newsone

टिपरको ठक्करबाट महिलाको मृत्यु 

newstwo टिपरको ठक्करबाट महिलाको मृत्यु 

काठमाडौं । राजधानीको जडिबुटीमा टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

बिएन्डबी अस्पतालले दुर्घटनामा गम्भीर घाइते भएकी अस्मिता भण्डारीलाई साढे १२ बजे मृत घोषणा गरेको थियो । काभ्रे स्यामपाटीकी भण्डारी स्कुटरको पछाडि बसेकी थिइन् । 

बिहान साढे ११ बजे बा ४ ख ३५५८ नम्बरको टिप्परले बा ७० प ९३९९ न स्कुटरलाई ठक्कर दिँदा स्कुटर सडकमा लडेको थियो। स्कुटर चालकको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। टिप्पर चालक पृथ्वीनारायण नापितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पहरी उपरीक्षक जोशीका अनुसार सिन्धुपाल्चोकबाट बालुवा लिएर आउँदै गरेको टिप्परलाई स्कुटरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो।  ठक्कर दिएपछि लडेको स्कुटरलाई ब्याक गरेर किचेको आरोपमा आक्रोशित सर्वसाधरणले टिप्परमा आगजनी गरेका छन्।

बीएन्डबी अस्पताल इमर्जेन्सी विभागका अनुसार मृतक भण्डारीका पति अशेष भण्डारी भने खतरामुक्त छन्। उनको बीएन्डबी अस्पतालमै उपचार भइरहेको छ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive