newsone

विश्वकपबाट दुई महारथीको बहिर्गमन  

newstwo विश्वकपबाट दुई महारथीको बहिर्गमन  

१७ असार, काठमाडौं  । अर्जेन्टिना  फ्रान्ससँग ४–३ गोल र पुर्चुगल उरुग्वेसँगको २–१ को हारसँगै अर्टेन्टिनी क्याप्टेन लियोनस मेसी र पोर्चुगलका क्याप्टेन क्रिष्टियानो रोनाल्डो विश्वकपवाट बाहिरिएका छन् ।

मेसी र रोनाल्डोलाई विश्वकपको महारथिको रुपमा हेरिएको थियो । मेसी र रोनाल्डो दुवै राम्रो खेलाडी भएतापनि उनीहरु अनुसारको टिम काओर्डिनशन हुन नसक्दा हार ब्यहोर्नुपरेको बताइन्छ । मेसी र रोनाल्डो दुवै फुटबलको दुनियामा जादुमयी खेलाडी भएतापनि आफ्नो राष्ट्रिय टिमलाई जीताउन पर्याप्त भएनन् ।

खासगरी दुबै टिमहरुमा स्ट्राइकर राम्रा भएपनि रक्षापंक्ति मजबुत हुन नसकेकोलै नै महारथीहरुको बहिर्गमन भएको हो । 

 २०२२ मा कतारमा विश्वकप हुँदा रोनाल्डो ३७ वर्षको हुनेछन् भने मेसी ३५ बर्षका हुनेछन् । त्यसैले सम्भबत उनीहरुको यो नै अन्तिम विश्वकप नहोला भन्न सकिंदैन । 

विश्वकपमा सर्वाधिक चासो र रुचाइएका दुई महारथीको बहिर्गमन सँगै अव विश्वकपको ट्रफी कस्ले उचाल्ला हेर्न बाँकी नै छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive