newsone

माओलाई सम्झनुको अर्थ

newstwo माओलाई सम्झनुको अर्थ

१२ पौष, काठमाडौं । हिजो २६ हिजेम्बर विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको हिजो १२५ औं जन्म जयन्ती मनाइयो । यो दिवसलाई सर्वहारा वर्गले विश्वव्यापी रुपमा मनाए । नेपालमा पनि विभिन्न कम्युनिस्ट घटकले विविध रुपमा यो दिवस मनाए । 

अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थाबाट गुज्रिरहेको तत्कालीन चीनलाई मुक्त गराउनका लागि मात्र होइन सिङ्गो विश्व कम्युनिस्ट आन्दोलनमा माओले पु¥याएका योगदानहरू अतुलनीय छन् । कमरेड माओले दर्शन, राजनीति, संस्कृति, युद्धकलाका बारेमा दिएका क्रान्तिकारी शिक्षाहरूले माक्र्सवादलाई नयाँ उचाइ प्रदान गरेको छ । यसैले माओवाद पछिल्लो समयको माक्र्सवाद हो । माओवादलाई अलग गरेर आजको माक्र्सवादको पूर्णता हुँदैन । 

विश्व कम्युनिस्ट आन्दोलनमा देखापरेका संशोधनवादी भड्कावहरूका विरूद्धमा माओले निर्ममतापूर्वक सम्झौताहीन संघर्ष गरे । विश्व कम्युनिस्ट आन्दोलनमा आज सबैभन्दा खतरा भनेको दक्षिणपन्थी संशोधनवाद नै हो । माक्र्सवादलाई कार्यान्वयन गर्ने विज्ञानभन्दा पनि केवल सूत्रको रुपमा घोक्ने तरिकाले पनि सही ठाउँमा पु¥याउँदैन । माओले कहिले पनि माक्र्सवादलाई जडको रुपमा होइन कार्यान्वयन गर्ने विज्ञानको रुपमा प्रयोग गरे । सिर्जनशील भएर नै माओ सफल भए ।  

विश्व कम्युनिस्ट आन्दोलनमा माओ–त्सेतुङले पु¥याएको योगदानको उच्च कदर गर्दै उनले देखाएको बाटोमा निरन्तर अगाडि बढ्नु नै सच्चा क्रान्तिकारी हुनु हो । नेपालमा माओको योगदानको उच्च सम्मान र कदर विभिन्न घटकमा रहेका मुख्यतः माओवादीले गरेका छन् । माओले दिएको शिक्षालाई व्यावहारिक कार्यान्वयनमा उनीहरुले जोखिमपूर्ण संघर्ष गरेका थिए । तर, आज ठूलो बहसमा छन् । 

विश्वभरिका सर्वहाराहरूले आफ्ना महान् नेता माओ–त्सेतुङद्वारा प्रतिपादित क्रान्तिकारी सिद्धान्तहरूलाई सिर्जनशील रुपमा अपनाउनु जरूरी छ । सर्वविदितै छ,  विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । माओद्वारा प्रतिपादित सिद्धान्तलाई सही प्रकारले कार्यान्वयन गर्दा रक्षात्मक अवस्थालाई आक्रामकतामा लैजान सकिन्छ भन्ने कुरा नेपाल उदाहरण बनेको थियो, छ । 

नेपालमा माओका असली अनुयायीहरु विभाजित हुँदा क्रान्तिकारी कम्युनिस्टहरु नेपालमा कमजोर बन्दै गएका छन् । उनीहरुबीचको एकतालाई पहिलो प्राथमिकता दिन आवश्यक छ । अलग चुलो चौको बनाएर होइन आपसी विवाद र अन्तरविरोधलाई स्वस्थ बहसमार्फत् एकीकरणका लागि प्राथमिकता दिनु अहिलेको आवश्यकता हो । नयाँ राजनीतिक परिवेशमा पैदा भएको नयाँ ढंगको अन्तरविरोधलाई ठीक ढंगले ह्याण्डिल गर्दै अगाडि बढ्नु समयको माग हो । माओलाई सम्झनु भनेको पनि माक्र्सवादलाई सही ढंगले प्रयोग गर्दै अगाडि बढ्नु हो । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive