newsone

नश्लवादी चिन्तन र निर्वाचन

newstwo नश्लवादी चिन्तन र निर्वाचन

 तारामणि सापकोटा

मधेसी समुदायको बाहुल्यता रहेको दुई नम्बर प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुनै लागेको छ । यसको निर्वाचन परिणामले राजनीतिक कोर्शका धेरैवटा इण्डिकेटर निर्धारण गर्ने सम्भावना रहेको छ । ठूलो दल हुने दावी, संविधानको कार्यान्वयन, मधेसी दलको अस्तित्व संकट, मधेसमा निरासा वा उत्साह लगायतका राजनीतिक कोर्शमा नयाँ आयाम थपिने आँकलन गरिएको छ । 

दुई नम्बर प्रदेशमा कांग्रेस, एमाले, माओवादी र मधेसी दलले सबैभन्दा ठूलो हुने दावी गर्दै आएका छन् । स्थानीय तहको अहिलेसम्मको निर्वाचन परिणामले एमाले ठूलो दल बनेको छ । त्यसलाई रोक्न नेपाली कांग्रेसले मधेसमा एक सय जति सिटमा जित्नुपर्ने बाध्यता छ । कांग्रेसले त्यही एक सय सिटको दावी गर्दै आए पनि त्यो सम्भावना कम देखिएको छ । 

नेकपा एमाले अध्यक्ष केपी ओलीले दुई नम्बरमा पहिलो पार्टी एमाले हुने र प्रदेशमा पनि सबैभन्दा बढी सिट जितेर सरकार बनाउने घोषणा गरेका छन् । एमालेको सम्भावना पनि भरपर्दो देखिंदैन । माओवादीको पहिलो हुने सम्भावना निर्वाचन परिणामले मात्र निर्धारण गर्छ । तर, तुलनात्मक रुपमा माओवादीको अवस्था सुधारोन्मुख देखिएको छ । 

मधेसी दलको पहिलो हुने दावी पनि जनताले पत्याएका छैनन् । राजपा लगायतका मधेसी दलका लागि स्थानीय निर्वाचन एक प्रकारको बाध्यता हो । ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाको अनुहार’ भने जस्तै भएको छ । माओवादी उत्साहित छन् भने कांग्रेस एमाले दवावमा छन् । कांग्रेसलाई जसरी भने ठूलो पार्टीको पोजिशन कायम गर्नु छ । 

एमालेलाई पनि पहिलो पार्टी नभए दोस्रो पोजिशन कायम गर्नुपर्ने बाध्यता छ । तर, मधेसप्रति एमाले अध्यक्ष केपी ओलीको अनुदार चरित्र र कटाक्ष, संविधान संशोधन एमालेका कारण असफल भएको सन्देशले एमालेका लागि मधेस त्यति सजिलो छैन । 

भारतले लगाएको नाकाबन्दीको प्रतिवादमा एमालेले गरेको प्रतिवाद स्वरुप छ वटा प्रदेशको  स्थानीय निर्वाचन एमाले नाफामा ग¥यो । तर, नाकाबन्दीको बलिया समर्थन नगरे पनि मधेसी दलले उठाएका एजेण्डा पूरा भए हुन्थ्यो भन्ने मधेसी समुदाय ठूलो थियो । एमालेको राष्ट्रवादको चर्को कुरा छ वटा प्रदेशमा जति बिकाउ भयो, दुई नम्बर प्रदेशमा त्यो त्यति बिकाउ नहुन सक्छ ।

यही तथ्यबाट एमाले अन्य प्रदेशमा नाफामा गए पनि २ नम्बर प्रदेशमा घाटामा जाने सम्भावना भएको हो । त्यसो त मधेसी दलको उग्रताका कारण मधेसले धेरै गुमाएको मधेसी समुदायले हिसाव गरेको हुनुपर्छ । मधेसी जनताको भावना भन्दा अरु कसैले अ¥हाएको, सिकाएको भरमा राजनीतिक गर्ने मधेसी दलको चरित्र मधेसी जनताले सन्तुस्ट छैनन् । 

एमालेको उग्रराष्ट्रवादका नाममा व्यक्त हुने जातीय अहङ्कार र मधेसी दलको जातीय अधिकारका नाममा उग्रताबाट मधेसी जनता परिचित भइसकेका छन् । उनीहरु एमाले र मधेसी दलको विकल्प खोज्न बाध्य छन् । प्रचण्डप्रति मधेसी जनतामा देखिएको आकर्षणले मधेसी जनता साना दल होइन ठूला दलप्रति आकर्षित छन् भन्ने देखिन्छ । यद्यपि मधेसमा ठूला तीन दल र मधेसी दलको प्रतिस्पर्धा राम्रै देखिन्छ । 

मधेसको मामलामा दुई अतिवाद देखिएको छ । एउटा एमालेको राष्ट्रवाद र अर्को मधेसवादी दलको उग्रता । दुबै दलको अहंकारले वास्तवमा मधेसी जनता अधिकार पाउनबाट बन्चित भएका हुन् । मधेसमा दुई प्रदेशको सम्भावना हुँदाहुँदै मधेसी दलको उग्रताले त्यो सम्भावना समाप्त पारेको हो । अर्कोतर्फ एमालेको उग्रराष्ट्रवादले पहाडे समुदाय खुसी भए पनि मधेसी समुदायको भावनामा चोट पुगेको छ । 

शासक वर्ग र सत्ताको बिरोध गर्ने नाममा पहाडे समुदायप्रति अनुदार हुने मधेसी समुदायको व्यवहार र भारतको हेपाहा प्रवृत्ति र मधेसी दलको उग्रताको विरोध गर्ने नाममा मधेसी समुदायप्रति अनुदार बन्ने एमालेको कार्यशैलीले समस्या उत्पन्न भएको हो । 

एमालेले पहाडे समुदायलाई खुसी बनाउने उदेश्यले गर्ने राष्ट्रवादको नारा नस्लीय राष्ट्रवाद हो । यसैगरी मधेसवादी दलले मधेसी समुदायका नाममा लगाउने चर्का नारा पनि नस्लीय अहंकारवाद हो । यी दुवैले नेपाली समुदायलाई विभाजन गर्ने काम मात्र गर्दछ । यसले नेपाली राष्ट्रियता बलियो हुन सक्तैन । 

मधेसमा हुने निर्वाचन होस् वा मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा एमालेले र मधेसी दलको नश्लीयवादी सोच स्थापित हुनु हुँदैन । नश्लीय सोच विजयी भए राष्ट्रियता कमजोर हुन्छ । संविधानको कार्यान्वयन, स्थानीय सरकार बलियो बनाउन र जनतालाई अधिकार सम्पन्न बनाउन अबको निर्वाचन नश्लीय सोच विरुद्धमा हुनसक्नु पर्दछ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive