newsone

स्तरीय उपचारको प्रभाव ः नोबेलमा बढ्यो मुटुका बिरामीको भिड 

newstwo स्तरीय उपचारको प्रभाव ः नोबेलमा बढ्यो मुटुका बिरामीको भिड 

बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको मुटु बिभागमा पछिल्लो समय बिरामीको अत्याधिक चाप बढेको छ । सहुलियत दरमा स्तरीय उपचार पाएका कारण बिरामीको संख्या बृद्धि भएको नोबेल मुटु बिभागले जनाएको छ ।  
    
केही बर्ष अघिसम्म बार्षिक करिव छ हजार बिरामी आउने गरेको मुटु विभागमा अहिले मासिक तीन हजार भन्दा बढी बिरामी आउने गरेका छन् । दैनिक करिव दुई हजार बिरामीको उपचार गर्दै आएको नोबेल अस्पतालमा एक सय भन्दा बढी मुटु रोगीले दैनिक उपचार गराउने गरेको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपाल बताउँछन् ।
    
‘नोबेलमा आउने मुटु रोगीको संख्या क्रमिक रुपमा बढ्दै गएको छ ।’ डा. नेपाल भन्छन् ‘स्तरीय उपचार पाएपछि बिरामीको संख्या बढेको हो ।’ नोबेलमा हृदयघात, मुटुको वाथ रोग, मुटुको चाल गडबडी, उच्च रक्तचाप र मुटु कमजोर भएर पीडा झेल्दै आएका बिरामीहरु बढी मात्रामा आउने गरेका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत पूर्वी नेपालका विरामी नोबेलमा बढी मात्रामा आउँछन् । छिमेकी देश भारतका बिभिन्न स्थानबाट पनि मुटु रोगको उपचारका लागि बिरामीहरु आउने गरेको नोबेल अस्पतालले जनाएको छ । 
    
२०६१ सालबाट सुरु भएको नोबेल अस्पतालमा करिव तीन बर्ष अघिबाट मुटु रोगको उपचार थालिएको हो । सुरुवाती चरणमा मासिक करिव पाँच सय बिरामीको उपचार गर्ने गरिएको थियो । तर, पछिल्लो समय मुटु रोगीको संख्या ह्वातै बढेको हो । सुरुवाती चरणको तुलनामा अहिले करिव छ गुणाले मुटु रोगीको संख्या बृद्धि भएको नोबेल अस्पतालको बिरामी रेकर्डले देखाउँछ ।   
    
नोबेलले मुटुको चाल गडबडी सम्बन्धी उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेपछि बिरामीको थप आकर्षण बढेको हो । बिपन्न नागरिक औषधि उपचार कोषमार्फत मुटु रोगको उपचारमा एक लाखसम्मको सहुलियत दिने गरिएकाले पनि उपचारका लागि नोबेल आउने गरेको बिरामीहरु बताउँछन् । सहुलियतसँगै गुणस्तरीय उपचार पाउने भएकाले नोबेल आउने गरेको बिरामी र बिरामीका आफन्तहरुको भनाइ छ ।      

उपचार सेवामा स्तरीयता बढाउँदै लगेको नोबेल अस्पतालले यसअघि दुई अर्ब ४० करोडको लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेर जटिल रोगको पनि सहजै उपचार गर्दै आएकाले न्यूरोमा पनि बिरामीको अत्याधिक चाप छ । 

बिरामीलाई सहुलियत दरमै स्तरीय उपचार दिलाउने उद्देश्यले आवश्यकता अनुसार सेवामा स्तरीयता बढाउँदै लगिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाइ छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive