newsone

डा केसीको आन्दोलन ः दलीय स्वाथ्र्यमा डुब्यो

newstwo डा केसीको आन्दोलन ः दलीय स्वाथ्र्यमा डुब्यो

काठमाडौँ । जब प्रा.डा. गोविन्द केसीको अनसन शुरू हुन्छ, तब देखिन थाल्छ, सर्बत्र रमिता । राजनीतिक दलदेखि तीनका भातृ संगठनले विज्ञप्तिको ओइरो लगाउँछन् । माइतीघरको मण्डलामा प्लेकार्डसहित प्रदर्शन शुरू हुन्छ । 

साना–साना सामाजिक संस्थादेखि राष्ट्रिय दल पनि लामबद्ध भएको देखिन्छ । पत्रकारिता क्षेत्र पनि त्यसैको पछि लाग्छ । पत्रपत्रिका, रेडियो, टिभी र अनलाइनमा केसी पक्षमा बसह शुरु हुन्छ । अझै अचम्ब त के हुन्छ भने एकोहोरो सरकारको खैरो खन्न शुरु गरिन्छ ।

विषयवस्तुको मतलव भन्दा पनि गोविन्द केसीको फोटा छाप्ने र उनको नाम भट्ट्याउनेको लाम लाग्छ । यो क्रियालाप लामो समयदेखि चलिरहेको छ । न उनले अनशन बस्न छोडेका छन् त न उनको मागको किनारा लागेको छ ।

उनको माग तन्किदै गएको छ भने विभिन्न व्यक्ति, संस्था, समूह र राजनीतिक दलका भ्रातृ संगठनहरू पनि अनशन पिच्छे फेरिन्छन् । आफ्ना बहुरुपी रङ परिवर्तन गर्छन् । आन्दोलनबाट लाभ लिन खोज्ने दल र समूहको लर्को लाग्छ । एउटा दल सरकारमा हुँदा अर्को दलका कार्यकर्ता यो आन्दोलनमा सरिक भइहाल्छन् ।

चिकित्सा शिक्षामा सुधार भन्दा पनि आफ्ना स्वाथ्र्य पूरा गर्नका लागि विभिन्न व्यक्ति, समुह र दल लागेको देखिन्छ । डा केसीले अनशन पनि त्यसैमा आनन्द लिन चाहेको जस्तो देखिन्छ । न वार न पार, बिचैमा राजनीतिक चपेटामा चेपिएको छ, गोविन्द केसीको आन्दोलन ।

सँधै समाचारको हेडलाइनमा । दिनदिनै एउटा न एउटा संस्था तथा समुहले विज्ञप्ति निकालै हुन्छन् । समाचार छापिएकै हुन्छ, भट्ट्याएकै हुन्छ, भइ त गो, स्वार्थीको स्वार्थ पूरा । यस्तो अवस्थामा कहिलेसम्म देख्न पाइने हो ? डा.केसीको सुद्धीकरणको आन्दोलन त टुङ्गीयन नै, उता प्रदर्शनमा पनि अशुद्ध बन्दै गयो । 

२१ असार २०६९ मा पहिलो पटक आमरण अनशन बसेका डा. केसी पाँच वर्षमा झण्डै साडे एक दर्जन अनशनमा बस्दा एउटै मागमा अडिग भएको जस्तो देखिन्छ तर राजनीतिक झेल धेरै देखिएको छ । 

चिकित्सा शिक्षा अध्यादेशको अक्षरशः कार्यान्वयन र चिकित्सा शिक्षामा थप बेथिति ननिम्त्याए मात्रै पनि डा. केसी फेरि फेरि अनशन बस्दा हुन्थ्यो तर अचम्मको लम्बेदान यात्राको अनशन चलिरहेको छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive