newsone

सूर्यमा प्वालपरेकोले पृथ्वी अन्धकार र भुउपग्रह प्रणाली ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी

newstwo सूर्यमा प्वालपरेकोले पृथ्वी अन्धकार र भुउपग्रह प्रणाली ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी

सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखापरेको र यसले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले सूर्यअस्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र जुन पृथ्वीभन्दा ठूलो रहेको समेत बताएका छन् ।

डेलिमेलकाअनुसार वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक ‘एम क्लास’को सौर्य ज्वालाहरु उत्पादन गर्नसक्ने बताउँदै पृथ्वीमा रेडियो ब्लाकआउट उत्पन्न भएर विकिरण तुफान आउनसक्ने भएकाले उच्च सर्तकता अपनाउन चेतावनी दिइएको छ ।
यस घटनाले पृथ्वीको सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले प्रारम्भिक अनुमान गरेका हुन् ।

नासा सौर्य गतिशील वेधशालाले गतहप्ता सूर्यमा रहेको उक्त विशाल कालो छिद्र पत्ता लगाएको नासाले उल्लेख गरेको हो ।

नासाकाअनुसार तस्वीरमा उक्त कालो छिद्र एकदमै गहिरो रहेको छ । यस क्षेत्रलाई सूर्यको चिस्यान क्षेत्र (कुलर एरिया) मानिन्छ । यस्तो छिद्रको निर्माण हुनुको कारण सूर्यको चुम्बकीय क्षेत्रसँगको अन्तरक्रियात्मक गतिविधि रहेको वैज्ञानिकहरुले बताएका छन् ।
अहिले सूर्यमा रहेको चुम्बकीय क्षेत्रका कारण उक्त प्वालबाट ज्वालाहरु निस्कन पाएका छैनन् । यदि त्यहाँबाट विस्तारै ज्वालाहरु निस्कने क्रम सुरु भयो भने सूर्यको वरिपरि सतहमा ठूलो मात्रामा ज्वालाहरु मडारिन सक्छ र त्यसको असर सौर्य मन्डलभरि देखा पर्न सक्ने बैज्ञानिकहरुले बताएका हुन् ।

नासाद्वारा जारी वक्तव्यमा भनिएको छ – ‘नयाँ ‘सन्सपट’ समूहको दृश्यहरु घुमाएर हेर्दा उक्त छिद्रको आकार बढ्दै गएको देखिन्छ । दुई दिनको अन्तरालमा खिचिएको दृश्यहरुमा एउटामामात्र ‘सन्सपट’ समूह देखापरेको छ । हुनसक्छ यो सूर्यको केही सौर्यवर्षाको लागि यस्तो देखिएको हो । तर, भविष्यमा यसले सौर्यमन्डलको लागि कस्तो खतरा उत्पन्न गर्नेछ भन्ने विषयमा सबै वैज्ञानिकहरुलाई चेतावनी दिइएको छ ।’

मौसम पूर्वानुमान संस्था  ‘एनओएए’ ले जारी गरेको वक्तव्यमा भनिएको छ–‘अहिले पृथ्वीमा ‘एमक्लास’को खतरनाक ज्वालाहरु आउने सम्भावना २५ प्रतिशत रहेको छ । किनभने उक्त क्षेत्र हाम्रो पृथ्वीबाट आमुने–सामुने पर्दछ । पृथ्वीको लागि यो खतरनाक चेतावनी हुनसक्छ । केन फोटोग्राफरले यस दुर्लभ तस्वीर खिचेर हामीलाई एक मौका मिलेको छ ।’स्पेसवेदर डटकमका ब्रुनो बोनी डे ओलिभ्रराले आफूले पनि धेरै मिहेनतपछि सूर्यको ‘सन्सपट’ क्षेत्रको फोटो खिच्न सफल भएको बताएका छन् ।(एजेन्सीको सहयोगमा तयार पारिएको)

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive