newsone

क. पुष्पलालको नीति अङ्गालेर एकता गरौं !

newstwo क. पुष्पलालको नीति अङ्गालेर एकता गरौं !

लोककृष्ण भट्टराई

नेकपाका दुई समूह एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने गरी वाम गठबन्धन बनाए भने अर्काे समूह मसाल पनि गठबन्धनभित्र आयो र चुनावमा भाग लियो । मसालले प्रतिनिधि सभामा एक सिट प्रदेश सभामा दुई सिट प्राप्त गरेको छ । उसले पार्टी एकीकरणमा चासो दिएको छैन । नेकपाका अन्य समूह मजदुर किसान पार्टीले गठबन्धन बाहिर बसेर प्रतिनिधि सभामा एक सिट र प्रदेश सभामा एक सिट चुनाव जितेको छ । नेकपाका अन्य समूह सीपी मैनालीको माले र मोहन वैद्यको क्रान्तिकारी माओवादीले कतै सिट प्राप्त गर्न सकेनन् । प्रयासका वावजुद पनि चुनावअघि बृहत् वाम गठबन्धनमा आएनन् । नेकपाको अर्काे विप्लव समूह र अन्य स–साना समूहले चुनाव बहिस्कार गरे । अर्थात् संसदीय चुनावमा भाग नलिएर पुनः सशस्त्र क्रान्तिको बाटो समात्ने भन्दैछ । अरु बाँकी चुनावमा भाग लिएका तर वाम गठबन्धनभित्र नआएका र चुनावमा भाग लिएका वाम गठबन्धनभित्रकै मसाल समूहलाई पनि छुने गरी कार्यक्रम निर्माण गरेमा अर्थात् दीर्घकालीन रणनीति र अल्पकालीन कार्यनीति सबैसँग एक राउण्ड छलफल गरेर बनाएमा बृहत् एकतासहितको ०१७ सालअघिको सिंङ्गो अविभाजित कम्युनिस्ट पार्टी निर्माण गर्न सकिन्छ । 

क. पुष्पलालले राजाको निरंकुशतालाई परास्त गर्न र गणतन्त्र नेपाल निर्माण गर्न नेपाली कांग्रेससहित सबै वहुदलीय लोकतन्त्र प्राप्त गर्न लागे वाम वा लोकतान्त्रिक व्यक्ति र समूहलाई समेत एकाकार गरेर संयुक्त तथा सशक्त जनसंघर्ष गर्ने नीति ०१८ सम्म लिनु भयो । सबैलाई त्यस अनुसार आन्दोलित हुन आव्हान गर्नुभयो । त्यसैअनुसार नै २०२५, २०२८, २०३२–३३, २०३५–३६, ०४६ सालमा आन्दोलन भएका थिए, ०४६ सालको सशक्त जनआन्दोलनले राजतन्त्रलाई संविधानभित्र ल्यायो । पुनः राजतन्त्र संविधानभित्र बस्न नमान्दा ०६२÷६३ को संयुक्त जनआन्दोलनले संविधानसभाको निर्वाचन गर्दै राजतन्त्रको अवसान गरायो । नेपाललाई गणतन्त्रात्मक देशको रुपमा घोषणा ग¥यो । ०४६ सालपछि कम्युनिस्ट पार्टीले कम्तीमा दुई वर्ष पनि लगातार शासनमा बसेर समृद्धि र सुशासन र सामाजिक न्यायको काम गर्नै पाएन । पटकपटक नेपाली कांग्रेसले शासन ग¥यो । आत्मनिर्भर अर्थतन्त्रको विकासतर्फ देशलाई जानै दिएन । हाल ०७४ सालमा देशका दुई ठूलो कम्युनिस्ट पार्टीहरु केही स्वतन्त्र व्यक्तिहरु र मसाल समूह मिलेर वाम गठबन्धन बनाएर चुनावमा गएपछि झण्डै दुई तिहाइ सिट वामको आएको छ । उपेन्द्र यादवको संघीय समाजवादी फोरम पनि उपेन्द्रजी लगायत धेरै साथी क पुष्पलाल स्कूलिङबाट आउनु भएकाले वाम पृष्ठभूमिका दलहरु, गरीव, असहाय, विपन्न श्रमजीवी वर्गका पक्षमा गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, सेवामा निःशुल्क दिन र सम्पत्तिको सिलिङ तोक्न सम्पन्नशाली समाजवादी समाज निर्माण गर्दै नेपाललाई सम्पन्नशाली सभ्य समाज सृजना गर्ने मुहिम छेड्न क. पुष्पलालको मूलबाटो, चौथो सम्मेलनको रिपोर्टलाई आधार मान्दै संसदमा क्रान्तिकारी हस्तक्षेप गर्ने र संविधान संशोधन गरेर चुनाव खर्च राज्यले बेहोर्ने र निर्वाचन आयोगले सभाको आयोजना गर्न र निर्वाचनमा भाग लिने दलले आफ्नो घोषणापत्रका आधारमा अरु दललाई गाली नगर्ने आचारसंहिता बनाएर निर्वाचनमा जाने र श्रेष्ठता हासिल गरेर नेपाललाई युरोपियन मापदण्डमा पु¥याउन संकल्पमा एमाले नेतृत्त र माओवादी केन्द्रको नेतृत्व पुग्दै पार्टी एकीकरण गर्दा अन्य कम्युनिष्ट पार्टी र समाजवादी विचारका दलहरु र समाजवादी पृष्ठभूमिका व्यक्तिहरुलाई समेत बृहद् एकीकरणमा लान सकिन्छ । 

किनकि क. मदन भण्डारीले क. पुष्पलालले ड्राफ्ट गरेको नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र जसमा आवधिक निर्वाचन र संसदमा क्रान्तिकारी हस्तक्षेप वाम सरकार निर्माण र आत्मनिर्भर आधुनिक प्रविधिसहितको अर्थव्यवस्थाको योजना र “मूलबाटो” को आलोकबाट संसदमा क्रान्तिकारी हस्तक्षेप र सरकार निर्माण गर्दै समृद्ध नेपाल निर्माणको कल्पना गरेर “जनताको वहुदलीय जनवाद” को कार्यक्रम ल्याउनु भएको हो र क मोहनविक्रम र क. प्रचण्डहरुले क. पुष्पलालकै तेश्रो सम्मेलनले पारित माओ विचारधारामा आधारित नयाँ जनवादी क्रान्ति र दीर्घकालीन सशस्त्र कृषि क्रान्तिको कार्यक्रमको आलोकमा नयाँ जनवादी क्रान्तिका लागि सशस्त्र, निशस्त्र, शान्तिपूर्ण जब संघर्ष सबै प्रकारका संघर्ष गर्ने गरी सशस्त्र संघर्ष १० वर्षसम्म गर्दै फेरि पुरानै क. पुष्पलालकै ड्राफ्ट घोषणा पत्र र मूलबाटोको आलोकमा क. मदन भण्डारीले संश्लेषण गरेको जबजसँग मेल खाने एक्काईसौं शताब्दीको जनवाद पास गरेर १२ बुँदे समझदारी हुँदै ०६२/६३ को शान्तिपूर्ण संयुक्त संघर्षमा आउनु भएको हो । 

यसले गर्दा मैले यसै पत्रिकामा यसभन्दा अघि लेखेका लेखहरुको आत्मनिर्भर अर्थतन्त्र र समाजवाद निर्माणको पक्षमा छन्, तिनलाई पनि मानेर क . केपी ओली, क प्रचण्ड र दुवै पार्टीका नेतृत्वगणले बृहद् रुपमा क. पुष्पलालका रचनाहरुमा भाग १ देखि भाग ४ सम्म र अन्य रचना समेत पढेर क. मदन भण्डारी, कम्युनिस्ट आन्दोलनका असंख्य त्याग भएका नेताहरु एकदेव आले मगर, चित्रबहादुर गुरुङ, हरिहर यादव, शेख फर्मान, निर्मल लामा, सुरेश वाग्ले, दण्डपाणी न्यौपाने, भक्तबहादुर श्रेष्ठ र जनआन्दोलन र जनयुद्धमा र लखन थापा मगर, वि.सं १९९० सालदेखि हालसम्म सबै प्रकारका जनआन्दोलन, मधेश अन्दोलनमा मारिएका समेत सबै प्रकारका सहिदलाई सम्मान गर्दै नेपाली कांग्रेसलाई विपक्षमा राखेर राष्ट्र निर्माण, विकास र देशभक्तिपूर्ण आन्दोलनको उठान गर्नु अति जरुरी छ । 

एमाले र माओवादी केन्द्रको एकता हुँदा उपेन्द्र यादवजीको संघीय समाजवादी फोरम, वैद्यजीको पार्टी, मैनाली र विप्लव कमरेडको पार्टीलाई पनि एकाकार गराउन सके त झण्डै बृहद् समाजवादी आन्दलोलनको निर्माण गर्न सकिनेछ । यस्तो विचार बोकेको कम्युनिस्ट पार्टी निर्माण समयको तत्कालको आवश्यकता हो । यसमा क. ओली, क प्रचण्ड, क झलनाथ, क माधव, क. रामबहादुर थापा ‘वादल’, क नारायणकाजीले बृहद् रुपमा सोंच्न हुने र उदार हृदयबाट सानो एक सय ननाघेको केन्द्रीय समिति बनाएर एउटा त्याग र समर्पणको देशभक्तिपूर्ण आन्दोलनको सिर्जना गर्नु हुनेछ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive