newsone

नेप्से घट्यो, कारोवार रकमबाट सुधारको संकेत

newstwo नेप्से घट्यो, कारोवार रकमबाट सुधारको संकेत

२७ जेठ, काठमाडौं ।  सरकारले पुँजीगत लाभकर विवाद तत्काका लागि साम्य पारे पनि लगानीकर्ताको आत्मविश्वास बढ्न नसकि नेप्से दिनप्रतिदिन घट्दो क्रममा रहेको छ । सूचक तल झरिरहे पनि कारोबार रकम भने तुलनात्मक रुपमा राम्रै देखिएको छ । बजार घट्दो क्रममा रहँदा पनि अपेक्षाकृत रुपमा कारोबार भइरहेकाले क्रेताहरु पनि पर्याप्त रहेको बुझ्न सकिन्छ । 

सरकारको नीतिगत स्पष्टता अझै आइनसकेकोले नेप्से घट्नेक्रम नरोकिएको विश्लेषकहरुले बताउँछन् । अझैपनि हकप्रद र बोनश शेयरमा फेसभ्यालुमा नै आयकर तिर्नुपर्नेहो कि भनेर लगानीकर्ताहरुले ती शेयरहरुको बजारमा प्रबाह बढाएका छन्  । सरकारको नीतिगत स्पष्टता हुन नसक्दा लगानीकर्ताले हैरानी व्यहोर्दै आएका छन् । 
 
नेप्से सूचक आइतबार २५।४३ अंकले घटेर १२३१।६४ विन्दुमा आइपुगेको छ । समग्रमा बजार २।०२५ ले ओरालो लागेको हो । कुल १६२ कम्पनीको ४४ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । यो कारोबार रकम औसतमा राम्रै हो । ११ लाख ७६ हजार ३४ कित्ता सेयर खरिदबिक्री भएका छन् । 
 
कारोबार भएका सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक २१७।२४ अंकले घटेको छ । होटेल समूह ५४।४६ अंक र वाणिज्य बैंक समूहमा १९।२८ अंकको गिरावट आएको छ । कारोबार रकममा मेगा बैंकले अग्रता लिएको छ । मेगाको ४ करोड भन्दा धेरैको सेयर किनबेच भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र नेपाल टेलिकम परेका छन् । 

यतिबेला केही सीमित संख्याका संस्थागत र सामूहिक लगानी कोष बाहेक व्यक्तिगत लगानीकर्ताकै भरमा बजार चलिरहेको छ । शेयर बजारमा शेयरको संख्या थपिंदो अवस्थामा छ भने सोही अनुपातमा लगानीकर्ता भित्रन सकिरहेका छैनन् ।  
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive