newsone

शेयर ब्रोकरहरु नियमानुसार कर तिर्न तयार,

newstwo शेयर ब्रोकरहरु नियमानुसार कर तिर्न तयार,

काठमाडौं । शेयर दलाल कम्पनीहरु नियमानुसारको मुल्य अभिबृद्धि कर (भ्याट) तिर्न तयार भएका छन् । तर यसको लागि राज्यले नीति, नियम र आवश्यकता अनुसारको निर्देशिका तथा कार्यविधि बनाएर कसरी भ्याट उठाउने र यसरी तिर्ने भन्ने स्पष्ट हुनुपर्ने ब्यवसायीको दावी रहेको छ । 

नेपालको पुँजी बजार विगत दुई हप्ता देखि उतारचढावमा देखिएको छ ।  धितोपत्र दलाल ब्यवसायीलाई सेयर कारोबारमा मुल्य अभिबृद्धि कर (भ्याट) लगाउने कि नलगाउने भन्ने विवाद भएपछि पुँजी बजारमा धेरै नै उतार चढावहरु देखिएका हुन् ।

पछिल्लो पटक महालेखाले बेरुजु देखाउँदै ४ वर्ष देखि यताको भ्याट रकम असुल गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएसंगै चार वर्ष देखिको रकम असुल गर्न अर्थ मन्त्रलाय, राजश्व विभागले दुईवटा दालल कम्पनीलाई पत्राचार गर्दै भ्याट भुक्तान गर्न आग्रह गरेपछि दालाल कम्पनीहरु कारोवार ठप्प पारी आन्दोलनमा उत्रिएका थिए ।

दलाल कम्पनीहरुले यसअघि भ्याट नउठाइएको कारणले तिर्न नसकिने भन्दै विरोध गरेका थिए । तथापी धितोपत्र ब्यवसायीको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कर तिर्न तयार भएपनि नियम र कानुनको अभाबमा तत्काल यो संभब नभएको बताउँदै आएको छ । 

शेयर दलाल कम्पनीहरुले मूल्य अभिबृद्धि कर (भ्याट) उठाउने सरकारी निर्णयको विरोध गर्दै एक दिन कारोवार बन्द समेत गरेकोमा पछि विज्ञप्ती निकाल्दै उनीहरुले कारोबार सुचारु गरेका हुन् । विज्ञप्ती अनुसार एसोसिएसन र राजश्व सचिवबिच असार १६ गते सुक्रबार भएको बार्तामा ब्यवसायीहरुको समस्या समाधान गर्ने सहमती भएसँगै शेयर बजार खुलाइएको थियो । नियामक निकायले समेत र बजार सञ्चालकहरले अविलम्ब बजार खोल्न निर्देशन दिएसँगै बजार खुलेको हो ।

नेप्सेले दोश्रो बजारको कारोवार गर्दा शेयर दालाल कम्पनी मार्फत नै कारोवार गर्नुपर्ने र स्वयं दलाल कम्पनीहरु आन्दोलनमा उत्रिनु अन्र्तराष्ट्रिय मान्यता विपरित भएको भन्दै विहिबारनै विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको थियो ।

अहिले नेपालको शेयर बजार ग्रोइङ फेजमा रहेकोले यस्को विस्तारको लागि धेरै नै काम गर्न बाँकी छ । विकासउन्मुख बजारलाई अगाडी बढाउन पहल कदमी गर्नु पर्नेमा हड्तालमा उत्रिएमा बजार तहसनहस हुनजान्छ । 

शेयर बजारमा छिटो भन्दा छिटो अनललाईन ट्रेडिङ्गमा जानुको विकल्प रहेको छैन । अनलाईन टेडिङ भएमा मात्र बजारले ब्यापकता पाउँछ ।  पुँजी बजार सुधार गर्नको लागि वैदेशिक लगानीलाई पनि खुल्ला राख्नु पर्दछ । यदि विदेशीहरुलाई दिनै सकिँदैन भने एनआएन नेपालीहरुलाई भने जतिसक्दो छिटो शेयर बजारमा ल्याउनै पर्दछ । यसो गर्न किएमा मात्र बजार बृद्धिको संभावना प्रबल हुन्छ । 

यसको अलाबा रियल सेक्टरका कम्पनीहरुलाई शेयर बजारमा ल्याउन सक्नु पर्दछ । अहिले बैंक एवं वित्तिय संस्थाको मात्र दबदवा शेयरबजारमा देख्न सकिन्छ । सँधैभर बैंकिङ्ग सेक्टरलाई मात्र लिएर शेयर बजारको ग्रोथ हुन गाह्रो छ । 

यसको साथै पुँजी बजारलाई आम जनतासम्म पु¥याउनु पर्दछ । जति धेरै जनतासामु शेयरको बारेमा बुझाउन सकिन्छ त्यति नै मात्रामा शेयरबजारमा बृद्धि हुन पुग्छ । यसको लागि  सरोकार निकाय धितोपत्र वार्ड, धितोपत्र बजार लगायतले जन चेतना बढाउने कार्यक्रम ल्याउन पर्दछ ।

बैंकहरुलाई शेयर कारोवार अनुमति लाइसेन्स दिन ढिलाई :
शेयर दलाल कम्पनीहरुले कारोबार नै ठप्प पारी आन्दोलन गरेर अन्र्तराष्ट्रिय मर्यादा विसिएकोइनन आम सर्वसाधारण लगानीकर्ताहरुलाई दोश्रो बजार मार्फत लगानी गर्न पाउने हक समेत कुण्ठित भैसकेको छ । ब्रोकर एसोसिएसनको संगठित रुपमै विरोधपछि सरकार समेत निरिह बनेको यथार्थ हो ।

धितोपत्र वोर्ड र नेप्से टुलुटुलु हेरेर मात्र वस्ने कि अव बैंकहरुलाई पनि शेयर कारोवारको लाइसेन्स दिने आबाज उठीसकेको छ । ब्रोकरहरुको मनोमानीको अन्य गर्न बाणिज्य बैंकहरुलाई शेयर कारोवारको अनुमति दिनु नै अहिलेको आवश्यकता हो । धेरै ब्रोकर भएपनि उनीहरुले संगठित रुपमा मोनोपोली ब्यापार गरिरहेको आभाष भईरहेको परिप्रेक्षमा हड्तालमा नै उत्रिएपछि नियामक निकायले उनीहरुको विकल्प पनि बेलैमा सोच्नु पर्छ । 

बाणिज्य बैंकलाई शेयर कारोबार अनुमति दिन आलटाल गरिंदै आएको छ । शेयर बजार सुधार गर्ने सम्बन्धमा धितोपत्र बोर्ड सकारात्म रुपमा देखिएतापनि बर्तमान अवस्थामा शेयर दलाल कम्पनीहरुको एकाधिकारको अन्त्य गरी आम सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा कारोवार गर्न जवसम्म बैंकहरुलाई अनुमति दिईदैन तबसम्म बजारमा अपेक्षित सुधार हुन सक्दैन । यसको लागि नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई समेत शेयर दलालको कार्य गर्ने गरी आवश्यक ब्यवस्था मिलाउन जरुरी देखिन्छ । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा बैंङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनले समेत बैंकहरुलाई शेयर कारोवारको अनुमति दिन कुनै पनि प्रकारको रोक नलगाएको र नेपाल राष्ट्र बैंकले नेपाल धितोपत्र वोर्डसंग आवश्यक सुझाब समेत मागेको छ ।

सोही सिलसिलमा कार्यदल समेत बनाई कार्यदलले प्रतिवेदनको सुझाबको आधारमा बैंक तथा वित्तिय संस्थाले पनि शेयर दलालको काम गर्न पाउने सन्दर्भमा अन्र्तराष्ट्रिय अभ्यास समेतको अध्ययन गरी बैंकहरुलाई सहायक कम्पनी मार्फत काम गर्न दिने गरी लाइसेन्स दिन सकिने सुझाब दिएको थियो । धितोपत्र बोर्ड सकारात्मक हुँदा हुँदै पनि शेयर दलालहरु संगठित रुपमै बैंकहरुलाई लाईसेन्स नदिन दबाव दिएकोले कार्यान्वयनमा आउन नसकेको हो । 

अहिले नै बैैंकहरुले धितोपत्र निस्कासन गर्ने, शेयर वाँडफाँड गर्ने, डिम्याट खाता खोल्ने सर्वसाधारणहरुलाई सुविधा दिंदै आएको छ भने सर्वसाधारण लगानीकर्ताहरुले बैंकहरुमा खाता खोली आस्वा मार्फत आइपीओ एफपियोको आवदेन दिने लगायतका सुविधा समेत एउटै बैंकवाट लिंदै आएका छन् । 

पछिल्लो अवस्थामा शेयर कारोवार राजधानी केन्द्रित मात्र भयो भनेर आवाज आउन थालेपछि शेयर दलाल कम्पनीहरुले नै राजधानी वाहिरको मुख्य शहरहरुमा शाखा खोली कारोवार गर्न थालिसकेका छन् । तर बजार ब्यवस्थित गर्नको लागि यति मात्रले पुग्दैन । शेयर बजारको दिगो विकासको लागि बैंकहरुलाई शेयर कारोवारको लाइसेन्स दिन जरुरी देखिन्छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive