newsone

नेप्सेमा ९.५५ अंकको सुधार

newstwo नेप्सेमा ९.५५ अंकको सुधार

२८ जेठ, काठमाडौं । नेप्से सूचक सोमबार ९.५५ अंकले बढेर १२४१.१९ विन्दुमा पुगेको छ । समग्रमा बजार ०.७८५ ले बढेको हो । कुल १७० कम्पनीको ४४ करोड ३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । ११ लाख ८७ हजार १५२ कित्ता सेयर कारोबार भएका छन् । नेप्सेमा १० वटा समूहका सेयर कारोबार भएकामा ७ वटा समूह माथि लागेका छन् । ३ वटा भने राता देखिएका छन् । सबैभन्दा धेरै बिमा समूह १०२.८ अंकले बढेको छ । 
 
कारोबार रकममा नबिल बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । नबिल संस्थापकको ३ करोड ८५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिभिल बैंक र नेपाल बैंक परेका छन् । 

पछिल्लो समय नेप्सेमा निकै उतारबढावका विच आज बजार सकरात्मक बनेको हो । नेप्से सूचक सकरात्मक हुनुलाई मौद्रिक नीतिले महत्वपूर्ण परिवर्तन ल्याउने सूचना चुहिएको हल्ला चलेको बुझिन्छ ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive