newsone

फरार भए सिलवाल, किर्ते प्रकरणमा एसपी विश्व पोखरेल पनि तानिदै

newstwo फरार भए सिलवाल, किर्ते प्रकरणमा एसपी विश्व पोखरेल पनि तानिदै

काठमाडौं । सांसद बनेसँगै मन्त्री त्यो पनि नभए कम्तिमा राज्यमन्त्रीसम्म बन्ने दौडमा लागेका ललितपुर क्षेत्र नम्बर १ का सांसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल फरार भएका छन् । प्रहरीले पक्राउ पूर्जी जारी गर्ने सूचना पाउनासाथ सिलवाल मलेसिया गएका हुन् ।

सिलवाल निकट ललितपुर एमालेका एक नेताले भने ‘उहाँले पहिले नै पक्राउ पूर्जी जारी हुने संकेत प्राप्त गर्नुभएको थियो, त्यसैले मलेसिया जानु भएको हो’ । तर ललितपुर एमालेका प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सिनाले भने सिलवाल पूर्व निर्धारित कार्यक्रममा भाग लिन मलेसिया गएको दाबी गरेका छन् । स्रोतका अनुसार सरकार गठन नभएसम्म सिलवाल मलेसियामै रहने छन्, । सरकार गठनपछि मात्र स्वदेश फर्किने उनको तयारी छ । यहाँको राजनीतिक वातावरण हेरेर मात्रै सिलवाल हवाई मार्गबाट नभई स्थलमार्गबाट स्वदेश आउनसक्ने स्रोतले वतायो । ‘सुरुमै त सांसदहरुको सपथमा उहाँ सहभागी नहुने निश्चित जस्तै छ, पछि उपयुक्त वातावरण बन्ने र सपथ लिने गरी फर्किने मनस्थितिमा हुनुहुन्छ ’,सिलवाल निकट एमाले ललितपुरका एक नेताले प्रकाशलाई भने ।

ललितपुरबाट एमालेका सांसद पूर्व डीआईजी सिलवाललाई तत्काल पक्राउ गरी उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई पत्राचार गरेको छ । उनीमाथि सरकारी कागजात किर्ते गरेको आरोप छ । कागजात किर्ते सम्बन्धी मुद्दामा अनुसन्धानको सिलसिलामा सोधपुछ गर्नका लागि सिलवाललाई पक्राउ गरी उपस्थित गराउन भन्दै ललितपुर प्रहरीलाई पत्राचार गरिएको हो । आईजीपी बन्नकै लागि कार्यसम्पादन मूल्याङ्कन किर्ते गरी पेस गरेको ठहर गर्दै सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएपछि सिलवाल संकटमा फसेका छन् । सरकारी कागजात किर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएको हुँदा ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ४ वतन भएका झपटबहादुर सिलवालका नाति दिलबहादुर सिलवालका छोरा वर्ष ५५ का भुपू प्र।ना।म।नि नवराज सिलवाललाई पक्राउ गरी उपस्थिति गराउनु भनि पत्रमा भनिएको छ ।

प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्ने देखिएपछि सिलवाल स्वदेशमै लुक्नु भन्दा विदेश सुरक्षित ठह¥याउँदै मलेसियातिर लागेको वताइएको छ । यता प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला सिलवाल फरार भएसँगै उनले एमाले अध्यक्ष केपी ओली र पूर्व प्रधानन्यायधीश सुशीला कार्कीलाई समेत लामो समयदेखि गुमराहमा राखेका त थिएनन् भन्ने प्रश्न उठेको छ ।

ललितपुर प्रहरीले मंगलबार साँझ पत्र प्राप्त भएसँगै सिलवालको खोजी भइरहेको जनाएको छ । नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको सपथ लिन बाँकी नै रहेको अवस्थामा सिलवाललाई पक्राउ गर्न सजिलो हुने बुझेको प्रहरी पनि सक्रिय बनेको छ । उनलाई पक्राउ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइजीपी प्रकाश अर्याललाई बालुवाटारमै बोलाएर दबाब दिएका थिए । पक्राउ परिहालेको अवस्थामा सिलवालको सांसद पद त जाने छैन तर उनले मुद्दाको अन्तिम किनारा नलागेसम्म सपथ लिन पाउने अवस्था पनि बन्ने छैन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७३ साल फागुन ११ गते तत्कालीन डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि बरियतामा आफु नै पहिलो नम्बरमा रहेको भन्दै सिलवालले सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले लोकसेवा आयोगको समेत फाइल मगाएर कार्यसम्पादन मूल्याङ्कन हेरेर वरियताका आधारमा आईजीपी नियुक्त गर्न आदेश दिएको थियो । तर, कार्यसम्पादन मुल्यांकनमा सिलवालको दाबी गलत ठहरियो र प्रकाश अर्याल आईजीपी नियुक्त भए । त्यसपछि पनि आफू नै पहिलो वरियतामा रहेको भन्दै सिलवाल फेरि सर्वोच्च गए । तर रिटसँगै सिलवालले प्रमाण भनि पेश गरेको कार्यसम्पादन मूल्याङ्कनको प्रतिलिपिसमेत किर्ते भेटियो र उनलाई कारवाही गर्न सर्वोच्चले आदेश दियो । प्रधानन्यायाधीय गोपाल पराजुलीसहितको पूर्ण इजलासले कार्यसम्पादन मूल्याङ्कन हेर्दा रिट निवेदक सिलवालले माग गरेबमोजिम उनलाई आईजीपी पदमा नियुक्ति दिनु भन्ने आदेश दिन मिल्ने आधार नदेखिएको भन्दै रिट नै खारेज गरिदियो । अदालतको आदेशपछि सिलवालमाथि कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको अभियोगमा अनुसन्धान सुरु भएको हो ।

यसैबीच, सिलवाल प्रकरणमा नेपाल प्रहरीका अन्य केही उच्च अधिकारीहरु समेत अनुसन्धानको घेरामा परेको वताइएको छ । स्रोतका अनुसार एसपी विश्व पोखरेल लगायतका अधिकारीहरु अनुसन्धानमा तानिने भएका छन् । सिलवालले सर्वोच्चमा पेश गरेको कार्यसम्पादन मुल्यांकन बनाइएको बखत एसपी पोखरेल एसपी पोखरेल प्रशासन शाखाको प्रमुख थिए । सोही कारण उनलाई अनुसन्धानको दायरामा ल्याउने तयारी भएको स्रोतले उल्लेख गरेको छ । नेपाल प्रहरीले यसअघि नै डिआइजी विजय भट्ट संयोजक र एसएसपी सर्वेन्द्र खनाल समेत सदस्य रहेको छानवीन समिति बनाएको थियो । सो समितिले पनि कार्यसम्पादन प्रकरणमा किर्ते भएको प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिवेदन अनुसारै सर्वोच्चको आदेश आएकाले यो प्रकरणलाई थप रहस्यमय बनाइदिएको छ । प्रकाश साप्ताहिकबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive