newsone

कतारको फुटबल रंगशाला निर्माणमा संलग्न नेपाली युवकको मृत्यु

newstwo कतारको फुटबल रंगशाला निर्माणमा संलग्न नेपाली युवकको मृत्यु

३० साउन, काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ ।

विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ । तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन ।

नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा उल्लेख छ ।

आगामी सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँदैछ र त्यसको तयारी स्वरुप रंगशाला निर्माण तथा स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ । सो काममा नेपाली कामदारहरुको पनि प्रयोग गरिएको छ ।

यस अघि देखि नै नेपाली श्रमिकहरुको कतारमा उचित सुरक्षा सतर्कता नअपनाइएको समाचार आईरहेको थियो । न्यूनतम परिश्रमिक र विना सुरक्षा सतर्कता जोखीमी कामहरु नेपाली श्रमिकहरुले गर्दै आईरहेका थिए । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive