newsone

सेयर बजारमा मनोवैज्ञानिक त्रास

newstwo सेयर बजारमा मनोवैज्ञानिक त्रास


नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक मौद्रिक नीतिले लगानीकर्तालाई मनोवैज्ञानिक त्रास दिएको भएपनि ब्याबहारमा कुनै परिवर्तन हुने देखिन्न । 

बैंक तथा वित्तीय संस्थाले दिने मार्जिन प्रकृतिको लोनको सिमा घटाएको छ । पहिले ४० प्रतिशत लिन पाउने थियो भने २५ प्रतिशत कायम गरिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार भने लगानीकर्ताले पाउन सक्ने ऋणको आधा पनि उपयोग नगरेको देखिएको छ ।  

नेपाल राष्ट्र बैंकले यसै तथ्याङ्कको आधारमा यसको मार्जिन प्रकृतिको लोनको सिमा घटाएको देखिन्छ । तर सम्पूर्ण बैंकहरुले यस्तो कर्जा प्रवाह नै गर्दैनन् । यसले गर्दा लोन पाउने कारण यसको अनुपात धेरै देखिन्छ । 
 
लगानीकर्ताहरुका अनुसार केहि बैंक तथा वित्तीय संस्थाले मात्रै मार्जिन लोन प्रवाह गर्ने हुँदा समग्रमा यसको असर पर्नेछ । केही बैंकले मात्रै मार्जिन लोन प्रवाह गर्दा उनिहरुको लोन प्रवाहमा संकुचन आउने उनीहरुको विश्लेषण छ ।

त्यसैगरी व्यक्तिगत ओभर ड्राफ्ट रु ७५ लाखबाट ५० लाखमा झारिएको छ । यसले साना लगानीकर्तालाई केही असर पार्ने देखिन्छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive