newsone

नेपालका बैंकहरुको क्षमता बढाउन भारतीय बैंक संघले सघाउने

newstwo नेपालका बैंकहरुको क्षमता बढाउन भारतीय बैंक संघले सघाउने

२५ जेठ, काठमाडौं । नेपालका बैंकहरुको क्षमता तथा अनुभब अभिबृद्धि गर्नको लागि भारतीय बैंक संघले सघाउने गरी  नेपाल बैंकर्स संघ तथा भारतीय बैंक संघ वीच सहकार्य गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

 सम्झौतामा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा भारतीय बैंक संघका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम दुई देशका संघहरु वीच आपसी सहकार्य, क्षमता विकास, सुचना आदान प्रदान, अनुसन्धान, आदि क्षेत्रहरुमा कार्य अगाडि बढाउन सहयोग मिल्ने अपेक्ष गरिएको छ ।

यस सम्झौताबाट नेपालका बैंकहरुको क्षमता तथा अनुभब बढाउन समेत ठूलो मद्दत मिल्ने नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताएका छन् । दक्षिण एशियाली देशमा  सबै बैकर्स संघहरु बीचमा यसरी नै आपसी समझदारी गर्दै जाने कुरामा समेत दुवै संघ सहमतिमा पुगेका छन् । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive