newsone

यसरी करोडौं कुम्ल्याए सिरहामा अरविन्दले

newstwo यसरी करोडौं कुम्ल्याए सिरहामा अरविन्दले

देवकुमार यादव

सिरहा । जिल्लामा कर्मचारीलाई त्रास छ, काम गर्न असहज छ भन्दै केन्द्रमा अनेकौ नाटक गर्छन कर्मचारीहरु । सिरहा नपठाउनु हजुर भन्दै विभिन्न नाटक मंंचन गरे पनि कर्मचारीहरु सिरहा जिल्ला नै आउन चाहन्छन । कारण एउटै हुन्छ यहाँ आएर लाखौ रकम सहजै पच गर्न सजिलो छन् ।

सरकारी रकम हिनाभिना त छदैछ सोझा नागरिकबाट पनि लाखौ रकम कुम्ल्याउन सहज माध्यम बनेको छ, कर्मचारीको लागि सिरहा । यस्तै पात्र मध्येका एक हुन अरबिन्द लाल कर्ण । ११ महिना अगाडि धनुषाबाट सिरहा आएका जिल्ला शिक्षा अधिकारी कर्ण सिरहामा बसेर शिक्षा क्षेत्रलाई आमूल परिबर्तन गर्ने भनी निकै तडकभडक अभिब्यक्ति दिन्थे ।

काम कारबाही हेर्दा धेरैलाई लाग्थ्यो, अब सिरहामा शिक्षाको बेथिति केही हदसम्म हट्ने भयो । तर, कर्णको नाटक मंचन शिक्षालाई सुधार गर्न नभएर मोटो रकम असुल गरेर जिल्लालाई बाई बाई गर्नु थियो । भबन निर्माण, बिधार्थी छात्रवृत्ती, खाजासहितका कार्यक्रमबाट कागज मिलाएर लाखौ रकम पच गरे ।

अख्तियार जस्ता नियमनकारी निकायको ध्यान नजाने गरी कागज मिलाएर करोडौ रकम उठाउन सफल भए । बिना दर्ता संचालित विद्यालय बन्द गर्ने नाटक मञ्चनबाट अधिकारी कर्णले निजी बिद्यालयका सञ्चालक बाट करिब २ करोड रुपैंया रकम असुल गरेको शिक्षा कार्यालयका एक अधिकारीले बताएका छन् । त्यस्तै जिल्लान्तर सरुवा बाट ३ करोड रुपैंया रकम असुल गर्न सफल भएको स्रोतको दावी छ ।

यसरी असुल गरे निजी विद्यालयबाट

जिल्लामा करीब साना ठूला गरी ४ सयको संख्यामा निजी बिद्यालय संचालनमा थिए । तीमध्ये १ सयको हाराहारीमा बिना दर्ता संचालनमा छ । तल्लो तह दर्ता अनुमति पाएका विद्यालय सञ्चाकहरुले उपल्लो तहसम्म कक्षा सञ्चालन गरिरहेका थिए ।

अधिकारी कर्णको नेतृत्वमा बिना दर्ता संचालित विद्यालय बन्द गर्ने प्रचारप्रसार लगायत सार्वजनिक सूचना तथा परिपत्र जारी गरियो । सूचना र परिपत्रबाट पनि बिद्यालय बन्द नभएपछि प्रहरी, अभिभाबक र केही संचारकर्मीलाई परिबन्द त केहीलाई प्रभावमा पारी कूल ३६ वटा विद्यालय बन्द गराउन जिल्लाभरि टोली खटाए ।

हप्ता दिनसम्म जिल्ला प्रहरीको सहयोगमा २ दर्जन जति बिना दर्ता निजी विद्यालयमा ताल्चा लगाएर बन्द गराए । यसरी बिद्यालय बन्द भएपछि जिल्लाभरि खैंलाबैला मच्चिन पुग्यो । अधिकारी कर्णले निजी बिद्यालयका संचालकहरुलाई आतंकित पार्नु एउटै उद्देश्य थियो, मोटो रकम असुल गर्नु ।

बिना दर्ता संचालित सयौ बिद्यालयका संचालकहरुबाट प्रति बिद्यालय ५० हजार देखि १ लाख ५० हजार रुपैंयासम्म नजराना दिएपछि बाटोमै अनुमति दिएको बताइन्छ । ताला लगााई बन्द गराइएका ३६ बिद्यालय एक हप्तासम्म बन्द रहेता पनि हाल बिना अनुमति सबै सञ्चालनमा छन् । बिद्यालयहरुबाट पनि लाखौ रकम असुल गरेको सञ्चालकहरु बताउँछन् । अनुमति बिना सञ्चालित बिद्यालय बन्द गर्ने धमास दिएर २ करोड रुपैंया असुल गर्न उनी सफल भएका हुन ।

जिल्लान्तर सरुवाबाट यसरी ३ करोड कुम्ल्याए

तराई मूलका शिक्षकहरु पहाडी जिल्लाबाट आफनो घरपायक गृह जिल्ला सरुवा भएर आउन निकै कसरत मात्र होईन मोटो रकम नजराना चढाउन पनि तयार हुन्छन् । सरुवा भएर आउने सम्बन्धित विद्यालयको सहमति सहितको सेटिङ स्वयम अधिकारीले नै मिलाई दिए वापत प्रति ब्यक्ति १ लाख ५० हजार हजार देखि ३ लाख रुपैयासम्म असुल गरेका छन् ।

अधिकारी कर्णको सिरहाबाट तालिम केन्द्र बारा सरुवा भएको पत्र आएपछि पनि अघिल्लो मितिमा कूल १ सय ३९ जना शिक्षकहरुको जिल्लान्तर सरुवा गरेको स्रोतले बताएको छ । जिल्लान्तर सरुवाबाट करिब ३ करोड रुपैंया असुल गर्न सफल भएको बताइन्छ । शिक्षा मन्त्रालयले छानबिन गरेमा नियम बिपरीतका सरुवा धेरै पहिचान हुने मात्र होइन, कानुन र नियम बिपरीत भएका कामको खारेज गर्नुपर्ने मागसमेत जिल्लामा उठ्ने गरेको छ । तर, धिमा गतिको त्यो माग सुन्ने कसले ?

समयबद्धबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive