newsone

किन शारदा अधिकारीमाथि मात्र प्रहार ?

newstwo किन शारदा अधिकारीमाथि मात्र प्रहार ?

काठमाडौं । तोकेकै समयमा काम नसक्ने र कमसल काम गर्ने निर्माण व्यवसायीहमाथि कार्वाही गर्ने गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को भनाइपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डका घरबेटी रहेका निर्माण व्यवसायी शारदा अधिकारीलाई कार्वाही गर्नुपर्छ भनेर एकथरि मिडियाले एकोहोरो लबिङ नै गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डले मेरै घरबेटी भए पनि गलत काम गरेको हो भने कार्वाही हुन्छ भनेर बताइसकेका छन् भने गृहमन्त्री वादलले पनि शारदा अधिकारी दोषी ठहरिए कार्वाही गर्ने बताइसकेका छन् । 

शारदा अधिकारी प्रचण्डका घरबेटीमात्र हुन । उनी देशको कुनै लाभको पदमा बसेका, नीति निर्माण गर्ने सांसद्, मन्त्री होइनन् । देशका कुनै प्रभावशाली नेताको घरबेटी हुनुमात्र उनको बढी अपराध हो र ?  

निर्माण व्यवसाय गर्दा उनले गल्ती/कमजोरी गरेका हुनसक्छन । त्यसो हो भने उनले राज्यलाई सफाइ दिने अवसर पाउलान । नसके कार्वाही भोग्लान । होे, उनले अध्यक्ष प्रचण्डको घरबेटीकै आधारमा बच्न पाउँदैनन्, पाउनु हुँदैन । उनले किन र के कारणले काम ढिलो गरेको हो भन्नेबारेमा सफाइ दिने अधिकार राज्यले दिन्छ र दिनु पनि पर्छ । प्रचण्डसँग पहुँच रहेको, उनीसँग राम्रो सम्बन्ध रहेको, प्रचण्डलाई डेरा दिएकै आधारमा उनलाई कार्वाही गर्नुपर्छ, यदि उनलाई गृहमन्त्रीले तत्काल कार्वाही नगरे उनकै असफलताको रुपमा लिने गरी जसरी समाचार कतिपय मिडियाबाट प्रस्तुत गरिएको छ यो भने पूर्वाग्रहपूर्ण देखिएको छ । 

संघीय समाजवादी फोरमका सांसद् समेत रहेका निर्माण व्यवसायी हरिनारायण रौनियारको गल्ती धेरै भेटिएको छ । तर, उनको बारेमा मिडियामा खासै चर्चा छैन । नेपाली कांग्रेसका सांसद् जिप छिरिङ लामाको ठेक्कामा पनि थुप्रै गल्ती भेटिएको छ । पूर्वमन्त्री भइसकेका बिक्रम पाण्डेको पनि कतिपय ठाउँमा त्रुटी भेटिएको छ । 

राष्ट्रको नीति निर्माण गर्ने थलोमा बसिसकेका र बसिरहेकाहरुको बारेमा भन्दा शारदा अधिकारीका बारेमा मात्र चर्चा गर्नुले सरकार र गृहमन्त्रीको रणनीतिक कदमलाई विषयान्तर गर्ने र अनावश्यक अन्तरविरोध पैदा गर्ने, समाजलाई जुधाउने काम कतिपयले मिडियाले गरिरहेको स्पष्ट हुन्छ । शारदाले गरेको गल्ती भन्दा राज्यका प्रतिनिधिले गर्ने गल्ती बढी हो । यसको अर्थ गल्ती गरेको हो भने शारदा अधिकारीहरु पनि बच्न हुँदैन । तर, लगातार शारदा अधिकारी मात्र दोषी हो, गृहमन्त्रीले प्रचण्डको घरबेटी भएकाले थुन्न सक्तैनन् भनेर उत्तेजित रुपमा प्रचार गर्नु भनेको व्यक्तिमाथि पूर्वाग्रह हो । राज्य, सरकारले व्यक्ति हेरेर कार्वाही गर्दैन र गर्नु पनि हुँदैन । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive