newsone

प्राकृतिक उपचार कसरी गर्ने ?

newstwo प्राकृतिक उपचार कसरी गर्ने ?

योगी लीलानन्द

प्रेसर लो/हाइ हुँदा
प्रेसर बढेको अवस्थामा दायाँ नाक बन्द गरी लामो स्वास ५/१० मिनेट चलाउँदा तुरुन्तै लाभ हुन्छ । एक्युप्रेसर (हत्केला र पैतालामा दबाउने) विधिबाट छिटो र प्रभावकारी रुपमा प्रेसरलाई सन्तुलनमा ल्याउन सकिन्छ । लो प्रेसर भएमा वायाँ नाक बन्द गरी लामो श्वास ५/१० मिनेट चलाउँदा तुरुन्त लाभ हुन्छ । चुकन्दर, टिमुर, बिरेनुन, कुरिलो, अनार, कालो किसमिस, छोकडा, मह, यसका लागि उत्कृष्ट खुराकहरु हुन् । 

अनिद्रा हटाउन
दायाँ नाक बन्द गरी लामो श्वास चलाउँदा अनिद्रा, तनाव, प्रेसर, रीस, उत्तेजना, गर्मीको समस्यामा छिटो र प्रभावकारी लाभ हुन्छ । 

अपच कम गर्न
बायाँ नाक बन्द गरी लामो श्वास चलाउँदा आलस्यता, लो प्रेसर, डर, चिन्ता, अतिनिद्रा, अपच, चिसोबाट हुने सबै समस्यामा छिटो र प्रभावकारी लाभ हुन्छ । 

खाना पचाउने उत्कृष्ट विधि
खानापछि पाँच औंला जोडेर नाभीको वरिपरि (कपडा माथिबाट नै) दायाँतर्फ (घडी घुम्ने दिशा) बाट पाँच मिनेटभन्दा बढी घुमाउनु होस् । पेटको सम्पूर्ण रोग तथा समस्यामा अत्यन्त छिटो र प्रभावकारी लाभ हुन्छ । खाना खाएको भाँडा थोरै पानीले पखालेर खानाले अपच तथा खानाको खराव असरबाट बच्न सकिन्छ ।

मुख र दाँतको उपचार
जीब्रोमा पिरो भएमा नाभिमा खरानी लगाउने, ओठ फुटेमा नाभीमा तोरीको तेल लगाउने । यसले तुरुन्तै लाभ हुन्छ । विहान उठेको १५ मिनेटभित्र दाँत जोडेर च्युँडोमा हातले सकेसम्म दबाउने गर्नाले दाँत गिंजा अत्यन्त बलियो भई सबै समस्या नास हुन्छ । 

रगतको रोकथाम    
कुनै पनि कारणले रगत नरोकिएमा एउटा कागती एक गिलास दुधमा मिलाएर तुरुन्त खानाले तत्काल रगत रोकिन्छ । तातो नुन पानीले सेक्दा कुनै पनि बाहिरी दुखाइमा चामत्कारिक लाभ हुन्छ । सिस्नोले पोल्नु सम्पूर्ण बाहिरी दुखाइको अचुक, छिटो र प्रभावकारी उपचार विधि हो । 

चाँडै सुत्ने र चाँडै उठ्दा फाइदैफाइदा
सकेसम्म चाँडै सुत्ने र चाँडै उठ्ने गर्नाले स्वास्थ्य र पूरै जीवन शैलीमा नै धेरै प्रगति हुन्छ । सुत्ने बेलामा नाकभित्र ४÷५ थोपा देशीबदामको तेल हाल्नाले पिनास, आँखा र ब्रेनको कमजोरीमा अत्यन्त लाभ हुन्छ ।

काँचो बेसारको फाइदा
काँचो (आलो) बेसार खाँदा अल्सर, क्यान्सर, पाइल्स र अन्य घाउमा चामत्कारिक लाभ हुन्छ । 

काँचो सागको फाइदा
काँचो साग (सलादको रुपमा) खाँदा कब्जियत, पाइल्स, एसिडिटी, सुगर, अल्सर, क्यान्सर, आँखा र छालाको समस्यामा अत्यन्त धेरै लाभ हुन्छ । 

पिंडालुको फाइदा
२०/३० ग्राम पिंडालु वा कर्कलो पिसेर विहानै पिउनाले कब्जियत र पाइल्समा चामत्कारिक लाभ हुन्छ । 

हातको नङ रगड्दाको फाइदा
दुवै हातको नङ रगड्नाले कपाल बलियो र स्वस्थ रहन्छ ।

गोमुत्रको फाइदा
अन्न र नुन नखुवाएको जंगलमा चरेको अवस्थामा लोकल गाईको मुत्र संसारको सबैभन्दा प्रभावकारी औषधीय गुणयुक्त खुराक (टनिक) हो । 

सानो गाँस धेरैबेर चपाएर खाऔं    
सानो गाँस धेरै बेर चपाएर खानु स्वस्थ र बलवान हुने, अचुक र चामत्कारिक उपाय हो । 

हाँस्नु र नाच्नु स्वास्थ्यका लागि फलदायी
हाँस्नु र नाच्नु नै स्वस्थ, सुन्दर र सुखी हुने सबैभन्दा राम्रो उपाय हो ।

अश्विनी मुद्रा (मलद्वार खुम्च्याउने)
नियमित सही तरिका र मात्रा मिलाएर गर्ने हो भने यौन दुर्वलता, शीघ्र स्खलन, अति उत्तेजना र महिनावारीको दुखाई निर्मुल हुन्छ । 
(सौजन्यः प्राकृतिक परिवार प्रा.लि., भृकुटीमण्डप, काठमाडौं)

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive