newsone

नेपाली क्रान्तिको स्वरुप जनवादी कि समाजवादी ?

newstwo नेपाली क्रान्तिको स्वरुप जनवादी कि समाजवादी ?

दिनेश शर्मा

१. विषय प्रवेश

विभिन्न प्राणीहरुमध्ये मानव प्राणी सबैभन्दा विकसित प्राणीमा पर्दछ । किनकि मानवमा सोच्ने, चिन्तन गर्ने, समस्याको समाधान खोज्ने, सही र गलत छुट्याउने क्षमता अन्य प्राणीको भन्दा विकसित छ । मानव जातिमा एकाथरी व्यक्तिहरुले मानवलाई नै शोषण, दमन, अन्याय र अत्याचार गरेर आफू वा आफ्नो वर्गको सुखसयल गर्ने सोचको विकास गरे भने अर्को शोषित पक्षले त्यसका विरुद्ध संघर्ष गर्ने योजना बनाउन सफल भयो । योजना निर्माण मात्र होइन, संघर्ष गर्ने आँट ग¥यो । जुन संघर्षले विश्वमा तहल्का समेत ल्याइदियो । कतिपय युग नै बदलिए । वर्गीय अन्तर्विरोधहरु बदलिए । शोषणका रुपहरु बदलिए । मानिसहरुको चेतना बदलिए । मानव समाजलाई हेर्ने, बुझ्ने, त्यसको ब्याख्या विश्लेषण गर्ने र संश्लेषण गर्ने कयौं मनोगत तरिकाहरुको सट्टा वस्तुवादी भएर हेर्ने तरिकाहरुको विकास गरिए । उत्पीडित वर्गको स्वतः स्फूर्त वा योजनाबद्ध आन्दोलनले मानिसहरुको क्षमता र चेतनाको विकासले कैयौं दार्शनिकको समेत जन्म हुँदै आयो ।

वस्तुले चेतनाको विकास गर्ने र चेतनाले नयाँ चीजको खोज गर्ने यो एउटा वैज्ञानिक नियम हो । त्यही नियममुताविक सुधारवादी, आदर्शवादी विचारका बाहक दार्शनिकहरुको जन्म भयो । तर पनि समाजमा शोषक र शोषित वर्गका बीचको संघर्ष निरन्तर जारी थियो । यसै क्रममा विश्वमा चल्दै गरेका आन्दोलनको विषयमा गहिरो अध्ययनसहित ‘यथार्थको चित्रण थुप्रै दार्शनिकहरुले गरे तर मुख्य काम त्यसलाई बदल्नु हो’ भन्ने उद्घोषसहित माक्र्सले सामाजिक विज्ञानको मूर्त रुप अगाडि सार्नुभयो । यो दस्तावेज नै उत्पीडित वर्गको एक मात्र अजेय हतियार बन्न पुग्यो । त्यसपछिका एंगेल्स, लेनिन, स्टालिन र माओजस्ता महान् ब्यक्तित्वहरुले माक्र्सवादी दर्शनलाई विकसित गर्नु भयो र विश्वका सर्वहारावर्गको सवैखाले उत्पीडित वर्गको अजेय हतियारलाई अझै बलियो बनाउनु भयो ।

आज सर्वहारावर्गका निमित्त मालेमावादको अजेय हतियार छ । यसलाई विश्वका कुनै पनि सामन्तवादी, पुँजीवादी, साम्राज्यवादी, चाटुकार र दलालहरुले हल्लाउन सकेका छैनन् । बरु माक्र्सवाद–लेनिनवादको खोल ओढेका र पछिल्लो चरणमा माओवादको खोल ओढेका तर पुँजीवादको सेवा गर्ने दलालहरुले मालेमावादको सार्वभौम सिद्धान्तको अपूर्ण ब्याख्या गर्ने, खण्डीकरण गर्ने र सुधारात्मक तवरबाट ब्याख्या गर्ने जस्ता कार्यहरुले गर्दा सर्वहारावर्गमा उत्पीडित वर्गको ठूलो भ्रम छर्न सफल भएका छन् । जसका कारण माक्र्स भनेजस्तै मुख्य चीज त्यसलाई बदल्नु हो भन्ने विषयलाई ओझेलमा पार्ने कोशिस गर्दैछन ।

त्यसैले यतिबेला सुधारवादको व्यापक भण्डाफोरको आवश्यकता छ । क्रान्तिकारीहरुलाई भ्रमबाट मुक्त बनाउने आवश्यकता छ । नेपालमा कम्युनिष्ट पार्टी गठन भएको आज ६८ बर्ष हुँदैछ । यस अवधिमा देशमा थुपै्र जनसंघर्षहरु भए, जनआन्दोलनहरु भए र वर्गसंघर्षहरु पनि भए । मुख्य त दश वर्षको जनयुद्धले सामान्तवादमात्र होइन विस्तारवाद र साम्राज्यवादको समेत सातो लिएको थियो । तर आज शान्तिपूर्ण क्रान्तिको नाराभित्र कैद गरेर अन्तत जनयुद्धवाट प्राप्त अधिकार तथा उपलब्धीहरुको समाप्ति मात्र होइन, क्रान्तिलाई पूर्णतामा पु¥याउन जीवनको बलिदान गर्ने महान् शहीदहरु, वेपत्ता योद्धाहरु, घाइते योद्धाहरुको मर्ममाथि प्रहार गर्दै दश वर्षको जनयुद्धको नेतृत्व गरेका प्रमुख नेताहरुदेखि केही कार्यकर्ताको पंक्तिसम्म आज शान्तिपूर्ण संक्रमणको वाटो अबलम्बन गर्न पुगेका छन् । मालेमावादको मार्गदर्शक सिद्धान्त र माओवादीको साइनवोर्ड झुण्डाएरर । त्यसमा पनि पूँजीवाद आइसक्यो अब हामी जाने साम्राज्यवादमा हो भनेर । यसले केही समय केही मानिसहरुलाई अलमलमा पार्न खोजेको छ । यसलाई समयमा चिर्न सकिएन भने क्रान्ति वा परिवर्तनको एजेण्डा अलिपर धकेलिन सक्ने खतरा छँदैछ ।

२. देशमा पुँजीवाद आयो या भ्रम हो

भुरे टाकुरे राज्य हुँदै नेपालको एकीकरणदेखि नै नेपालको राज्यसत्तामा सामन्तवादको बलियो पकड रहँदै आएको सर्वविदितै छ । सामन्तवादको प्रतिनिधि नेतृत्व राजाहरुले गर्दै आए । एकातिर सामन्तवादी सत्ता र अर्कोतिर साम्राज्यवादको हस्तक्षेप हाम्रो सन्दर्भमा भारतीय विस्तारवादको हस्तक्षेप । खासगरी सुगौली सन्धिपश्चात् । जसले गर्दा देश अर्धसामन्त र अर्ध औपनिवेशको चपेटामा पर्दै आयो । यहाँ बुझ्नु पर्ने कुरा के छ भने खासगरी दोश्रो विश्वयुद्धपश्चात् साम्राज्यवादीहरु, पूँजीवादीहरु, विस्तारवादीहरु र सामन्तवादका बीचमा उनीहरुले एउटा सहमती गरेका छन् न कि अव विश्वका अविकसित र कमजोर देशलाई सैनिक पठाएर होइन, ति देशहरुमा दलाल खडा गरेर उपनिवेश कायम गर्ने । यही सम्झौता अनुरुप नेपालमा विस्तारवादी भारतले नवउपनिवेश कायम गर्दै आएको कुरालाई हामीले मनन गर्नै पर्दछ । नवउपनिवेशको नीति अनुप नेपाललाई आफ्नो गुलाम बनाउन भारतीय विस्तारवादले यहाँको सामन्तवाद र त्यसका नायकहरु, पछिल्लो चरणमा राजनैतिक नेताहरु, कर्मचारीतन्त्रभित्रका उपल्लो तहका कर्मचारीहरु, सुरक्षा निकायहरु, न्यायालयका प्रमुखहरुलाई दलाल बनाएर हाम्रो जलसम्पदा, सिमानादेखि सिंगो बजार अर्थतन्त्रलाई कसरी कब्जामा पार्न सफल भयो भन्ने विषयको फेरस्ती कयौं पटक छुट्टै च्याप्टरमा बाहिर आइसकेका छन् । त्यसको विश्लेषण यस लेखमा सम्भव पनि छैन र गर्न खोजिएको पनि होइन । आवश्यकता अनुसार छलफल गर्दै पनि जाउँला ।

मालेमावादको सार्वभौम सिद्धान्त अनुरुप हरेक देशका सच्चा कम्युनिष्टहरुले लिने नीति र गर्ने काम भनेको सबैभन्दा पहिले उपनिवेश, नवउपनिवेश, वैदेशिक हस्तक्षेपबाट देशलाई मुक्ति पार्नु, राष्ट्रलाई स्वाधिन बनाउनु, जनतालाई स्वतन्त्र र सार्वभौम बनाउनु हो । साथै, आ—आफ्नो देशमा सामन्तवाद वा पुँजीवादवाट हुने सवै प्रकारका शोषण, दमन, उत्पीडनबाट मुक्त बनाउन सर्वहारावर्गको नेतृत्वमा जनताको जनगणतन्त्र वा नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादमा पु¥याउनु हो । यो कम्युनिष्ट क्रान्तिकारीहरुको घोषित लक्ष्य हो ।

यसरी हेर्दा नेपालमा नेपाल र नेपाली जनतामाथि एकातिर नव उपनिवेश छ अर्कोतिर साम्राज्यवादी उत्पीडन छ । यि दुवैलाई परास्त नगरी न त राष्ट्रिय स्वाधिनता कायम गर्न सकिन्छ, न त नेपाली उत्पीडित वर्गमाथि हुँदै आएको उत्पीडनको अन्त्य नै हुन्छ । एमाले, नेमकिपा (रोहित) जस्ता पार्टीले जनवादी सत्ताको कुरा गरेतापनि सारमा उनीहरुले पनि त्यसलाई लागु गर्ने पक्षमा छैनन् । उनीहरुले दिने भ्रमबाट त्यति धेरै असर पार्ने अवस्था पनि छैन । तर समस्या कहाँ हो भने दश वर्षको जनयुद्धको नेतृत्वकर्ता त्यसमा पनि मुख्य भुमिका निर्वाह गर्दै आएका प्रचण्ड र उहाँले नेतृत्व गरेको माओवादी केन्द्रको भ्रमले धेरैलाई भ्रमित बनाइरहेको छ ।

बाबुराम भट्टराई माक्र्सवाद नै अपुरो छ भन्दै पूँजीवादी बाटो समातेका र विना लाइन दृष्टिकोण केवल क्रान्तिका कुरा गर्ने विप्लवहरुले समेत बास्तविक सर्वहारावर्गलाई भ्रम सृजना गरिराखेको छ । परिवर्तन चाहने तर जोखिम उठाउन नचाहने एउटा तप्कालाई प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र एउटा ठूलो छहारी बन्न पुगेको छ । शिलत तापेर माक्र्सवादका गफ गर्न र दिन दैनिक विताउन निकै सजिलो भएको छ । कतिपयलाई आफूले गरेका गलत हर्कतहरु लुकाउने एउटा स्थान पनि बन्न पुगेको छ । त्यसैले सैद्धान्तिक, राजनीतिक तथा ब्यावहारिक रुपमा यसको चिरफारको आवश्यकता छ । 

एउटा तर्क बजारमा आएको छ सामान्तवादको प्रतिनिधि राजतन्त्र समाप्त भयो त्यसैले नेपालमा पुुँजीवाद आयो । यदि त्यसो हो भने चीनमा १९११ मा सन यात्सेन नेतृत्वमा एउटा क्रान्ति पुरा भएको थियो । तर त्यहाँ न त सामन्तवाद समाप्त भएको देखियो न त साम्राज्यवादी हस्तक्षेप नै समाप्त भएको थियो । आखिरी १९२१ को कम्युनिष्ट पार्टीको गठनपछि पनि क्रान्तिको मोडल कस्तो बनाउने भन्ने प्रश्नमा पार्टीभित्र ठूलो बहस बन्यो ।

अन्ततः माओले सामन्तवाद र साम्राज्यवादका दुईवटा पहाडका विरुद्ध संघर्ष गर्नु पर्छ र त्यसलाई परास्त गरेर नयाँ जनवादी गणतन्त्रात्मक सत्ता स्थापना गर्नु पर्छ भनेर भन्नु भयो । आखिरी त्यही सत्य सावित भयो । दोश्रो राजतन्त्र रहने वित्तिकै सामन्तवाद भैहाल्ने र राजतन्त्र समाप्त हुने वित्तिकै पूँजीवाद भइहाल्ने भन्ने तर्क गलत छ । किनकि बेलायत, जापान लगायत विश्वका कतिपय मुलुकमा राजतन्त्र छ के त्यहाँ सामन्तवादी सत्ता छ त ? त्यहाँ छैन । त्यसैले सामन्तवाद तयार पारेको आर्थिक आधार, साँस्कृतिक आधार, सामाजिक आधार, उत्पादन प्रणालीका आधारहरु हुन् र त्यसको वितरण प्रणालीको प्र्रश्न हो । त्यसैले नेपालमा राजतन्त्रात्मक शासन प्रणाली समाप्त भयो त्यो सत्य हो । तर राज्यसत्ता न त सर्वहारावर्गको हातमा आयो न त स्वतन्त्र राष्ट्रिय पुँजीपति वर्गको हातमा नै आएको छ । राज्यसत्ता विस्तारवादका दलालहरुको हातमा गयो । यो वास्तविक तथ्यलाई छोप्नु हुँदैन । राज्यसत्ता दलालहरुको छ भने आर्थिक, सामाजिक, साँस्कृतिकदेखि उत्पादन प्रणाली र वितरण प्रणालीमा खासै फरब परेको छैन । त्यसैले यतिबेला सामन्तवादी उत्पीडन तथा नव उपनिवेशिक उत्पीडन कायमै छ । यदि पुँजीवाद आएको थियो भने देशमा उद्योग कलकारखानाको विकास र कृषिमा आधुनिकीकरण हुनुपथ्र्यो । त्यो कहाँ भएको छ । बरु भएको के चैं हो भने नवउपनिवेशको पल्ला भारी भएको चाहीँ सत्य हो ।

अन्त्यमा

देशमा अहिले पनि सामन्तवाद र नवउपनिवेश कायमै छ तसर्थ नेपालमा पुँजीवाद आयो भन्नु केवल भ्रम मात्र हो । आर्थिक विकासको कुरा गर्नु केवल आफ्नो कमजोरीको ढाकछोप गर्न दिइएको नारा मात्र हो । यी सवै तथ्यका आधारमा नेपालमा गरिने क्रान्ति भनेको अहिले पनि नयाँ जनवादी क्रान्ति हो । उक्त क्रान्तिले एकातिर सामन्तवादलाई परास्त गर्नु छ भने अर्को साम्राज्यवादलाई परास्त गर्नु छ । तब मात्र देशमा नयाँ जनवादी सत्ता स्थापना गर्न सम्भव हुन्छ र त्यसले मात्र राष्ट्रिय उद्योगको विकास गर्छ । तब समाजवाद हुँदै साम्यवादमा अगाडी बढ्ने ढोका खोल्छ । यो वास्तविकतालाई लुकाउनु भनेको सर्वहारावर्गको, उत्पीडित वर्गको सेवा होइन, घुमाई फिराई प्रतिक्रियावादी वर्गको सेवा गर्नु हुन्छ । त्यस्तो भ्रममा केही सच्चा देशभक्त परिवर्तनकामी शक्ति पर्नु हुँदैन । आग्रह, पूर्वाग्रह र आफ्नो तात्कालिन फाइदालाई हेरेर होइन देश, जनतालाई केन्द्रविन्दुमा  राखेर सोचौँ । यही नै सच्चा क्रान्तिकारीहरुको वास्तविक पहिचान हो ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive