newsone

ओलीको आश्वासन पुँजी बजारमा प्रभावहीन

newstwo ओलीको आश्वासन पुँजी बजारमा प्रभावहीन

काठमाडौं । केही वर्ष यता सेयरबजारमा लगानी तथा यहाँ हुने उतारचढाव हल्ला व्यापक हुँदै गएको छ । झण्डै रु ३० खर्बको कूल गार्हस्थ भएको मुलुकमा रु १५ खर्ब बराबरको पुँजी बजार बनिसकेको छ यस बजारमा लगानीकर्ताले ठूलो रकम लगानी भएकाले पनि हल्लाखल्ला हुने गरेको हो । 

बजारको हल्लाभन्दा पहिला केही तथ्यहरु थाहा पाउन जरुरी हुन्छ । पहिलो यहाँको आर्थिक क्रियाकलापअनुसार हरेक कम्पनीले आर्थिक वर्षको हरेक तीन महिना अर्थात् असोज मसान्त, पुस मसान्त, चैत्र मसान्त र क्लोजिङका रुपमा असार मसान्तसम्मको आर्थिक गतिविधि र प्रगतिको झलक राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक गर्नुपर्ने नियमनकारी निकाय धितोपत्र बोर्डको निर्देशन छ ।

दोस्रो, पुँजी बजारमा तथ्याङ्क महत्वपूर्ण हुन्छ । वर्षेनि करोडौं रुपैयाँ पुँजी बजारमा सूचीकृत हुँदै जान्छ । त्यो पुँजी छरिएर वितरण हुँदै जानु पनि स्वाभाविक हो । सूचीकृत भएर थपिँदै गएको पुँजी पुरानै सदस्यले मात्र होल्ड गर्दै जानु अस्वाभाविक हो । नयाँ सदस्य थपिँदै जानु स्वाभाविक हो । प्राथमिक सेयर निस्कासनमा साना तथा नयाँ लगानीकर्ताको चासोले गर्दा सेयर निस्कासन केन्द्रमा चाप पर्छ ।

तेस्रो, लगानीकर्ताले सेयरमा लगानी गर्छन्, कमाउँछन्, सेयर बढ्याबढ्यै छ भन्ने सुनिन्छ । यसले मध्यम वर्गका सेयर लगानीमा चासोका साथ लागेका छन् । यही फेसनका कारण सातामा १५ करोडको कारोबार हुने पुँजी बजारमा एक अर्बभन्दा बढी कारोबार हुन थालेको हो । यी तीन कारण देखिएका वास्तविकताहरु हुन् ।

नदेखिने तर हाम्रो बजार अरु यथार्थ पाटो लगानीकर्तामा परिपक्वता नहुनु हो । यसका लागि समय लाग्छ । उनीहरु परिपक्व भएर ठूला लगानीकर्ताबाट सुरक्षित हुने तरीका नजान्दा चलखेल गर्ने ठूला लगानीकर्ताले साना लगानीकर्तालाई झुक्याएर डुबाएरै छोड्छन् । ठूलो चलखेल गर्न सक्ने लगानीकर्ता सीमित संख्यामा भए पनि उनीहरु सशक्त हुन्छन् ।

बजारमा हौवा चलाएर, तिकडम मच्चाएर वा केही लगानी गरेर सेयर भाउ बढाएर किनबेच गर्छन् । साना लगानीकर्ता सेयरको भाउ बढ्ने भयो भनेर सेयर खरीदको मोहजालमा पार्छन । बजारमा नेप्से बढ्न थाल्छ । साना लगानीकर्ता किन भाउ बढिरहेको छ, खोजीनीति गर्दैनन् । भाउ बढ्दै जान्छ । ठूला लगानीकर्ता पक्षका विश्लेषक सुधार भएको शब्द प्रयोग गर्दै जान्छन् । 

सिधासाधा लगानीकर्ताले के बुझ्छन् भने बिग्रिसकेको अवस्थाबाट अब पार भयो । अब यसरी नै क्रमशः एकोहोरो रुपमा बढ्दै जानु नै स्वाभाविक रुप हो । अब पैसा हाले फाइदैफाइदा मात्र हुन्छ, नोक्सानी हुन पाउँदैन । यसपछि जब अस्वाभाविक रूपमा बढेको सेयर भाउ धेरै टिक्दैन । स्वाट्टै झर्छ । बजारमा ठूला लगानीकर्ताले गरेको चतु¥याइँका बारेमा फेसनमा लागेका लगानीकर्ता अनभिज्ञ हुन्छन् । 

अनि ठूला लगानीकर्ताले सञ्चारमाध्यममार्फत् भन्ने गर्छन् काँग्रेस सरकार आएर सेयर बढ्यो । वामपन्थी सरकार आउने भएर सेयर घट्यो । यस्ता बजारमा हावादारी हल्ला चलाएर साना लगानीकर्तामाथि ठूला लगानीकर्ताले रजाइँ गरेको ग¥यै छन् । 

पछिल्लो उतारचढावका सन्दर्भमा केही दिन अगाडि नेकपा (एमाले) अध्यक्ष केपी ओलीले भने, ‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर सेयर बजारलाई पनि प्रभावित पार्न खोजिएको छ ।’ उनले थप भने, ‘हाम्रो सरकार बनेपछि अहिलेसम्म भएको अस्तव्यस्तता स्वतः अन्त्य हुनेछ । ओलीले लगानीकर्तालाई त्रसित बनाएर आर्थिक रुपमा देशलाई कमजोर पार्न खोजिएको आरोप लगाए ।

ओलीले ब्रोकरहरुलाई भने, ‘तपाईंहरु सेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धुमिल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ ।’ तर ओलीको आश्वासनले बजार बढ्ने होइन र ढाडस दिँदैमा बजार बढ्ने पनि होइन । पार्टी सिद्धान्तमा बजार चल्दैन । बजारमा दबदवा सिर्जना गर्ने ठूला लगानीकर्ता र दलालको मिलेमतो नै कारक तत्व हो । ती सीमित व्यक्तिबाट बजारलाई मध्यमवर्गीय लगानीकर्ताको नियन्त्रणमा ल्याउन सके बजार स्वाभाविक हुन्छ । अन्यथा हल्ला मात्र हुन्छ । बजारमा फैलाइएका अफवाहहरु मिथ्या हुन् ।

नियोजित हल्ला चलाएर नेप्से माथि र तल पु¥याउन विभिन्न तह र तप्काका लगानीकर्ता लागि परेका छन् । पुँजी बजारका खेलाडीहरु बडो चतुर छन् । हाम्रो पुँजी बजारमा ठूला लगानीकर्ता, इन्भेष्टमेन्ट कम्पनी, ब्रोकर, ठूला घरानाहरु धेरै नै चतुर छन् । उनीहरुको हातमा ब्रोकर छ । सम्बन्धित कम्पनी छ । इन्साइडर न्युज छ । मिडिया छन् । जे जति छन् उनीहरुको हातमा छन् । उनीहरुले सेयर किने भने एउटा वातावरण बन्छ र बेचे भने अर्को वातावरण बन्छ । पुँजी बजारको वातावरण हेरफेर गर्ने शक्ति नै ठूला खेलाडीमा छ । ठूला चतुर खेलाडीको हल्लामा दगुर्ने साना लगानीकर्ताहरु धेरै सोझा छन् । पुँजी बजार यिनै मुठ्ठीभरका व्यक्तिको क्रिडास्थल बनेको छ । उनीहरुले राजनीतिक दलदेखि नीति निर्मातासमेतलाई हातमा लिएका छन् । सोही अनुसार बजारको उतारचढाव हुने गरेको छ ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive