newsone

रामेश्वर थापाको माओवादीविरुद्ध अभियान

newstwo रामेश्वर थापाको माओवादीविरुद्ध अभियान

काठमाडौं । विवादास्पद व्यापारी तथा एक ठूलो लगानीका मिडिया मालिक रामेश्वर थापाले नेपाल कम्युस्टि पार्टी (माओवादी केन्द्र) लाई कमजोर बनाउन आफूले केपी ओलीलाई आइडिया दिएर आएको भन्दै माओवादी केन्द्र र यसका खासखास नेताको विरुद्ध प्रायोजित समाचारका लागि सबै ठूला लगानीका मिडिया परिचालन गर्नुपर्ने बताउन थालेका छन् । अहिले एमालेले कांग्रेस र मधेशवादीको भन्दा माओवादी विरुद्ध प्रहार केन्द्रित गर्नुपर्ने उनको मत रहेको छ ।

'नेपाली कांग्रेस र एमाले मिलेर एकपटक माओवादी केन्द्रसहित साना दललाई सिध्याउनु पर्ने, पश्चिमा जस्तै दुई दलीय प्रणालीमा लगेर देशमा स्थिरता कायम गर्नका लागि मिडियाले भूमिका खेल्नुपर्छ’ भन्दै थापाले ‘पहिला माओवादीका प्रयोग गर्न नसकिने नेतालाई प्रहारको निशाना बनाउनुपर्ने, एमालेसँग निकट विचार राख्नेलाई स्थापित गर्ने’ मिशन चलाउन लागिपर्नु पर्छ भन्दै ओलीलाई सुझाएको उनले आफ्ना निकटलाई बताउने गरेका छन् ।

थापाको भनाइ उद्धृत गर्दै स्रोतले बतायो– ‘राष्ट्रियताको कुरा अब धेरै उठाउँदा प्रत्युत्पादक हुन्छ । अब नेपालमा वाम र लोकतान्त्रिक ध्रुवीकरणको कुरा गर्नुपर्छ । दुइटा पार्टी भएपछि मात्र स्थिरता हुन्छ । माओवादी केन्द्रलाई कमजोर पार्न माओवादीबाट फुटेकालाई पनि प्राथमिकता दिनुपर्छ । उनको भनाइलाई भाउ दिनुपर्छ । केन्द्रको निर्वाचनसम्म माओवादी केन्द्रलाई जनमोर्चाको नौ सिटभन्दा तल पार्नुपर्छ ।’

केपी शर्मा ओली र आरजु राणासँग समदूरी सम्बन्ध रहेका अन्नपूर्ण मिडियाका मालिक रामेश्वर थापाले आफ्ना विश्वासिला पत्रकारहरुलाई माओवादी केन्द्रका नेताहरुका विरुद्ध छानीछानी प्रहार गर्न उनले अ¥हाएका छन् । थापा ओलीका विश्वासिला हुन भने आरजुका लगानी साझेदार पनि हुन् । उनले माओवादी केन्द्रका नेताहरुलाई जनतामा विस्थापित गरेर पार्टीलाई कमजोर बनाउन अभियान छेडेका छन् । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive