newsone

राजनीतिक प्रतिशोधमा च्यापियो चिकित्सा क्षेत्र

newstwo राजनीतिक प्रतिशोधमा च्यापियो चिकित्सा क्षेत्र


काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयकलाई राजनीतिक दल र सरकारबाट राजनीतिक प्रतिशोधमा प्रयोग हुन थालेको छ ।

एकले एकातर्फ मेडिकल माफियालाई बढावा दिएको आरोप छ भने मेडिकल क्षेत्रमा भएको लगानीलाई सुरक्षित गर्ने र मेडिकल शिक्षामा विदेशीले नेपाली रकम स्वदेशमै सुरक्षित गर्नुपर्ने तर्क अघि सारेको छ । 

मेडिकल शिक्षाका लागि हजारौं युवा विदेशिने गरेका छन् भने उनीहरुले वर्षमा करोड रकम विदेश लैजाने गरेका छन् । मेडिकल शिक्षालाई आवश्यकताअनुसार सुहाउँदो बनाउनेभन्दा पनि राजनीतिक हठका रुपमा प्रयोग गर्न भएको हो ।

मेडिकल शिक्षालाई व्यवस्थित गर्ने भन्दा पनि सत्ता तथा प्रतिपक्षले राजनीतिक स्वार्थ पूरा गर्न खोज्दा यस क्षेत्र प्रतिशोधमा च्यापिएको हो । सरकारले काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न मिल्ने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रिसभामा दर्ता भएको भनिएको छ ।

माथेमा आयोग र सरकारले यसअघि गरेको अध्यादेशका प्रावधानसहित प्रतिस्थापन विधेयक अघि बढाएको हो । तर त्यसलाई तोडमोड गरिएको प्रतिपक्षसहित धेरैले आलोचना गरेका छन् ।
सडकदेखि सदनसम्म आन्दोलन गर्न थालिएको छ । आवरण अनसनरत डा गोविन्द केसीको समर्थनको ओइरो लागेको छ । त्यसले चिकित्सा शिक्षाको भविष्यमा अन्योल सिर्जना भएको छ ।

काठमाडौं उपत्यकामा दश वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने र एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्वन्धन दिन नपाउने चिकित्सा शिक्षा अध्यादेशका मूल बुँदा राखिएको थियो ।

अघिल्ला सरकारले ल्याएका चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न यो विधेयक तयार ल्याइएको हो । दर्ता भएको विधेयकले उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न पाउने र विश्वविद्यालयले आवश्यकता अनुसार पाँचभन्दा बढी कलेजलाई सम्वन्धन दिन मिल्ने बनाएको बताइएको छ ।

सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीसँग उपत्यकामा दशवर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, पाँचवटा भन्दा बढी विश्वविद्यालयले सम्वन्धन दिन नपाउने गरी पटक पटक सम्झौता  गरिसकेको छ । 

सरकारले हरेक प्रदेशमा सरकारी मेडिकल कलेज विस्तार गर्ने र भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा एमबीबीएस कक्षा सञ्चालन गर्ने नीति र योजना भएपनि त्यसलाई भने कार्यान्वयनमा ल्याउन सकेको छैन । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive