newsone

बहुपक्षीय बन्दै व्यापार युद्ध

newstwo बहुपक्षीय बन्दै व्यापार युद्ध


उत्कर्षतर्फ मोडिएको चीन र अमेरिकाबीचको व्यापार युद्ध विश्वकै लागि टाउको दुःखाइको विषय भएको छ । किनकि विश्वकै ठूलो अर्थतन्त्र चीन र विश्वकै शक्तिशाली अर्थतन्त्र अमेरिकाबीच हुने सकारात्मक एवम् नकारात्मक दुवै विषयले विश्व जगतमा नयाँ उछाल ल्याउँछ ।


यो साता यी दुई महाशक्तिबीचको ‘टग अफ वार’ लाई हेर्ने हो भने संरक्षणवादी व्यापार नीतिका कारण एक आपसमा आरोप–प्रत्यारोप भएको छ । चिनियाँ  र अमेरिकी सरकारले एकअर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाउँदै लगेका  छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी खिचातानी नै व्यापार युद्धको रूप हो । दुवैतर्फबाट एकले अर्कालाई कमजोर पार्ने खेल शुरु भइसकेको छ । 


पछिल्ला दिनमा अमेरिकाले स्टिल र आल्मुनियमको आयात शुल्क बढाएपछि चीनले पनि बदलामा करिब ६० अर्ब अमेरिकी डलर बराबरको शुल्क वृद्धिको घोषणा गरेको थियो । अमेरिकाले चीनलाई बढी समान आयात गर्ने मुलुकलाई दिएको छुट दिएन । 


चीनले सुङ्गुरको मासु, वाइन, फलफूल र सुक्खा मेवाजस्ता अमेरिकी वस्तुको आयातमा भन्सार शुल्क बढायो । यसले आर्थिकरूपमा गम्भीर संघर्ष निम्त्यायो । यो युद्धले चीन र अमेरिकालाई मात्र नभई यी दुई शक्ति राष्ट्रसँग व्यापारिक सम्बन्ध राख्दै आएका अन्य मुलुकलाई पनि प्रत्यक्ष वा परोक्षरूपमा प्रभावित बनाउँदै लगेको छ ।


गत वर्ष अमेरिकाले चीनबाट तीन अर्ब डलरको स्टिल र आल्मुनियम आयात गरेको थियो । अमेरिकाले शुरूशुरूमा आफूले स्टिल र आल्मुनियममा कर वृद्धि गर्नुको कारण राष्ट्रिय सुरक्षाको विषय भएको जनाएको थियो । चीन विरूद्धकोे कदम अमेरिकाको खासगरी आफ्ना बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको चोरी रोक्ने पहलसमेत भएको अमेरिकी ट्रम्प प्रशासनले लगाउँदै आएको छ । 


यसले के देखाउँछ भने दुई देश युद्धमा छन् । पुनः अमेरिकाले चीनबाट आयात गर्ने करिब दुई खर्ब सामानमा कर वृद्धिको घोषणा ग¥यो । यसले झनै परिस्थितिलाई चर्कायो । यसपछि चीनले भनेको छ–अमेरिकाले ठूलो मात्रामा व्यापारमा कडाई गर्ने नीति लिएको छ । अमेरिकाले घाँटीमा चक्कु राखेर धम्क्याउने जस्ता व्यवहार देखाएको चीनको प्रतिक्रिया छ ।


यो खिचातानीले विश्व व्यापार बजारलाई निकै तातेको छ । यो समस्याको समाधान नहुने हो भने यसले विश्व बजारमै असर पार्ने देखिन्छ । एसियाली अर्थतन्त्रमा ठूलो असर देखिनेछ । किनकि चीन एसियाली बजारको आर्थिक हस्ती हो । 


अमेरिकाले अहिलेसम्म दुई चरणमा २५० अर्ब डलर बराबरको चिनियाँ सामानमा कर बढाएको छ भने बदलामा चीनले ११० अर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धि गरेको छ । 
चिनियाँ सरकारी निकायहरूका उच्च पदाधिकारीले बेइजिङद्वारा सार्वजनिक गरेको श्वेत पत्रमा सार्वजनिक व्यापार मामिलासँग आधारित तथ्यलाई थप व्याख्या गरेका छन् । चीनले गत बर्ष आफ्नो विदेश व्यापारको १९ प्रतिशत सामान अमेरिकालाई निर्यात गरेको छ ।


चीन–अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सन्तुलित’ मौद्रिक नीति लागू गर्ने चीनको केन्द्रीय बैंकले नीति लिएको छ । अमेरिकाले घाँटीमा तेस्र्याएको छुराको रक्षार्थ चीनले नयाँ नीति लिएको हो ।


युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेकाले चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पनि पिपुल्स बंैक अफ चाइनाले जनाएको छ । 


अहिलेसम्म दुई खर्ब ५० करोड अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को दुई खर्ब ६७ करोड अमेरिकी डलरको चिनियाँ सामानमाथिको कर लगाउने चेतावनी दिएका छन् । यसबाट अमेरिका निर्यात हुने प्राय सबै चिनियाँ सामानमा प्रभाव पर्ने अमेरिकी अधिकारीको दावी छ ।


चीनले संरक्षणवादी अमेरिकी व्यापार नीतिविरुद्ध संघर्ष गर्दै गत वर्ष एक खर्ब ३० करोड अमेरिकी सामान मात्र खरिद गरेको थियो । चीनले अहिलेसम्म अमेरिकी एक खर्ब १० करोड अमेरिकी डलर बराबरको सामानमा कर वृद्धिको गरेको छ ।


महासभामा पनि व्यापारिक युद्ध


यसैबीच राष्ट्रसङ्घको चालू ७३ औं महासभामा इरानको आणविक कार्यक्रमको विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । यहाँ पनि व्यापारिक विषय नै जोडिएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रबीचमा समेत आणविक कार्यक्रमको विषयलाई लिएर मतभिन्नता देखिए पनि अन्ततः व्यापार नै केन्द्रमा देखियो । 


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभाको बैठक र त्यसलगत्तै बसेको सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्दै सिंगो खाडी क्षेत्रका लागि खतरा बनेको इरानको आणविक कार्यक्रम पूर्ण रुपमा बन्द नहुँदासम्म अमेरिकाले इरान विरुद्ध सख्त आर्थिक प्रतिबन्धहरु लगाइरहने बताए ।


ट्रम्पको सम्बोधन सकिएलगत्तै फ्रान्सेली राष्ट्रपति इमानुएल माँक्रोले राष्ट्रपति ट्रम्पको भनाइमा मात्र सत्यता नरहेको बताए । सन् २०१५ मा सम्पन्न सम्झौताबाट अमेरिका पछि हटेर त्यो सम्झौता धोकापूर्ण रहेको भन्दै इरानसँग व्यापार व्यवसाय गर्ने कुनै पनि विदेशी कम्पनीलाई दण्डित गर्ने चेतावनी दिएको छ । तर यसै महिना बेलायत, चीन, फ्रान्स, जर्मनी र रसियाले एक स्वरले इरानसँग व्यापार र व्यवसायलाई निरन्तरता दिन विशेष भुक्तानी प्रणाली स्थापना गर्ने घोषणा गरेका थए । 


यसरी पछिल्लो समय व्यापारिक युद्ध झनै बबन्डर बन्दै गएको छ । यो पृथ्वीका दुई ठूला अर्थतन्त्रबीचको टकराव बहुपक्षीय बन्दै गएको छ । अर्थतन्त्रमा भूमण्डलीकरणका निम्त्याउनेहरु नै संरक्षणवादी भएपछि चीन र अमेरिककाको व्यापारी युद्धले विश्व अर्थतन्त्रमा उछाल ल्याएको हो । यो मुद्दाले सबैलाई गाँज्ने देखिन्छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive