएको छु’ मनबहादुरले भने । मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था छैन, उनले भने । सुगर र प्रेसरका समेत रोगी रहेका मन बहादुरले सुगरको औषधी खाँदै गर्दा मृगौलाको समस्या समेत देखिएकोले साह्रै पीडा भएको बताए । उपचारको लागि चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गरेको र त्यहाँबाट काठमाडौको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गरेको उनले बताए । राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडांैमा उपचारको क्रममा डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताए पनि आर्थिक अभावको कारण मृगौला प्रत्यारोपण गर्न नसकेको उनले बताए । 

सरकारले मृगौलाको डाइलोसिस निशुल्क गर्ने व्यवस्था मिलाए पनि एकपटक डाइलोसिस गर्नको लागि ४ देखि ५ हजार रुपैया औषधीको लागि खर्च हुने गरेको उनले बताए । मासिक उपचार खर्च रु. ४० हजार देखि ५० हजार खर्च हुने गरेको भन्दै हप्तामा ३ पटक डाइलोसिस गर्नुपर्दा साह्रै नै समस्यामा परेको मन बहादुरले बताए । मासिक औषधी पनि खानुपर्छ, खर्च धान्न परिवारलाई गाह्रो छ, उनले भने । 

६ जनाको परिवार रहेको उनको परिवारको आम्दानीको श्रोत केही छैन । दैनिक गुजारा चलाउन मुस्किल छ । श्रीमती, २ छोरा, एक बुहारी र नातीका साथ रहेको गुरुङ्ग परिवारमा मन बहादुर बिरामी भएपछि खुशीका दिनहरु हराएका छन् । श्रीमानको उपचार गर्नको लागि भएको ७ धुर जग्गा पनि विक्री गर्नुपरेको उनकी श्रीमती गंगामायाले बताईन । ऐलानी जमिनमा सानो घरमा बस्दै आएका गुरुङ्ग परिवार मन बहादुरको उपचारको लागि ३० लाख रुपैया भन्दाबढी खर्च गरिसकेको गंगामायाले बताईन । जग्गा बेचेको पैसाले नपुगेर १५ लाख रुपैया भन्दाबढी त ऋण नै लागिसकेको छ, उनले भनिन । मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था पनि छैन, श्रीमानको लागि आफूले एउटा मृगौला प्रत्यारोपण गर्न चाहेको उनले बताइन । प्रत्यारोपण गर्न पनि २५/३० लाख रुपैया लाग्ने भएकोले कसरी श्रीमानको उपचार गर्ने भन्नेमा पीडामा रहेको गंगामायाले बताईन । 

मन बहादुरको उपचारको लागि सहयोग गरिदिन सबैसँग आग्रह समेत गरिएको छ । भिनाजुको उपचारको लागि सबैले सहयोग गरिदिनुहुन उनको सालो लिलाबहादुर गुरुङ्गले सबैसँग अनुरोध समेत गरेका छन् । बुबा बिरामी भएपछि बैदेशिक रोजगारीका लागि गएका जेठा छोरा मनोज पनि केही महिनामै दुबईबाट फर्किन बाध्य भए । ऐलानीजग्गामा सानो घर बनाई बसेका थियौं, बुबा बिरामीभएपछि झनै धेरै समस्यामा प¥यौं, जेठा छोरा मनोजले भने । भएको जग्गा पनि बेच्यौं, त्यतिले नपुगेर १५ लाखभन्दाबढी ऋण नै छ, उनले भने । अहिले हाम्रो परिवार ऐलानी जग्गामा बस्न बाध्य छौं, उनले भने । बुबा भृकुटी कागज कारखाना गैडाकोटमा जागिरे हुनुहुन्थ्यो । सो कारखाना बन्द भएको पनि ८–१० वर्ष भैसक्यो । बुबाले पाउनुपर्ने करिव ५ लाख रुपैया अझै पाउन सकेका छैनौं । रकम पाएमा उपचार गर्न सहयोग हुने थियो, उनले भने ।

बुबाको मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था नभएको हुनाले बुबाको जीवन रक्षाको लागि स्वदेश तथा विदेशमा हुनुहुने सहयोगीदाताहरुबाट सहयोगको उनले याचना समेत गरेका छन् । बुबाको उपचारको लागि सहयोग गर्न चाहनु हुनेले मन बहादुर गुरुङ्गको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड नारायणगढ शाखाको खाता नं. ०१३८६८८४४० (विदेशमा रहनु हुनेका लागि९ल्क्ष्द्यील्एप्त्०मा रकम सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । साथै फोन नं. ९८१२२९९४९१ अथवा ९८४५०२६०९४ मा सम्पर्क गरी सहयोग गरिदिनुहुन छोरा मनोज गुरुङ्गले अनुरोध गरेका छन् । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive