newsone

थाइल्याण्डको गुफामा फसेका छ बालकको उद्धार

newstwo थाइल्याण्डको गुफामा फसेका छ बालकको उद्धार

२४ असार, माए साय, थाइल्याण्ड ।  थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् । 

शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए । त्यसपछि अन्य चार जनालाई गुफाबाट बाहिर आउन सफल भएका थिए । उनीहरू सवैलाई उपचारका लागि अस्पताल पठाइएको छ । 

छ वालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ, रक्षा मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताए । बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले जनाएको छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive