newsone

प्रकाश दाहालको निधन

newstwo प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु भएको नर्भिक अस्पताल स्रोतले प्रारम्भिक जानकारी दिएको छ । केही बेरमा अस्पतालले पत्रकार सम्मेलन गरी त्यसको आधिकारिक जानकारी दिने बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पताल पुगेपछि प्रकास दाहालको मृत्यु बारे अस्पतालले औपचारिक घोषणा गर्ने बताइएको छ ।

लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा उनको मृत्यु भएको प्रारम्भिक जानकारी हामीलाई प्राप्त भएको छ ।

अहिले अस्पतालमा आफन्तहरु जम्मा हुने क्रम बढिरहेको छ । प्रकास दाहाल केही अस्वस्थ भएको बताउँदै प्रचण्डसँग झापा नगई चितवनबाट काठमाडौं फर्किएका थिए । घरमा आमा सीता दाहाल सँगै रहेका प्रकासले शनिवार बेलुका जाउलो खाएर सुतेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले आफूलाई ज्वलो आइरहेको पनि बताइरहेका थिए । ्

सँधैजसो विहान सवेरै उठ्ने प्रकास अबेरसम्म नउठेपछि आमाले बोलाउन गएको तर उनी अचेत अवस्थामा देखेपछि सुरक्षाकर्मीको सहयोगमा उनलाई नर्भिक अस्पताल पु¥याइएको बताइएको छ । नर्भिक अस्पताल पुग्दा उनको मृत्यु भइसकेको अस्पताल स्रोत बताउँछ । 

झापामा रहेका प्रचण्ड काठमाडौं आइपुगेका छन् भने कञ्चनपुरमा रहेकी प्रकाश दाहालकी श्रीमति बिना मगर अहिले नर्भिक अस्पतालमा पुगेकी छन् । उनीसहित आफन्तको अहिले नर्भिक अस्पतालमा रुवाबासी चलेको छ । 

उनका दुई श्रीमती र दुई छोरा छन् ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive