newsone

नयाँ मौद्रिक नीति आज  

newstwo नयाँ मौद्रिक नीति आज  

आर्थिक वर्ष २०७५÷७६ का लागि सार्वजनिक भएको वित्तीय नीतिका लक्ष्यलाई सहयोग गर्ने गरी आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । 

नेपाल राष्ट्र बैंकले आज अपरान्ह आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिनुभयो । 

नेपाल राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । 

आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फिती दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive