newsone

विवादले  चिकित्सा शिक्षा विधेयक रोकियो

newstwo विवादले  चिकित्सा शिक्षा विधेयक रोकियो

२६ असोज, काठमाडौँ । चिकित्सा शिक्षा विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनीतिक दलबीच विवाद उत्पन्न भएपछि विधेयक संसदमा रोकिएको छ । 

संसदीय समितिले तयार पारेको प्रतिवेदनमा अनशनरत डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि विधेयक अगाडि बढ्न नसकेको हो । डा. केसीको मागअनुसार विधेयक परिमार्जनमा राजनीतिक दलबीच विवाद कायमै  छ । 

नेपाली काँंग्रेसका सांसदले विधेयकको प्रस्तावना र कलेज सम्बन्धनलाई डा. केसीको मागअनुसार अगाडि बढाउन समितिको प्रतिवेदन संशोधनको पक्षमा उभिएको छन् भने एमालेका सांसद समितिले पारित गरेको प्रतिवेदनका आधारमा विधेयक पारित गर्ने पक्षमा देखिएका छन् । 

चिकित्सा शिक्षा विधयेक दलीय विवादका कारण पछिल्ला बैठकहरूमा नियमित रूपमा विधेयक सम्भावित कार्यसूचीबाट हट्दै आएको छ । सम्भावित कार्यसूचीमा प्रकाशित भएपछि नियमित रूपमा विधेयक हट्ने गरेको हो । बुधबार पनि विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरे पनि अन्तिम समयमा हटाइएको हो ।

संसद् सचिवालयका अनुसार प्रतिवेदन सहितको विधेयक समितिले संसदमा प्रस्तुत गरे पनि पारित नभएको हो । समितिले प्रतिवेदन प्रस्तुत गरेको छ तर विधेयक पारितको प्रक्रिया अघि बढेको छैन । समितिले प्रतिवेदन तयार पारी दसैँअघि नै संसदमा प्रस्तुत गरेको थियो । तर, विवादका कारण विधेयक पारित हुन सकेको छैन । 

डा. केसीले प्रस्तावित विधेयकमा १७ बुँदे सुझाव यसअघि नै प्रधानमन्त्रीलाई दिइसकेका छन् । उनले विधेयकको प्रस्तावनादेखि विभिन्न दफाहरूमा सुझाव दिएका छन् । काठमाडौँ उपत्यकामा ऐन जारी भएको दश वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन र प्रतिष्ठान खोल्न नपाउने व्यवस्था गर्न डा. केसीको सुझाव रहेको । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive