newsone

निशाना छापका सर्जकलाई ‘भवानी पदमा’ पुरस्कार

newstwo निशाना छापका सर्जकलाई ‘भवानी पदमा’ पुरस्कार

 

दमक । गणतन्त्र नेपालको निशाना छापका सर्जक हिमालय गौतमलाई ‘भवानी पदमा’ पुरस्कारबाट सम्मान गरेकोे छ । 

झापा दमक–१० आमबाडीस्थित गौतम कुल वंश प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उहाँलाई सो पुरस्कारबाट सम्मानित गरेको हो । 

सो पुरस्कारका संरक्षक ८६ वर्षीय पण्डित भवानीप्रसाद गौतमले उहाँलाई पुरस्कार राशि, दोसल्ला र टोपी लगाइदिएर सम्मान गर्नुभएको छ । पुरस्कारको राशि रु १० हजार नगदसहित सम्मानपत्र रहेको छ । 

सर्जक गौतमले गणतन्त्र नेपालको निशाना छाप बनाउनुभएको थियो । त्यस्ता प्रतिभाको सिर्जनालाई थप प्रोत्साहित दिन सो पुरस्कार प्रदान गरिएको पुरस्कारका संस्थापक तोया गौतमले बताउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नारायणप्रसाद गौतम, पंण्डित काशीनाथ हरिप्रया कट्टेल र वाङ्मय प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद कट्टेललगायतले पुरस्कारको विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive