newsone

किसानसँग प्रधानमन्त्रीका कुरा

newstwo किसानसँग प्रधानमन्त्रीका कुरा

भदौ ८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको ध्यान तत्काल राहत पाउने कुरामा केन्द्रित भएको बताएका छन् । बुधबार माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने,‘जनताको ध्यान तत्कालको राहतमा छ, हामीले ठूला सपना देखाउनु भन्दा पनि जनताको जीवनस्तर बदल्न राहत र प्रभावकारी जनसेवामा लाग्न जरुरी छ ।’

प्रधानमन्त्रीले सरकार जनताको जीवन बदल्न प्रयासरत रहेको भन्दै भने, ‘सिंहदरबारमै बसेर जनताको पक्षमा काम गर्ने सोंच छ । सिंहदरबारलाई व्यवस्थित गर्न सकियो भने प्रशासन संयन्त्र र राज्यका अंगहरुलाई जनताको हितमा बदल्न सकिन्छ ।’ प्रधानमन्त्रीले आफूले चुनौतिपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै यसलाई जनता र राष्ट्रको पक्षमा उपयोग गर्ने बताए ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive