newsone

ललितपुर मनपाको रु तीन अर्ब २३ करोड र भक्तपुरको एक अब बजेट प्रस्ताव 

newstwo ललितपुर मनपाको रु तीन अर्ब २३ करोड र भक्तपुरको एक अब बजेट प्रस्ताव 

काठमाडौं । ललितपुर महानगरपालिकाले आव २०७४÷७५ का लागि रु तीन अर्ब २२ करोड ९१ लाख १० हजार बजेट प्रस्ताव गरेको छ । 

हिजो आयोजना भएको ‘आर्थिक वर्ष २०७४÷७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको बताए । 

चालूतर्फ रु ४३ करोड १२ लाख ८७ करोड ९१३।३५ प्रतिशत० र पूँजीगततर्फ रु दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार ९८६।६५ प्रतिशत० खर्चको अनुमान गरिएको छ । 

परिषद्ले आन्तरिक आय रु एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरेको छ । आन्तरिक स्रोतबाट रु एक अर्ब १६ करोड ४४ लाख र राजस्व बाँडफाँडबाट रु छ करोड आय हुने अनुमान गरिएको छ । 

गत आवमा स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री, विभिन्न स्रोतलगायत राजस्व बाँडफाँडबाट रु २७ करोड ९४ हजार ६२२ आम्दानी भएको थियो । आलू आवको असार २५ गतेसम्म रु ४७ करोड ५३ लाख ४४ हजार ६३१ राजस्व संकलन भएको छ । राजस्व संकलन अनुमानभन्दा ११९।८० प्रतिशत बढी हो । 

सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएर कार्यक्रम बनाइएको प्रमुख महर्जनले बताए । उनले भने – “दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रवद्र्धनलाई बजेटमा जोड दिइएको छ ।” बालबालिका, महिला, वातावरण, संस्कृतिको विकासलाई प्राथमिकता दिइएको उनले बताए । 

श्रम तथा रोजगार मन्त्री फरमुल्हा मन्सुरले जनताको विकासको चाहना धेरै भएको बताउनुभयो । उहाँले सबै दललाई समेटेर अघि बढ्नुपर्ने बताउँदै प्रदेश नं २ को निर्वाचन असोजमै गर्ने सरकारको तयारी रहेको जनाए । 

प्रमुख जिल्ला अधिकारी राजेन्द्र श्रेष्ठले लामो समयसम्म जनप्रतिनिधि नहुँदा स्थानीय निकाय कर्मचारी र दलीय प्रतिनिधिले चलाएको बताए । 

ललितपुर उपमहानगरपालिकाका पूर्व प्रमुख बेखामान शाक्यले जनताको करको सदुपयोग गरेर काम गर्नुपर्नेमा जोड दिए । 

महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दाहालले कतिपय कार्यक्रम उपमहानगरपालिका हुँदादेखि शुरु भएका र कतिपय नयाँ भएको बताए । 

महालक्ष्मी नपाको रु ४० करोड २५ लाख

यसैगरी, महालक्ष्मी नगरपालिकाले आव २०७४÷७५ का लागि आन्तरिक र बाह्य गरेर कुल रु ४० करोड २५ लाख २८ हजारको बजेट प्रस्ताव गरेको छ । 

आज यहाँ आयोजना भएको प्रथम नगरसभाको बजेट, योजना, तथा नीति सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले चालू खर्च रु सात करोड ४४ लाख ५० हजार र पूँजिगततर्फ रु २२ करोड ४३ लाख ४४ हजार प्रस्ताव गरिएको बताए । 

आन्तरिक आयतर्फ रु नौ करोड ४८ लाख ५० हजार रहेको छ । नगरपालिकाले सार्वजनिक निर्माणमा रु १० करोड ९५ लाख ८४ हजार विनियोजन गरेको छ जसमा वडास्तरीय कार्यक्रमका लागि रु सात करोड ५० लाख र नगरस्तरीय कार्यक्रमका लागि रु तीन करोड ४५ लाख ८४ हजार विनियोजन गरेको छ । 

नगर प्रमुख श्रेष्ठले आगामी पाँच वर्षमा नगरपालिका र वडा कार्यालयको भवन निर्माणमा जोड दिइने बताए । उनले भने– “यससँगै सडकको निर्माण, रंगशाला, सभागृह, पर्यटन पूर्वाधारलगायतका विकासमा जोड दिइनेछ ।” कृषिको पकेट क्षेत्र बनाउने, प्रविधिको प्रयोग बढाउने, संस्कृति संरक्षणलगायतका क्षेत्रमा कार्यक्रम रहेको उनले जानकारी दिए । 

नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले जनताले अहिले जनप्रतिनिधि मात्रै नभएर स्थानीय तहमा नै सरकार पाएको बताए । उनले भने – “हिजो केन्द्रमा मात्रै सरकार थियो भने नयाँ व्यवस्थाअनुसार स्थानीय तहमा सरकारको प्रत्याभूति गर्न सकिनेछ ।” कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा नगरपालिकाले गुरुयोजना बनाएर लागू गर्नुपर्नेमा उनको जोड थियो । 

अध्यक्ष ओलीले पछाडि परेका समुदायलाई अघि बढाउने कार्यक्रम लागू गर्नुपर्ने बताए । प्रमुख, उपप्रमुखलगायत नगरपालिका र वडाका पदाधिकारीले सबैसँगको सहकार्यमा विकासको योजना बनाउने र लागू गर्नुपर्ने आवश्यकता उनले औँलाए । उनले भने – “समावेशिता र सहकार्यलाई संयुक्त राष्ट्रसङ्घले विकास लक्ष्यमा राखेको छ ।”

नगरपालिकाका उपप्रमुख सुशीला थापाले नगरलाई सुन्दर र समृद्ध बनाउँदै लैजान सबै मिलेर लाग्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा बोल्दै सभासद्हरू सिद्धिलाल सिंह, चन्द्र महर्जनलगायतले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए । 
भक्तपुरको बजेट एक अर्ब, सूर्यविनायकको ४८ करोड 

भक्तपुर नगरपालिकाले प्रथम नगर परिषद्बाट आर्थिक वर्ष २०७४÷७५ का लागि रु एक अर्ब पाँच करोड ५५ लाखको बजेट पारित गरेको छ । 

हिजो नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले पारित गरेको बजेट, नीति तथा कार्यक्रमबारे जानकारी दिए ।

बजेट आम्दानीतर्फ सरकारबाट सःशर्त अनुदान रु १९ करोड ७८ लाख ९५ हजार, निःशर्त अनुदान रु १७ करोड ८७ ९५ हजार, सामाजिक सुरक्षा भत्ता रु ११ करोड आठ लाख र अन्य निकायतर्फ रु ६० लाख गरी कूल रु ४९ करोड ३४ लाख ९० हजार रहने प्रजापतिले बताए । 

त्यस्तै नगरका बासिन्दाबाट संकलन हुने विभिन्न कर तथा पर्यटन सेवा शुल्कसमेत गरी रु ४२ करोड २० लाख १० हजार आन्तरिक स्रोतबाट आम्दानी हुने लक्ष्य राखेको छ । नगरपालिकाको मौज्दात बाँकी रु १४ करोड रहने अनुमान गरिएको छ । नगरपालिकाले वडास्तरीय विकास निर्माणका लागि प्रत्येक वडा कार्यालयलाई रु ५० लाखका दरले रकम वितरण गर्ने भएको छ । 

यस्तै हनुमन्ते र खासाङ्खुसी खोला सफा गर्न सल्लाघारी र हनुमानघाटमा रहेका उपचार पोखरी प्रयोगमा ल्याउने, हनुमानघाट सुधारको गुरुयोजना तयार गर्ने, जनप्रतिनिधि घर–घरमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न, प्रत्येक वडामा शिशु स्याहार केन्द्रहरू सञ्चालन गर्ने, नगरपालिकाद्वारा सञ्चालित विद्यालयका शिक्षिका र आयाहरूलाई तालिम दिने भएको छ । 

यस्तै सूर्यविनायक नगरपालिकाले पनि पत्रकार सम्मेलन गर्दै नगरपरिषद्ले पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरप्रमुख वासुदेव थापाले प्रथम नगर परिषद्बाट आव २०७४÷७५ का लागि पारित भएको रु ४८ करोड १० लाख २८ हजारको बजेट सार्वजनिक गर्नुभयो । सरकारबाट निःशर्त रु २४ करोड ७७ लाख ५० हजार, सःशर्त रु १४ करोड ८४ लाख २८ हजार प्राप्त हुने र नगरपालिकाको आन्तरिक आयस्रोतबाट रु आठ करोड ४८ लाख ५० हजारको बजेट उनले सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले नगरक्षेत्रमा रहेका औद्योगिक क्षेत्रको विकास गर्ने, नगरपालिकाको भवन निर्माण गर्ने, वडा कार्यालयलाई राजमार्गसँग जोड्ने सडकको स्तरोन्नति गर्ने, पर्यटन पदमार्ग निर्माण गर्ने, भ्यू टावर निर्माण गर्ने तथा स्मार्ट सिटी बनाउनेलगायत कार्यक्रम सञ्चालन गर्ने थापाले बताए । 
    
वडाको विकासका लागि प्रत्येक वडा कार्यालयलाई रु एक करोडका दरले रकम पठाउने निर्णय भएको उनले जानकारी दिए ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive