newsone

आजबाट फुटबल महासंग्राम, यसरी बढ्दैछ विश्वकप नशा

newstwo आजबाट फुटबल महासंग्राम, यसरी बढ्दैछ विश्वकप नशा

३१ जेठ, काठमाडौं । विश्व कप फुटबल महासंग्राम नेपाली समय अनुसार आज राति ८।४५ बजेदेखि रसियामा सुरु हुँदैछ । फूटबल खेलप्रेमीहरुको लागी विश्वकपको नशाले ढपक्कै ढाकेको छ । ३२ देश सहभागी २१ औं संस्करणको यस विश्वकप फुटबलको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा हुनेछ ।

सुरुवाती खेलमा रसिया र साउदी अरेबिया बीच भीडन्त हुनेछ । कुल ३२ टिमबीच उपाधिका लागि १ महिनासम्म प्रतिस्पर्धा हुनेछ । ४ वर्षको अन्तरालमा आयोजना हुने यो प्रतियोगिताले विश्व विजेता चयन गर्नेछ । यतिबेला आगामी ४ वर्षका लागि विश्व विजेता बन्ने अठोट सहित ३२ देशबाट ७३६ खेलाडी पनि रसिया पुगिसकेका छन् । 
 
आयोजक देश रसियाले विश्वकपका लागि सबै तयारी पूरा भएको जनाएको छ भने उस्ले उद्घाटन समारोह अविस्मरणीय बनाउने तयारी गर्दैछ । उद्घाटन समारोह आधा घन्टा चल्नेछ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने यस समारोह आधा घण्टा चल्नेछ । त्यस लगत्तै ८।४५ बजेबाट रसिया र साउदी अरेबिया बीच खेल सुरु हुँदैछ ।
 
कुल ३२ वटा टिमलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा रहेका ४ टिम मध्ये २ टिम अन्तिम १६ मा पुग्नेछन् । विश्वकपमा समूह चरण, क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ वटा खेल हुनेछन् । जसमा फाइनल विजेताले ३ करोड ८० लाख अमेरिकी डलर र ट्रफी हात पार्नेछ भने पुनः ४ बर्ष पछि कतर वर्डकपमा भेट हुनेगरी महासंग्राम अलप हुनेछ । 
 
नेपालमा विश्व कपको रौनक 
 
फुटबलको महासंग्राम रसियामा सुरु हुँदै गर्द यतिबेला नेपालमा पनि विश्व कप रौनक ह्वात्तै बढेको छ । सबैले आफूलाई मन पर्ने फुटबल टिमको समर्थन गर्दै जर्सी लगाउने होडबाजी नै चलि सकेको छ । केटाकेटीदेखि बूढाबूढीहरु पनि आफ्नो मन पर्ने देशको जर्सी लगाएर सडकमा हिंडिरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा पनि यसले व्यापकता पाएको छ ।

जसकारण विभिन्न देशका फुटबल टिमका जर्सीहरुको बिक्री पनि अत्याधिक भइरहेको छ । नेपालमा अधिकांश फुटबल प्रेमीहरुले अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, पोर्चुगल र इङ्ल्याण्डलाई समर्थन गर्दै ती देशहरुको जर्सी लगाएको देख्न सकिन्छ ।  गर्ने होइन त तपाईले पनि आफूलाई मनपर्ने टीमको समर्थन ?

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive