newsone

विदेशी भूमिबाट नेपालका राजनीतिक दलहरुलाई चिठी

newstwo विदेशी भूमिबाट नेपालका राजनीतिक दलहरुलाई चिठी

नेपालमा बर्षेनी करीब छ देखि सात लाख युवा युवतीहरू देश छोडेर अर्को देशमा कमाउनको लागि जाने गर्दछन । सायद यो कुरा नेपालका राजनीतिक दलहरुलाई अवगत नै होला । आफ्नो देशमा राजनैतिक  दलहरुको खिचातानीले सोचे जस्तो राम्रो काम नपाएर, परिवारिक जिम्मेवारी अथवा भनौ मिहेनत अनुसार कमाई नहुनाले युवाहरू बैदेशिक रोजगार तिर आकर्षित हुँदै गएका छन । त्यतिमात्र होइन पढेलेखेका युवाहरु पनि खाडीको ५० डिग्री तापक्रममा विवश छन् । मध्यम वर्गका युवा युवतीहरु स्वदेशको पढाईलाई लत्याउँदै विद्यार्थी भिषामा विदेशतिर होम्मिएका छन  । 

बिदेशिएका युवाहरू मध्ये ७० प्रतिशत तराईबासी खाडी मुलुकलगायत मलेसियामा खटिएका छन भने बाँकी युवाहरु युरोप, अमेरिका, अष्ट्रलियातिर गएका छन  । यसरी विदेशीएका युवा युवतीहरुमध्ये ७५ प्रतिशत माध्यमिक शिक्षा भन्दा कम पढ़े-लेखेका हुन्छन भने ६३ प्रतिशत अदक्ष, १४ प्रतिशत अर्धदक्ष, १२ प्रतिशत प्राविधिक तालीम हासिल गरेका र एक प्रतिशत उच्च दक्षता प्राप्त गरेका युवा युवतीहरू बिदेश गई राखेका छन । 

भनिन्छ अहिले गाउँघरतिर विहेमा जन्त जाने र मर्दा मलामी जाने युवाहरुको खाँचो भइसकेको छ । नेपाल यस्तो अवस्थामा आइपुग्नु भनेको डरलाग्दो स्थितिको संकेत हो । गाउँघरमा पढेलेखेका युवाहरु नभएको कारणले गर्दा विदेशबाट पठाएको रकमको सहि सदुपयोग हुन सकिरहेको छैन । हाम्रो देशको अर्थतन्त्रको ठूलो हिस्सा रेमिटान्सको भरमा चलेको हामीले पढिरहेका छौं । नेपालको सरकार र यहाँका राजनीतिक दलहरुले यसमा लज्जा महसुस गर्नु पर्ने हो । तर त्यसो गरिरहेको हामीलाई महसुस भइरहेको छैन । 

हाम्रा युवाहरू सक्षम भएता पनि बिदेशमा आफ्नो कला, साहस प्रदर्शन गर्न नसक्नाले क्षमता विपरीत कार्य गर्नुमा बाध्य भएका छन । फलस्वरूप रोजगारमा आत्म सन्तुष्टि पाएका छैनन ।

सरकारले युवाहरुलाई रोजगार व्यवस्थापन गर्न गराउन तिर ध्यान दिएन भने निकट  भविष्यमा नै  समाजिक, आर्थिक  द्वन्द उत्पन्न हुनुको साथै विभिन्न विकृति विसंगतीहरु जन्मन्छन र राष्ट्र नै पूर्णतः परनिर्भर हुन पुग्दछ । यस बिषयमा राष्ट्रिय स्तर ब्यापक रूपले बहस हुन जरूरी छ।

युवाहरूलाई स्थानीय स्रोत साधनमा आधारित रहेर ग्रामीण उद्योग तथा ग्रामीण रोजगारको व्यवस्थापन गर्नु  उनिहरुको योग्यताको अधारमा रोजगारी सृजना गर्नु वाहेक अरु कुनै बिकल्प छैन। युवाहरू बिदेसिदै जाँदा हाम्रो अर्थतन्त्र संकटमा पर्न सकने संकेत भइरहेको छ । 

हालै अर्थमन्त्रालयको तथ्यांक अनुसार गत वर्ष ब्यापार घाटा ९ खर्ब ९ अर्व रुपैया पुगेको छ । हाम्रा छिमेकी मुकुकहरूले हामी भन्दा पछि स्वतन्त्र भएता पनि हाम्रो देशको अर्त्तन्त्र भन्दा सयौँ गुणा ठूलो स्तम्भ कोरी बिश्वमा नै धनि देशमा आइरहेका छन ।

रोजगार, व्यापार जस्ता बिषयमा वर्षपिच्छे नयाँ नयाँ नारा र कार्यक्रमहरू सार्वजनिक भएता पनि उपलब्धि भने न्यून रहेको छ । 

नेपालमा स्वरोजगार व्यवस्थापन गर्न, राष्ट्रिय स्तरदेखि नै व्यवहारीक रूपले ब्यापक आह्वान गर्नुपर्छ । जनतालाई ग्रामीण स्तरमा उद्योगहरू संचालन गर्न सहजता प्रदान गर्नु पर्दछ । सीपमुलक तालिमहरू दिने माहौल बनाउनु पर्छ । स्थानीय स्रोतहरूलाई उपयोग गर्न युवाहरुले पहिचान गर्नु पर्दछ । आत्मनिर्भर, स्वावलम्बी बनाउनको लागि स्वयम जनताहरुले लगानी गर्ने वातावरण सिर्जन ागर्न सक्नु पर्दछ ।

राम्रो जनचेतना जगायौ भने खास गरी विद्यार्थी भिषामा आउने युवायुवतीहरुको पैसाले स्थानिय स्तरमै राम्रो उद्योग संचालन गर्न सकिन्छ । नेपालमा लगानीकर्ताहरूको कमी छैन । गाउँ घरमा चाररपांच लाख लगानी गर्नु कुनै ठूलो कुरा होइन । लगानी गरेर नै सामूहिक औद्योगिक रोजगारको सृजना हुन्छ। बिकसित मुलुकहरुमा ठूलो लगानी गर्न सक्नेहरुको संख्या बढ़ी हुनाले नै उनीहरुको आर्थिक स्थितिमा सुधार आएको छ । हामी उनीहरूको ग्राहक बन्न विवश भएका छौं ।

त्यसकारण नेपालका राजनितिक दलहरुले युवाहरुलाई राजनीतिका कुरा सिकाउनुको साटो विकासको कुरा सिकाउनु र राज्यले उनीहरुला्ई प्रोत्साहान गर्दै गयो भने हाम्रो सुन्दर देश विकास हुन बेर लाग्ने छैन । किनकी युवाहरु अरुको भुमिमा आएर उनीहरुको देशलार्इ विकास गरेका छन भने आफ्नो देश किन बनाउन सक्दैनन्  रु अवस्य सक्छन । त्यसका लागि राजनीतिक खिचातानी बन्द गर्न जरुरी छ। युवाहरुलाई राजनीतिक दल र नेताहरुका खेताला बनाइराख्ने परिपाटी बन्द गरी देशका नागरिकको रुपमा विकास गर्न जरुरी छ ।

राजनीतिक दलहरु देशको आर्थिक विकास र समृद्धिका कुराहरु गरेर सन्निकट रहेको चुनावमा होमिदैछन् । त्यो सकरात्मक कुरा हो । तर त्यसका लागि युवाहरुको विदेश पलायन रोक्न आकर्षक कार्यक्रम ल्याउन जरुरी छ । यसरी नै युवाहरु विदेश पलायन भइरहे भने आर्थिक विकास र समृद्धिका कुरा कुरामा मात्रै सीमित हुनेछ । दलहरुले युवा पलायन रोक्न र आर्थिक विकासका लागि सँगसँगै योजना बनाउन जरुरी छ । आर्थिक विकासको नारा मात्रै होइन मूर्त कार्यक्रम घोषणा गर् । जनतालाई नठग । यदि तपाईहरुले स्मपष्ट खाका र योजना ल्याएर युवाहरुलाई आर्कषित गर्न सक्नुभयो भने हामी विदेश छोडेर देशकै माटोमा पसिना बगाउन फर्कन तयार छौं । 
 
 दिनेश गौतम 
 युरोप         

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive