newsone

गहुँ उत्पादनमा वृद्धि

newstwo गहुँ उत्पादनमा वृद्धि

लहान ।  सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।
जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । गत वर्ष भने प्रतिहेक्टर २ मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । 
यस वर्ष उन्नत जातको बीउ वितरण गरिएको, समयमै वर्षा भएको र रोगकीराको 
प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको जनाइएको छ । रासस

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive