newsone

एसएलसी पूरक अर्थात् स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक

newstwo एसएलसी पूरक अर्थात् स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक

भदौ १५, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार साँझ प्रवेशिका एसएलसी पूरक अर्थात् स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षामा ६७ हजार ३३ जना परीक्षार्थीको स्तरबृद्धि भएको जानकारी दिए ।

४० जनाको नतिजा भने स्थगित गरिएको छ ।

परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थीमात्रै सहभागी भएका थिए ।

कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सन्चालन गरेको थियो ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive